NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान सोमवार पुस ७ , २०८२
विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने सोमवार पुस ७ , २०८२
रुसी राजधानी बमले थर्कियो, कसले विस्फोट गरायो ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

प्रचण्डविरुद्ध सिटौलालाई उठ्यो लाट्टो रिस

आइतवार फाल्गुन २७ , २०८०
Reading Time: 1 min read
A A
प्रचण्डविरुद्ध सिटौलालाई उठ्यो लाट्टो रिस
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२७ फागुन,विराटनगर ।

राष्ट्रियसभाका अध्यक्षको निर्वाचन फागुन २९ गतेलाई तोकिएको छ । यसबारे आज बसेको राष्ट्रियसभा बैठकमा उपाध्यक्ष उर्मीला अर्यालले जानकारी गराएकी हुन् । उनले निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन समेत दिइन् । राष्ट्रियसभाका अध्यक्षको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ ।

बैठक अघि बसेको कार्यव्यवस्था परामर्श समितिमा प्रमुख प्रतिपक्षी कांग्रेसले भने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति सार्न गरेको प्रस्ताव गरेको थियो । आफ्नो दलसँग छलफल नगरी एकतर्फी रूपमा मिति तय गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको थियो । गत माघ ११ गते भएको निर्वाचनबाट राष्ट्रिय सभामा नेपाली कांग्रेसका १० सांसद निर्वाचित भएर आएका छन् ।

LS Auto

यो सभामा कांग्रेस १६ सांसदसहित दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको माओवादी केन्द्रका १८ सांसद रहेका छन् । तेस्रो स्थानमा रहेको एमालेका १० सांसद रहेका छन् ।यसैबीच कांग्रेसबाट राष्ट्रिय सभा अध्यक्षका आकांक्षी कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र आफूलाई पनि धोका दिएको भन्दै आक्रोश पोखेका छन् ।

पूर्व गठबन्धनबाट आफूनै राष्ट्रियसभाको अध्यक्ष बन्ने योजनामा रहेका सिटौंलाको सपनामा गठबन्धन फेरिएपछि ठेस लागेको अवस्थामा महामन्त्री गगनकुमार थापा, पार्टीका संसदीय दल प्रमुख सचेतक रमेश लेखकलाई साथमा लिएर प्रचण्डलाई भेट्न गएका सिटौलाले ‘यो धोकाधडी त्यसै नटुंगिने’ भन्दै दाहाललाई चेतावनी समेत दिएका छन् ।

‘यो धोकाधडी मेरो पार्टी कांग्रेसले मात्रै होइन, व्यक्तिगत रुपमा मलाई पनि धोका भएको छ । यो त्यसै टुंगिन्छ भन्ने नठान्नुहोला,’ सिटौलाले भनेका छन् । प्रधानमन्त्री दाहालले गठबन्धनको ‘काँध’ फेरेपछि कांग्रेस नेताहरू पहिलोपल्ट औपचारिक रुपमा प्रधानमन्त्रीलाई भेटेर गठबन्धनका भत्काएकोमा आपत्ति जनाएका हुन् । उनीहरुले एकपटक पनि जानकारी नगराई गठबन्धन भत्काएकोमा रोष प्रकट गरेका थिए ।

करिब आधा घण्टा भएको यो चर्काचर्कीका बीचमा प्रचण्डले भने लामो पृष्ठभूमिका साथ तत्कालीन गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा सहयोग नगरेको प्रशंग स्मरण गर्दै सिटौलालाई थामथुम पार्ने प्रयास गरेका थिए । उनले पार्टीभित्रैबाट समस्या भएको बताए । पार्टीको स्थायी समितिको बैठकमा शतप्रतिशत पार्टीले उम्मेदवार अघि सार्नुपर्ने मत रहेको र आफू एक्लो परेको कुरा दाहालले दोहो¥याएका थिए ।

‘भोलिको दिनमा तपाईहरूसँग सहकार्य हुन्छ नै, शान्तिप्रकृया, संविधानको कार्यन्वयन, संघीयता, राष्ट्रियताका मुद्दामा हामी सबै सहकार्य गर्नुपर्छ, यतिकै सम्बन्ध सबै टुंगिएको हो भनेर सोची दिन भएन,’ दाहालको जवाफ थियो । तर निस्कने बेलामा पनि सिटौलाले चेतावनी दिदै भने, ’राष्ट्रियसभाको विषय ल्याएर तपाईंले मलाई जसरी विश्वास घात गर्नुभयो, यो कुरा यसरी नै सजिलै टुंगिन्छ भन्ने नठान्नुहोला ।’

