×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

पाँच महिनादेखि रोकिएको आइपीओ अब लगातार खुल्ने

२० चैत्र २०८०

२० चैत , काठमाण्डौ।
पाँच महिनादेखि रोकिएका साधारण शेयर सार्वजनिक निष्काशन (आइपीओ) लाई स्वीकृतिको बाटो खुलेको छ। अर्थमन्त्री बर्षमान पुनको निर्देशनपछि नेपाल धितोपत्र बोर्डलाई आइपीओ स्वीकृतिको बाटो खुलेको हो। अर्थमन्त्री पुनले बोर्डका निमित्त अध्यक्ष तथा कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई पाइपलाइनमा रहेका कम्पनीलाई स्वीकृति दिन निर्देशन दिएपछि धितोपत्र बोर्डलाई स्वीकृतिको बाटो खुलेको हो।

बोर्डका निमित्त अध्यक्ष तथा कार्यकारी निर्देशक डा. नवराज अधिकारी अबको केही दिनबाट आवश्यक कागजात पुरा गरेका कम्पनीलाई सन्चालक बोर्डले पास गरेपछी सेयर निष्कासन गर्न दिने बताएका छन् । केही दिनअघी अर्थमन्त्री बर्षमान पुनले आईपीओ निष्कासन प्रकृया अघी बढाउन निर्देशन दिएको र त्यही अनुसार काम अघी बढाएको उनको भनाइ छ ।

अर्को साताबाट आवश्यक प्रकृया अघी बढ्ने उनको भनाइ छ । अर्थमन्त्री पुनले बोर्डको पाइपलाइनमा रहेका कम्पनीलाई स्वीकृति दिन निर्देशन दिएका छन् । अहिले ३५ वटा कम्पनी आईपीओ निष्काशनको प्रकृयामा रहेका छन् । बोर्डको पाइपलाइनमा रहेका अधिकांश कम्पनी जलविद्युत क्षेत्रका रहेका छन् ।

अहिलेलाई मापदण्ड पुरा गरेका अंकित मुल्य प्रति कित्ता एक सय रुपैयाँ भएका कम्पनीहरुलाई आइपीओ निष्काशनको अनुमति दिईने धितोपत्र बोर्ड स्रोतले जनाएको छ। अध्यक्ष नियुक्ति नहुँदासम्मलाई मापदण्ड पुरा गरेका अंकित मुल्य एक सय रुपैयाँ भएकालाई अनुमति दिनेगरि प्रक्रिया अघि बढेको छ ।

आइपीओ निष्काशनको पर्खाईमा २८ अर्ब मुल्य बराबरका ३४ वटा कम्पनी रहेका छन। जसमा पहिलो चरणमा १९ कम्पनीका १६ अर्ब ४५ करोड मूल्यबराबरको नौ करोड ५६ लाख कित्ता सेयर छन। त्यस्तै बोर्डको वितरण प्रक्रियाको अन्तिम चरणमा १६ कम्पनीका ११ अर्ब ४७ करोड ७८ लाख रुपैयाँबराबरको सात करोड ४६ लाख ४७ हजार कित्ता सेयर छन।

जसमा जगदम्बा स्टिलले प्रिमियममा आइपीओ निष्काशनको प्रस्ताव गरेको छ। धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष रमेश कुमार हमालको गत पुष २२ बाट औपचारिक कार्यकाल सकिनुअगावै शेयर आपूर्ति बढेको भन्दै आइपीओ निष्काशनको कामलाई बोर्डले स्थगित जस्तै गरेको थियो। त्यसयता कायम मुकायमको भरमा चलेको धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आइपीओ निष्काशनको अनुमति दिएको छैन।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top