×

NEPAL TIMES UPDATES

Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026
Playing
IRAN-AMERICA-ISRAEL बीचको अपडेटः १० हेडलाइन || Nepal Times
Mar 12, 2026
Playing
World News: तेलको भाउ २ सय डलर पुग्ने, इराकको तेल भण्डार बन्द || Nepal Times
Mar 12, 2026
Playing
मध्यपूर्वको यु द्ध ले नेपालीलाई पीडा, एक सिलिन्डर ग्यास पाउन महाभारत || Nepal Times
Mar 12, 2026
Playing
खेलकुदमा यु द्धको छायाः इरानले विश्वकप फुटबल नखेल्ने?|| Nepal Times
Mar 12, 2026
Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026

राजाका लागि सार्वजनिक बिदा विवादित बनेपछि रविको स्पष्टीकरण

११ बैशाख २०८१

११ वैशाख , काठमाण्डौ ।

आजदेखि नेपाल भ्रमणमा आउने कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सार्वजनिक विदा दिने सरकारको निर्णय विवादित बनेपछि गृहमन्त्री रवि लामिछानेले प्रष्टीकरण दिएका छन् । कुनै व्यक्ति, देश वा घटना हेरेर फरक–फरक निर्णय गर्नु कुटनीतिक, राजनीतिक र वैधानिक हिसाबले सही नहुने उनको भनाइ छ ।

सामाजिक सञ्जालमा धेरैले सार्वजनिक विदाको औचित्यमा प्रश्न उठाएपछि लामिछानेले सामाजिक सञ्जालबाटै प्रतिक्रिया जनाएका हुन् । अनावश्यक विदा, भीआइपी सवारी नामको नागरिकले पाउने सास्ती लगायतका थुप्रै विषयमा पदबहाल गरेको दिनदेखि नै आफूले लगातार काम गरिरहेको उनले बताएका छन् ।

‘रिजल्ट आउँदैछ । जे कुरा हिजो गलत भनिएको थियो, त्यो आज पनि गलत नै हो,’ उनले लेखेका छन्, ‘हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन । तर तीन दशकदेखिका अभ्यासहरु सच्याउन समय त लाग्छ । धेरै काम हुँदैछन् । थोरै धैर्य गरिदिनुभए पुग्छ ।’ लामिछानेले विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, नेपालका लाखौ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपालसँग ऐतिहासिक कुटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका राजालाई नेपालमा ससम्मान स्वागत गर्ने बताएका छन् ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि खनिएका छन् । कतारका राजा तमिम बिन हमाद अल थानी पहिलो पटक नेपाल आउन लागेको भन्दै सार्वजनिक बिदा दिएपछि शाही गृहमन्त्री लामिछानेविरुद्ध खनिएका हुन् । उनले लामिछानेको पुरानो फेसबुक स्टाटस सेयर गर्दै बिदेशी राजाका खुट्टा नै ढोक्न जानु भन्दा आफनै देशका राजा फर्काउने अभियानमा लाग्न सुझाव दिएका छन् ।

उनले लामिछाने र अरु नेतामा केही फरक नभएको भन्दै बोल्ने एउटा गर्ने अर्को भन्दै टिप्पणी गरेका छन् । उनले फेसबुका लेखेका छन् ,‘माननीय रवि लामिछाने ज्यु हिजोका दिनहरुमा तपाईंले जनताकोआवाज उठाउँदै गर्दा हाम्रो साथ र समर्थन थियो तर आज तपाईं आफैँ गृहमन्त्री हुँदा कतारका राजा आउँदा सार्वजनिक बिदा दिनुभएछ अब भन्नुहोस् तपाईं र अरु नेतामा के फरक भो ?

बोल्ने एउटा गर्ने एउटा? बिदेशी राजाका खुट्टा नै ढोक्न जानु भन्दा आफनै देशका राजा फर्काउने अभियानमा लाग्नुहोस कति गुलामी गर्छौ हो बिदेशीको ?’ दुई दिने भ्रमणका लागि आज साझ कतारी राजा काठमाडौं उत्रिदैछन् । उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थल जानेछन् भने । राजा आउने समयमा दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि विमानस्थलबाट हुने अन्य उडान अवतरण बन्द गरिनेछ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top