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यक्ष बनाउने वचन दिएकै कारण सिटौला राष्ट्रियसभामा आउन इच्छुक भएका थिए । तर प्रधानमन्त्री दाहालले गत सोमबार एकाएक गठबन्धनमा फेरबदल गरेसँगै अब सिटौलाको अध्यक्ष बन्ने सम्भावना टरेको छ । शनिबार नै उनी पार्टीबाट राष्ट्रियसभा संसदीय दलका नेता बनेका छन् । तर सत्ता गठबन्धनको परिवर्तनसँगै अध्यक्ष हुने संभावना टरेपछि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका लागि राष्ट्रियसभा प्रवेश नै महंगो बनेको छ ।

संविधान मस्यौदाको नेतृत्व गरेका सिटौला एकातिर संविधानकै मर्मविपरीत प्रतिनिधिसभाबाट चुनाव हारेको एक बर्षको बीचमै राष्ट्रियसभामा प्रवेश गरेकोमा आलोचना भइरहेको छ भने अर्कोतर्फ प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार पार्टीको संसदीय दलको बैठकमा ‘राष्ट्रियसभा अध्यक्ष निर्वाचनका कारण सत्तारुढ गठबन्धन दलहरु चाँडै फेर्नुपरेको’ उल्लेख गरे ।

गत माघ ११ गते राष्ट्रियसभाको १९ पदका लागि भएको निर्वाचनमा सिटौला कोशी प्रदेशबाट निर्वाचित हुँदा गठबन्धनबाटै उम्मेदवार बनेकी माओवादी नेतृ चम्पादेवी कार्की भने पराजित भएकी थिईन् । त्यस घटनादेखि नै बिच्किएको माओवादीले अर्थमन्त्री, कांग्रेस महासमितिमा उठेका सवाल र कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रकरणलाई मुख्य कारण मानेर गठबन्धन परिवर्तन गर्नुपरेको बताउँदै आएको छ ।

यता नयाँ समीकरणका बीचमा राष्ट्रिय सभाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमाले उम्मेदवारलाई समर्थन गर्ने समझदारीपत्रमा सत्ता गठबन्धनका चार राजनीतिक दलले सोमबार नै हस्ताक्षर गरिसकेका छन् । राष्ट्रियसभाको विद्यमान समीकरण र नयाँ गठबन्धनबीचको समझदारी तलमाथि नभएमा माओवादीले अघि सार्ने उम्मेदवार नै अध्यक्ष बन्ने करिब निश्चित छ ।

उक्त समझदारीमा छुटेको एकीकृत समाजवादी पार्टी पनि सरकारमा सामेल भइसकेको छ । राष्ट्रियसभामा उपाध्यक्ष र एक मनोनितसहित माओवादीका १८ सांसद छन् । एमालेको १०, एकीकृत समाजवादीको ८ र जनता समाजवादी पार्टी (जसपा) को ३ जना गरी गठबन्धनको पक्षमा ३९ सांसद छन् जसमा उपाध्यक्षले बैठकको अध्यक्षता गर्ने भएकाले ३८ जनाले मात्रै मत दिन पाउँछन् । मनोनित मध्येका अर्का सांसद बामदेव गौतम पनि गठबन्धनकै पक्षमा खुल्ने संकेत गरिसकेका छन् ।

विपक्षी गठबन्धनमा कांग्रेसको १६, लोकतान्त्रिक समाजवादीको १, जनमोर्चाको १ गरी जम्मा १८ मत छ । समीकरण भत्किएबाटै निराश भएका सिटौला उम्मेदवार नहुने करिब निश्चित जस्तै छ । यता अध्यक्ष संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्को सदस्य समेत हुने भएकाले माओवादीले ६ वर्षको कार्यकाल भएकै नेतालाई अघि सार्ने सम्भावना बढी छ । गत माघ ११ गते निर्वाचित भएका सदस्यहरुको कार्यकाल आगामी छ वर्षसम्म हुनेछ ।

यस हिसाबले माओवादीले राष्ट्रियसभा सदस्यमा निर्वाचित झक्कुप्रसाद सुवेदीले अघि सार्ने सम्भावना छ । यद्यपि माओवादीले यसबारे अन्तिम निर्णय गरिसकेको छैन् । यसबारे आफ्ना टिप्पणीहरु के छन्, अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

विचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

थप समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?
ताजा समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार
अन्तर्राष्ट्रिय

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान
अन्तर्राष्ट्रिय

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.