NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ? शुक्रबार पुस १८ , २०८२
देउवा–प्रचण्डसंग पनि बयान लिइँदै, आयोगले पठायो प्रश्न शुक्रबार पुस १८ , २०८२
भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक शुक्रबार पुस १८ , २०८२
गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर शुक्रबार पुस १८ , २०८२
बंगलादेशमा अर्का हिन्दूलाई पेट्रोल छर्केर मार्ने प्रयास शुक्रबार पुस १८ , २०८२
Next
Prev

समाचार

प्रचण्डले ओलीबीच किन बढ्दैछ भलाकुसारी ?

आइतवार फाल्गुन २० , २०८०
Reading Time: 1 min read
A A
प्रचण्ड र ओलीबीच वार्ता, एजेण्डा के थियो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० फागुन, काठमाण्डौ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज विहान भेटवार्ता भएको छ । राष्ट्रियसभाको अध्यक्षलाई लिएर माओवादी र कांग्रेसबीच गतिरोध बढिरहेका बेला गठबन्धन दलसँगको बैठकअघि प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीचको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । सत्ता गठबन्धन दलबीच दूरी बढिरहेको चर्चाका बीच दुई नेताबीच भेटवार्ता भएको हो ।

संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्री दाहाल र ओलीबीच छलफल भएको जनाइएको छ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी) एमालेका कारण रोकिएको आरोपका बीच पछिल्लो समय त्यसलाई अघि बढाउन प्रमुख प्रतिपक्षी दल एमाले सकारात्मक बनेको जनाएको छ ।

LS Auto

छलफलका क्रममा टीआरसीमा अडान राखेको एमाले लचक देखिएको छ । पीडितमैत्री हुने गरी केही प्रावधान प्रस्ट हुने गरी शब्द हेरफेर गरेर विधेयक टुंग्याउन ओली सहमत भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । ओलीले बैठकमा सर्वोच्चको आदेश र अन्तर्राष्ट्रिय मापदण्ड स्वीकारे साथ दिन तयार रहेको बताएका थिए ।

ओलीसँग छलफल गरेपछि प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछानेसंग पनि छुट्टाछुट्टै छलफल गरेका छन् । संसदको जारी अधिवेशनबाटै टीआरसीसम्बन्धी विधेयक पारित गराउने प्रचण्डको तयारी छ ।

माओवादी सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाहरू मेलमिलापमा जाने, जघन्य अपराध तथा मानवअधिकार उल्लंघनका विषयमा मुद्दा चलाउने, वेपत्ता भएकाहरूबारे छानबिन गर्ने, पीडितहरूको परिपुरण गर्ने विषय माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएपछि टुंग्याउने भनिए पनि लामो समयसम्म यी विषय टुंगिन सकेका छैनन् ।

आइतबार बिहान ११ ः ३० बजे संसद्को कानून, न्याय तथा मानवअधिकार समितिमा बैठक बोलाइपनि शीर्ष नेताहरुबीच विवादित विषयमा सहमति हुन नसक्दा बैठक निर्धारित समयमा बस्न सकेन । बैठक अगाडि प्रचण्डले शीर्ष नेतासँग विधेयकबारे छलफल गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच विधेयकमा एमालले सहमति नजनाएमा प्रक्रियाबाट अघि बढाउने तयारी छ ।

तर एमालेको सहमति नहुँदा कार्यान्वयनमा समस्या भएर आफैँलाई अठ्यारो हुने होकि भन्ने त्रास प्रचण्डलाई रहेको छ । सर्वोच्च अदालतले २०७१ सालमा नै द्वन्द्वकालीन मुद्दामा सुनुवाइ गर्दै पीडितको असहमतिमा र गम्भीर प्रकृतिका अपराधमा क्षमादान हुनै नसक्ने आदेश गरेको छ ।

तर, सर्वोच्चको नजिरविपरीत हुने गरी तयार पारेर विधेयक दर्ता गरिएको भन्दै द्वन्द्वपीडित र अधिकारकर्मीहरूले आपत्ति व्यक्त गरेका छन् । मानवअधिकार उल्लंघनको परिभाषासम्बन्धी विधेयकमा भएको दुई फरक प्रावधानले पीडकलाई उन्मुक्ति दिने द्वन्द्वपीडितको दाबी छ ।

प्रस्तावित विधेयकमा मानव अधिकारको उल्लंघन भनेर हत्या, यौनजन्य हिंसा, शारीरिक वा मानसिक यातना, अपहरण तथा शरीर बन्धक बनाउने, गैरकानुनी थुनामा राख्ने, कुटपिट गर्ने, अंगभंग वा अपांग बनाउने, व्यक्तिगत वा सार्वजनिक सम्पत्ति लुटपाट, कब्जा, तोडफोड वा आगजनी गर्ने, घरजग्गाबाट जबर्जस्ती निकाला वा अन्य कुनै किसिमबाट विस्थापन गर्ने वा अन्तर्राष्ट्रिय मानव अधिकार वा मानवीय कानुनविपरीत गरिएका जुनसुकै अमानवीय कार्यलाई भनिएको छ ।

मानव अधिकारको गम्भीर उल्लंघनका रूपमा ‘क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, जबर्जस्ती करणी, जबर्जस्ती व्यक्ति बेपत्ता पार्ने कार्य र अमानवीय वा क्रूरतापूर्वक दिएको यातना’ लाई परिभाषित गरिएको छ ।

Tags: #प्रचण्डले ओली#प्रचण्डले ओलीबीच भलाकुसारी

लोकप्रीय

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?

शुक्रबार पुस १८ , २०८२
गणतन्त्रमाथि धावा बोलेपछि, ओली,देउवा र प्रचण्ड एक

देउवा–प्रचण्डसंग पनि बयान लिइँदै, आयोगले पठायो प्रश्न

शुक्रबार पुस १८ , २०८२
भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

शुक्रबार पुस १८ , २०८२

विचार

थप समाचार

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?
निर्वाचन

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
समाचार

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

टर्कीएमा आ ईए सविरुद्ध का रबाही, भारत चौथो अर्थतन्त्र || Nepal Times

00:24:02

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

00:20:57

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

मङ्लबार पुस १५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२

हालका पोस्टहरू

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?

शुक्रबार पुस १८ , २०८२
गणतन्त्रमाथि धावा बोलेपछि, ओली,देउवा र प्रचण्ड एक

देउवा–प्रचण्डसंग पनि बयान लिइँदै, आयोगले पठायो प्रश्न

शुक्रबार पुस १८ , २०८२
भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

शुक्रबार पुस १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.