×

NEPAL TIMES UPDATES

Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026

अमेरिकामा ब्याज घट्दा नेपालमा बढ्छ सुनको भाउ

२७ फाल्गुन २०८०

२७ फागुन, काठमाण्डौ

नेपाली बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ आज अहिलेसम्मकै उच्च तोलाको १ लाख २६ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर १ लाख २६ हजार रुपैयाँ पुगेको हो । यसअघि बिहीवार र शुक्रवार सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउने योजना बनाएको भन्दै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको विश्लेषकहरूको अनुमान छ ।

त्यसैको परिणामस्वरूप नेपालमा पनि सुनको भाउले उच्च मूल्यको नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ । गत साता अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ रेकर्ड स्तरमा पुग्दै प्रति आउन्स २१२० अमेरिकी डलर नाघेको थियो । अहिले निरन्तर सुनको भाउ उकालो लाग्नुमा खासगरि अमेरिकी नीति तथा विश्वका विभिन्न भागमा जारी अशान्ति कारक रहेको विश्लेषण गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले अमेरिकी केन्द्रीय ब्याङ्कले जुन महिनातिर ब्याज दर घटाउन लागेका विवरण निरन्तर दिइरहेका छन् । अमेरिकामा ब्याजदर घट्दा सुनको भाउ बढ्दै आएको छ । अन्तर्राष्ट्रिय वित्तको नियम अनुसार जुन देशको ब्याज घट्छ त्यसको मुद्राको आकर्षण पनि घट्छ । जब डलरको आकर्षण कम हुन्छ तब सुनप्रति लगानीकर्ता झुम्मिन्छन् र त्यसको भाउ बढ्छ ।

अहिले भइरहेको पनि त्यही हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन र बिटक्वाइनको भाउ सँगसँगै बढिरहनुमा पनि यही कारण हुनसक्छ । नेपालमा आन्तरिक बजारमा सुनको भाउ चाहिँ अन्तर्राष्ट्रिय बजारमा उसको भाउलाई डलरको विनिमय दरले गुणन गरेर अनि त्यसमा भन्सार शुल्क तथा सञ्चालन खर्च जोडेर तय गरिन्छ ।

सुनको भाउ अकासिनुको अर्को कारण चाहिँ मध्यपूर्वमा चर्किएको अशान्ति पनि रहेको व्यवसायीहरू बताउँछन् । अशान्ति र अस्थिरताको माझमा लगानीकर्ताहरूले सुनलाई भरपर्दो माध्यम मान्ने गर्छन् । यसैबीच सुनको भाउ बढ्दै गर्दा त्यसले आन्तरिक बजारमा भने गम्भीर प्रभाव पारिसकेको व्यवसायीहरूले बताएका छन् । पछिल्लो समय सुनको माग निकै घटिसकेको छ ।

फागुनमा बिहेको लगनको समयमा पनि दिनको १५–२० किलोग्रामको कारोबार पनि भएका छैनन् जबकी यतिखेर दिनको ४०–५० किलोग्राम हुनेगथ्र्यो, सुनचाँदी व्यवसायी महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यले भने । माग ५० प्रतिशतले घटिसकेको छ । अहिले नेपाल राष्ट्रबैंकले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न अनुमति दिँदै आएको छ । भन्सार विभागले दिएको पछिल्लो आँकडामा पनि सुनको आयात घटेको देखिन्छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top