×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

एसिया बन्यो प्रदूषित सहरहरुको घर ,सबैभन्दा स्वस्थ देश कुन हुन् ?

६ चैत्र २०८०

६ चैत , एजेन्सी ।

एसियामा विश्वकै अत्याधिक प्रदूषित सहरहरु रहेको रिपोर्ट सार्वजनिक भएको छ । त्यसमा पनि सबैभन्दा धेरै दक्षिणी छिमेकी मुलुक भारतमा रहेका छन् । गत वर्ष विश्वका अत्यधिक प्रदूषित १०० सहरमध्ये धेरै एसियामा रहेका छन् । तीमध्ये सबैभन्दा धेरै ८३ सहर भारतका छन् । ती सहरमा विश्व स्वास्थ्य संगठनको हावाको गुणस्तरसम्बन्धी मापदण्डले तोकेभन्दा १० गुणा बढी प्रदूषण रहेको आईक्यूएयरको प्रतिवेदनले देखाएको हो ।

आईक्यूएयरले विश्वभरका स्थानका हावाको गुणस्तरको अध्ययन गर्छ । विश्वका ७ हजार ८ सयभन्दा धेरै सहरमध्ये ९ प्रतिशतले मात्रै डब्लुएचओको मापदण्ड पालना गरेको देखिएको छ । उक्त अध्ययनले विशेषतः ‘फाइन पर्टिकुलेट म्याटर’ अथवा पीएम२.५ लाई ध्यान दिएको थियो । जुन भनेको सबैभन्दा कम प्रदूषण तर धेरै खतरनाक हो ।

डब्लुएचओले पीएम२.५ को औसत वार्षिक स्तर ५ माइक्रोग्राम प्रति क्युबिक मिटरलाई पार गर्न नहुने मापदण्ड बनाएको छ । ‘हाम्रो जीवनका हरेक भागमा वायु प्रदूषणको प्रभाव देखिन्छ’, आईक्यूएयरका ग्लोबल सीईओ फ्रान्क ह्यामस भन्छन्, ‘र, सामान्य हिसाबले केही अत्यधिक प्रदूषित देशमा ३ देखि ६ वर्षसम्म यसले मानिसको आयु घटाएको छ ।

यसबाहेक यसले धेरै वर्षसम्म रोक्न सकिने अनेक समस्या निम्त्याएको छ।’ हामीले श्वास फेर्दा पीएम२.५ हाम्रो फोक्सोसम्म पुगेर रक्तप्रवाहमा प्रवेश गर्न सक्ने हुन्छ । परम्परागत इन्धन, धूलोयुक्त हुरीबतास र जंगलमा हुने आगलागीजस्तो स्रोतबाट वायु प्रदूषण बढेको र यसको सम्बन्ध आस्थामा, मुटु र फोक्सोसम्बन्धी रोग, क्यान्सर र अन्य श्वासप्रश्वाससम्बन्धी समस्यासँग जोडिएको देखिएको छ ।

गत वर्ष भारतीय राज्य बिहारमा पर्ने ५ लाख बसोबास रहेको बेगुसाराई सहर सबैभन्दा बढी प्रदूषित सहर देखिएको छ । जहाँ औसत वार्षिक पीएम२.५ डब्लुएचओको मापदण्डभन्दा २३ गुणा बढी अर्थात् ११८.९ देखिएको छ। त्यसपछि गुवाहाटी, आसाम, दिल्ली र पन्जाबको मुलानपुर क्रमशः प्रदूषित सहर देखिएका छन्। भारतभर ९६ प्रतिशत जनसंख्या त्यस्तो वायु गुणस्तरमा बाँचिरहेका छन् जसको पर्टिकुलेट म्याटर उक्त मापदण्डभन्दा सात गुणा माथि छ ।

अध्ययनअनुसार मध्य र दक्षिण एसियाली क्षेत्र विश्वकै खराब वायु गुणस्तरयुक्त सहरमा देखिएको छ । गत वर्षका चारवटा अत्यधिक प्रदूषित देश बंगलादेश, पाकिस्तान, भारत र ताजिकिस्तान यही क्षेत्रमा पर्छन् । दक्षिण एसियामा ३० अत्यधिक प्रदूषित सहरमध्ये २९ वटा भारत, पाकिस्तान र बंगलादेशमा पर्छन् । उक्त प्रतिवेदनले धेरै जनसंख्या भएकामा लाहोरलाइ पाँचौँ, नयाँ दिल्लीलाई छैठौँ र ढाकालाई २४औँ स्थानको वरीयता दिएको छ ।

प्रतिवेदनअनुसार बंगलादेशको फाइन पर्टिकुलेट म्याटर ७९.९, पाकिस्तानको ७३.७, भारतको ५४.४, ताजिकिस्तानको ४९, बुर्किना फासोको ४६.६, इराकको ४३.८, यूएईको ४३, नेपालको ४२.४, इजिप्टको ४२.४, डीआर कंगोको ४०.८, कुवेतको ३९.९, बहरेनको ३९.२, कतारको ३७.६, इन्डोनेसियाको ३७.१ र रुवान्डाको ३६.८ रहेको छ ।

आईक्यूएयरले १३४ देशका ७ हजार ८ सय १२ स्थानमध्ये ९२.५ प्रतिशतले डब्लुएचओको मापदण्ड पार गरेको पाएको छ । गत वर्ष मात्र १० देश र क्षेत्रमा स्वस्थ वायु गुणस्तर पाइएको छ । जसमा फिनल्यान्ड, इस्टोनिया, पियर्टो रिको, अस्ट्रेलिया, न्यु जिल्यान्ड, बर्मुडा, ग्रेनाडा, आइसल्यान्ड, मौरिसस र फ्रेन्च पलिनेसिया पर्छन् । विश्वमा हरेक वर्ष परम्परागत इन्धनसँग सम्बन्धी वायु प्रदूषणद्वारा सिर्जित स्वास्थ्य समस्याका कारण ५१ लाख मानिसको मृत्यु हुने गरेको छ ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top