×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-08-2026 || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ प्रतिवेदन प्रधानमन्त्रीको हातमा–निचोड सार्वजनिक गर्ने || Nepal Times
Mar 08, 2026
Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026

नागरिक उन्मुक्तिको केन्द्रीय कार्यालयमा कुटाकुट

१९ चैत्र २०८०

१९ चैत , काठमाण्डौ।

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा नेताहरूबीच कुटपिट भएको छ । काठमाडौंको अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार केन्द्रीय कमिटी बैठकअघि हात हालाहाल भएको हो । नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टीमा रञ्जिता श्रेष्ठकै अध्यक्षतामा रहेको २१ जना केन्द्रीय सदस्यहरूको संस्थापक केन्द्रीय समिति नै आधिकारिक छ ।

तर रेशम पक्षका नेताहरुले सबैलाई समेटेर लानुपर्ने भन्दै विवाद गरेपछि हात हालाहालको अवस्था आएको नेता रामलाल डगौरा थारूले बताए । टीकापुर नगरपालिकाका मेयर समेत रहेका केन्द्रीय सदस्य थारुले रेशम चौधरीको उपस्थितिमा आफूमाथि आक्रमण गरिएको बताए ।

“मिटिङका लागि टीकापुरबाट यहाँ आएका छौँ । पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले बोलाएपछि हामी जम्मा हुँदै थियौँ । पाँचजना संस्थापन सदस्य त्यहाँ उपस्थित भयौँ । रेशमलाल दाइकै उपस्थितिमा आक्रमण भयो,” उनले भने, “कसले आक्रमण गरेको हो भन्ने रेशम दाइलाई थाहा होला ।” उनका अनुसार रेशम चौधरी पक्षका नेताहरुलाई समेटेर लैजान खोज्दा रञ्जिता पक्षका नेताहरुले नमानेका कारण विवाद भएको हो ।

रामलालले भने, ‘यसरी त पार्टी कसरी चल्छ ?’ नागरिक उन्मुक्तिमा केन्द्र र सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताका विषयमा विवाद छ । यस्तै, निर्वाचन आयोगले रेशम चौधरीलाई अध्यक्षमा वैधानिकता नदिएपछि पार्टी नेताहरू विभाजित छन् । सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति सहभागी छ ।

रन्जीता केन्द्रीय गठबन्धनको पक्षमा छिन् । रेशम प्रदेशमा कांग्रेससँगको सहकार्यका पक्षमा छन् । सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा रेशम पक्षका नेताहरू सहभागी छन् भने रञ्जिता पक्षले सरकारबाट फिर्ता हुने निर्णय गरिसकेको छ । यसै विवादका कारण रेशम र रञ्जिताबीच समेत दूरी बढ्दै गएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top