NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

समाजवादी मोर्चामा ओलीलाई रेड कार्पेट !

शुक्रबार चैत्र ९ , २०८०
Reading Time: 1 min read
A A
Nepal Top
समाजवादी मोर्चामा ओलीलाई रेड कार्पेट !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

९ चैत , काठमाण्डौ ।

नेकपा माओवादी केन्द्रसहितको चार दलीय समाजवादी मोर्चामा गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल नेकपा एमालेलाई पनि समेटेर अघि बढ्ने सहमति भएको छ । सत्ता गठबन्धनमा एमाले सहभागि भएसँगै सो पार्टीलाई पनि समाजवादी मोर्चामा समेट्न पहल भएको हो । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले एमालेका शीर्ष नेताहरूसँग आवश्यक छलफल गरी आगामी कार्यक्रमबारे टुङ्गोमा पुग्ने निर्णय भएको संयोजक नेत्रविक्रम चन्द विप्लवले बताएका छन् ।

अब एमालेसहितको मोर्चा बनाउन चार दलले पहल गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी ओलीसँग थप छलफल गर्ने बैठक निर्णय गरेको छ । ‘यसअघि स्थगित भएको अन्तरक्रिया कार्यक्रमलाई सञ्चालन गर्ने विषयमा आज छलफल भयो ।

यसैगरी समाजवादी मोर्चालाई अन्य दलसँग पनि कसरी जोड्ने भन्नेबारे छलफल केन्द्रित भयो । यस विषयमा एमालेसँग प्रधानमन्त्री र माधव नेपालले कुराकानी गर्नुहुन्छ । एमालेसमेत बसेर कार्यक्रम टुङ्ग्याउने गरी बैठक स्थगित भएको उनले बताएका छन् । यसअघि बसेको मोर्चाको बैठकले चैत तीन गते काठमाडौँमा अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।

तर यसबिचमा सत्ता समीकरण बदलिएपछि सो कार्यक्रम स्थगित भएको थियो । यसैबिच बिहीबार मात्रै एमालेलाई मोर्चामा ल्याउने विषयमा संयोजक विप्लवले ओलीसँग २ घण्टा लामो कुराकानी गरेका थिए । चार दल सम्मिलित समाजवादी मोर्चाको सत्ता गठबन्धन परिवर्तन भएपछिको अवस्थाबारे छलफल भएको छ।

मोर्चाको बैठकले थप विस्तार र प्रभावकारी बनाउँदै अघि बढ्ने निर्णय गरेको छ। नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालका अनुसार एमालेसहित अन्य वाम शक्तिहरूलाई पनि आबद्ध गराउनेबारे निर्णय भएको छ। ओलीसँग मोर्चाका संयोजक नेत्रविक्रम चन्दले बालुवाटार पुगेर भेट गरेका थिए। बालुवाटारमा ओलीको सकारात्मक जवाफबारे आजको बैठकमा विप्लवले जानकारी गराएका थिए।

मोर्चाको आगामी कार्यक्रमहरू केही दिनमा ठोस गरेर लैजाने सहमति भएको छ। मोर्चाले सरकारलाई प्रभावकारी बनाउन सुझाव दिँदै भ्रष्टाचार, अनियमितता, लघुवित्त र सहकारी ठगीलगायतका विकृतिहरू रोक्नको लागि आवश्यक कदम चाल्नेबारे पनि छलफल भएको छ। गएको असारमाचार दल सम्मिलित समाजवादी मोर्चा नेपाल गठन भएको थियो ।

मोर्चामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । मोर्चामा लामो समयदेखि मोर्चाको वकालत गरिरहेका नेसपाका डा. बाबुराम भट्टराई भने अटाउन सकेनन् ।

मोर्चाले १५ बुँदे प्रतिबद्धता समेत जारी गरेको छ । आलोपालो नेतृत्व गर्दै संसद् र सडकमा समान विचार भएका मुद्दामा एकताबद्ध भएर अगाडि बढ्नका लागि समाजवादी मोर्चा बनाइएको नेताहरूको प्रतिक्रिया छ  । प्रतिनिधिसभामा समाजवादी मोर्चाका अहिले ५४ सांसद छन् । यसमा दोस्रो ठूलो दल सहभागि भए संसदमा सबैभन्दा बलियो शक्ति बन्नेछ ।

Tags: #ओली प्रचण्ड र माधव#चार दलीय समाजवादी मोर्चा#नेकपा माओवादी केन्द्र#समाजवादी मोर्चा#समाजवादी मोर्चामा ओली

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

00:11:33

World News: Russia-Ukraine यु*द्धमा Trumpको उल्टो बयान, Modi G-7 सम्मेलनमा जाने || Nepal Times

00:09:11

World News: Russiaले Ukraineसँग लियो बदला,बेरुतमा आ*क्र*मण,Trump China आउने || Nepal Times

00:17:05

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

00:12:01

World News: कोरियाली राष्ट्रपतिले किमलाई मनाउने, पाकिस्तानले भारतसँग शान्ति खोज्यो || Nepal Times

00:10:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

जापानमा मानव तस्करी गर्न अमेरिकामा बनेको थियो योजना

सोमवार कार्तिक २६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.