×

NEPAL TIMES UPDATES

Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026
Playing
IRAN-AMERICA-ISRAEL बीचको अपडेटः १० हेडलाइन || Nepal Times
Mar 12, 2026
Playing
World News: तेलको भाउ २ सय डलर पुग्ने, इराकको तेल भण्डार बन्द || Nepal Times
Mar 12, 2026
Playing
मध्यपूर्वको यु द्ध ले नेपालीलाई पीडा, एक सिलिन्डर ग्यास पाउन महाभारत || Nepal Times
Mar 12, 2026
Playing
खेलकुदमा यु द्धको छायाः इरानले विश्वकप फुटबल नखेल्ने?|| Nepal Times
Mar 12, 2026
Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026

कतारी राजाले बंगलादेश र नेपालसँग कति फरक सम्झौता गरे ?

१२ बैशाख २०८१

१२ वैशाख , काठमाण्डौ।

कतारका राजाको ऐतिहासिक नेपाल भ्रमणमा उनको अतिथ्यतालाई समरणयोग्य बनाउन सरकारले हर प्रयास गर्याे । उनका स्वागतका लागि राष्ट्रपति विमानस्थल पुगे । उर्जामन्त्री शक्ति बस्नेत प्लेनसम्मै पुगे । उनको सुरक्षाका लागि नेपाल सेनाका सेकेण्डम्यान खटिए भने उनको स्वागतका लागि उनी यात्रा गर्ने सडकमा तुल ब्यानरसहित सडक चिटिक्क सिंगारिएका थिए ।

भ्रमणका क्रममा राजा अमिर शेख तमिम विन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमहल दाहाल प्रचण्डको उपस्थितीमा दुई देशबीच विभिन्न ८ शीर्षमा समझदारी , समझौताहरु भएका छन् । यी समझदारीहरु राजाको नेपाल भ्रमणका देखिने गरी उपलब्धिहरु हुन् । यसवाहेक उनले राष्ट्रपतिसँग हमासबाट अपहरित विपीन जोशीको रिहाइका लागि पहल गर्ने वचन, नेपालका श्रमिकहरुले कतारमा बगाएको पसिनाको प्रशंसा निक्कै स्मरणयोग्य रहेका छन् ।

अर्काे महत्वपूर्ण कुरा ४७ वर्षपछि खाडी राष्ट्रबाट भएको यो ऐतिहासिक भ्रमण नै नेपालको महत्वपूर्ण उपलब्धि भएको कुटनैतिक जानकारहरु बताउँछन् । राजा तमिम विन हमादको भ्रमणले नेपालले गर्न लागेको आसन्न लगानी सम्मेलनलाई समेत महत्वपूर्ण लाभ मिल्ने अपेक्षा गरिएको छ । साथै उनको भ्रमणले अन्य देशका सरकार प्रमुख तथा राष्ट्रप्रमुखहरुलाई नेपाल भ्रमणको बाटो खुल्ने अपेक्षा राखिएको छ ।

नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार ती समझदारी भएको हो। थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उनीहरुको उपस्थितिमा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

यसैगरी युवा तथ खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले हस्ताक्षर गरेका छन्। यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्सका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरे। नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल–कतार संयुक्त वाणिज्य परिषद् स्थापना भएको छ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद् स्थापनाका लागि बुधबार दुवै चेम्बरबीच सम्झौता भएको हो।

परिषद्ले व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्नेछ। नेपालीहरुको कामको गन्तव्यका रुपमा चिनिदै आएको कतारको लगानी आकर्षित गर्न र व्यापार विस्तार गर्न परिषदले प्रभावकारी भूमिका खेल्नेछ। खाडी मुलुकमा कृषिजन्य उत्पादन, पानी, जडिवुटि, मसला र मसलाजन्य वस्तु लगायतको अत्यधिक माग छ।

तिव्र आर्थिक विस्तारका कारण कतार लगानी गन्तव्यका रुपमा रहेको हुँदा नेपालमा लगानी आकर्षित गर्न परिषदले प्रभावकारी भूमिका निर्वाह गर्नेछ। यसैगरि पर्यटन प्रवर्द्धनका क्षेत्रमा पनि परिषदले काम गर्नेछ। नेपाल अघि बंगलादेशको भ्रमण गरेका थानीले त्याहा पाँच सहकार्यहरुमा हस्ताक्षर गराएका छन् ।

जसमा बंगलादेश र कतारको कानूनी क्षेत्रमा सहकार्य गर्ने सहमति, एकआपसका लगानीको प्रवर्द्धन तथा संरक्षण गर्ने सहमति, दोहोरो करको समस्या हल गर्ने सहमति, सामुद्रिक यातायातबारेमा सहमति र साझा व्यापारिक परिषद् स्थापना गर्ने सहमति भएका छन् । यस्तै, कतार र बंगलादेशबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्य गर्ने, श्रम तथा जनशक्ति रोजगार क्षेत्रमा सहकार्य गर्ने , कूटनीतिक तालिमका क्षेत्रमा सहकार्य गर्ने र शिक्षा, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहकार्य गर्ने रहेका छन्।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top