×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

क्रिमियामा ३८ युक्रेनी ड्रोन रुसले खसाल्यो

२१ फाल्गुन २०८०

२१ फागुन , एजेन्सी ।
रुसले क्रिमियामा आक्रमण गरेका ३८ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । एउटा भिडियो फुटेजले क्रिमियामा तेल डिपो नजिकै विस्फोट भएको देखिएको छ । विस्फोटका कारण रुस र क्रिमिया जोड्ने केर्च ब्रिज केही समयका लागि बन्द भएको थियो । यसबाहेक ड्रोन आक्रमणबाट कुनै क्षति नभएको रुसको भनाइ छ । तर युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा एक जनाको ज्यान गएको र तीन जना घाइते भएका छन् ।

अस्ति शनिवार रुसले युक्रेनी शहर ओडेसाको आवासीय क्षेत्रमा ड्रोन आक्रमण गर्दा १० जनाको ज्यान गएको थियो । युक्रेनले पश्चिमी देशहरूलाई हतियारको आपूर्ति बढाउन लगातार अपिल गरिरहेको बेला यो आक्रमण भएको खबरमा उल्लेख छ । पछिल्लो समय रुसी सेना युक्रेनी मोर्चाभन्दा बलियो रूपमा प्रस्तुत भई आक्रमण गरिरहँदा युक्रेनको किभले पश्चिमी हतियारहरूको सहयोगमा तिनीहरूलाई रोक्न प्रयास गरिरहेको छ ।

गएको महिना मात्र रुसी सेनाले युक्रेनको महत्त्वपूर्ण पूर्वी शहर अदिभका कब्जा गरेको थियो । हिजो रुसले दक्षिणी खेरसन क्षेत्रलाई निसाना बनाएको थियो । यता गाजापट्टीमा इजरायलले गरेको पछिल्लो हवाइ हमलामा कम्तीमा ३० प्यालेस्टिनीको मृत्यु भएको छ । हमलामा थुप्रै घाइते भएको प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतले बताएको छ ।

सिन्ह्वाका अनुसार इजरायली लडाकु विमानहरूले गाजामा शनिबार रातभर ५० पटकभन्दा बढी आक्रमण गरेका थिए । गाजाका रफाह, खान युनिस, देर अल–बालाह र जबलिया शहरका घर र अन्य मानवीय संरचनालाई आक्रमणको निशाना बनाइएको थियो । दक्षिणी गाजाको रफाहको अल–सलामस्थित घरमा गरिएको आक्रमणमा बालबालिका र महिलासहित १६ जनाकोमृत्यु भएको हो ।

यसैगरी इजरायली विमानले गाजा शहरको उत्तरमा रहेको अल–सफ्तावी नजिकैको घरमा बम आक्रमण गरेको थियो । यहाँ चार प्यालेस्टिनीको मृत्यु भएको छ । कैयौँ घाइते भएका छन् । यसैगरी उत्तरी गाजा पट्टीको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणमा १० जना मारिएका छन् ।

यता इजरायली सेनाले गाजा पट्टीको दक्षिणमा रहेको खान युनिस शहरमा शनिबार आफ्ना तीन सैनिक मारिएको बताएको छ । इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को सशस्त्र शाखा, अल–कसाम ब्रिगेड्सले पनि शनिबार खान युनिस शहरको उत्तरमा रहेको अल–सतार क्षेत्रमा इजरायली सैनिक मारिएको र घाइते भएको बताएका छन् ।

यसैबीच इजिप्टका अधिकारीहरूसँग युद्धविराम सम्झौतामा वार्ता गर्न हमासको उच्चस्तरीय प्रतिनिधिमण्डल कायरो पुगेको छ । प्राप्त विवरणअनुसार गत २४ घण्टामा गाजामा इजरायली हमलाबाट ९० जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने १७७ जना घाइते भएका छन् ।

योसँगै ज्यान गुमाउनेको संख्या सङ्ख्या ३० हजार ४१० पुगेको र ७१ हजार ७०० घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजिप्टले कतार र संयुक्त राज्य अमेरिकासँग मिलेर मुस्लिमको पवित्र महिना रमजानअघि युद्धविराम सम्झौता गर्ने प्रयास गरेको छ ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top