५ माघ, काठमाडौं ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ।
बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको र तराईका अधिकांश भू–भागमा हुस्सुरकुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने महाशाखाले बताएको छ।
यस्तै, बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बुलेटिनमा उल्लेख छ।कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।