NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख शनिबार मंसिर २७ , २०८२
एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ? शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै शनिबार मंसिर २७ , २०८२
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

कतारका राजा २२ घण्टा नेपालमा, के-के वचन दिएर फर्किए ?

बुधबार बैशाख १२ , २०८१
Reading Time: 1 min read
A A
कतारका राजा २२ घण्टा नेपालमा,  के-के  वचन दिएर फर्किए ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ वैशाख ,विराटनगर।

कतारका अमिर शेख तमिम विन हमाद अल थानी दुईदिने राजकीय नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्कएकामा फिलिपिन्स, बंगलादेश हुँदै नेपालको भ्रमण गर्न आएका थिए। राजाको २२ घण्टाको २ दिने औपचारिक नेपाल भ्रमणका क्रममा उच्चस्तीय भेटघाट, राष्ट्रपतिद्वारा आयोजित रात्री भोज र प्रधानमन्त्रीद्वारा आयोजित दिवा भोजसहित नेपाल र कतारबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय बैठकमा आठ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारको नेतृत्व कतारका अमिर शेख तमिमले गरेका थिए । बैठकपछि नेपाल र कतारबीच सरकारी तहमा ६ र निजी क्षेत्रबीच दुई गरी कुल आठ वटा समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयको प्रवक्ता अमृत राईले बताएका छन् । जसमा:

LS Auto

१. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतारको संस्कृति मन्त्रालयबिचमा कला तथा सांस्कृतिक सहकार्यका क्षेत्रमा सहकार्य गर्ने समझदारी

२. नेपालको सरकारी समाचार संस्था राष्ट्रिय समाचार संस्था तथा कतारको कतार न्यूज एजेन्सीबिचमा समाचार आदानप्रदानको सहकार्यको सहमति

३. नेपाल सरकार तथा कतार सरकारका बिचमा शिक्षा, उच्च शिक्षा तथा वैज्ञानिक खोजका क्षेत्रमा सहकार्य गर्ने समझदारी

४. नेपाल सरकार तथा कतार सरकारका बिचमा युवा तथा खेलकुदका क्षेत्रमा सहकार्य गर्नेमा समझदारी

५. नेपाल तथा कतारका महान्यायाधिवक्ता कार्यालयका बिचमा सहकार्यको समझदारी

६.नेपाल सरकारको परराष्ट्र अध्ययन प्रतिष्ठान तथा कतार सरकारको विदेश मन्त्रालयको कूटनीतिक संस्था बिचमा कूटनीतिक तालिम तथा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने समझदारी

७. नेपालको उद्योग वाणिज्य महासंघ र कतारको कतार चेम्बरका बिचमा साझा व्यापारिक परिषद् स्थापना गर्ने सम्झौता

८. नेपाल उद्योग वाणिज्य महासंघ तथा कतार चेम्बरका बिचमा समझदारी पत्रको नवीकरण

यसअघि कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल स्वयं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनको राजकीय भ्रमणलाई लिएर सरकारले मङ्गलवार सार्वजनिक बिदा दिएको थियो भने विमानस्थल पनि १ घण्टाका लागि पूर्ण बन्द गरिएको थियो । सडकहरु सिंगारिएको थियो विभिन्न जातजातिका भेषभूषा सजिएकाहरुले स्वागत गरेका थिए । उनी हिड्ने रुट खाली गरिएको थियो ।

जसले सडक हिड्नेहरुलाई केही असहज त भएको थियो भने सार्वजनिक विदा नै दिइएको बारेमा आलोचना पनि भएको थियो । जुन विषयमा गृहमन्त्री रवि लामिछानेले समेत स्पष्टिकण दिनु परेको थियो । उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका कतारका अमिरको प्रतिनिधिमण्डलमा ८० जनाभन्दा बढी थिए ।

 

उनी मङ्गलवार नेपाल आइपुग्नुअघि नै कतारका सुरक्षा अधिकारीहरू नेपाल आएका थिए । त्यहाँबाट कतारका अमिर सोझै राष्ट्रपति भवन शीतल निवास पुगेका थिए। अधिकारीहरूले राजकीय भ्रमणसँग सम्बन्धित तीनवटा विमानहरू मङ्गलवार र एउटा विमान सोमबार नेपालमा अवतरण भएको जनाएका छन्।

राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा मङ्गलवार साँझ नै राजकीय भोज आयोजना गरेका थिए । नेपाल अवतरण गरेपछि कतारका अमिरलाई नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो। कतारका अमिरलाई विमानस्थलमा स्वागत गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहितका उच्च अधिकारीहरू थिए। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र ऊर्जा तथा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेत पनि अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

अमिर र नेपालका राष्ट्रपतिबीचको भेटवार्तामा जलवायु परिवर्तन र नेपालमा कतारले गर्नसक्ने सम्भावित लगानीबारे पनि छलफल भएको थियो । राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले हामीलाई चिन्तित तुल्याएको पनि बताएका थिए । त्यस्तै कतारका अमिरले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनिकरण सम्बन्धी सम्झौताहरुको सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सबैका लागि सुखद वातावरण तयार हुने बताए ।

कतारका अमिरले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने विश्वास व्यक्त गरे ।नेपालले महत्त्वका साथ उठाउँदै आएको र बहुप्रतिक्षित मानिएको श्रम सम्झौताको पुनरावलोकन भने यसपटक भएन । कतारसँग १९ वर्ष पुरानो श्रम सम्झौता पुनरावलोकन गर्ने नेपाल सरकारको इच्छा भएपनि कतारी पक्ष सकारात्मक नभएको हो ।

त्यस्तै यसअघि हुने भनिएको हात्तीका छावा उपहार स्वरुप नेपालले दिने सम्झौतामा पनि हस्ताक्षर भएन । अन्तर्राष्ट्रिय कानुनको प्रक्रिया पूरा गर्न बाँकी भएकाले हात्ती उपहार दिने सम्झौता नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता राईले बताए । अन्तर्राष्ट्रिय सन्धि (साइटिस) को प्रक्रिया दुवै पक्षबाट पूरा गर्न बाँकी नै छ । सो महासन्धीमा नेपालले पनि हस्ताक्षर गरेको हुुनाले कतारलाई हात्ती दिने विषयमा साईटीसले पनि सिफारिस गर्नुपर्छ ।

प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीको उपस्थितिमा ८ वटा सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौंको होटेल सोल्टीमा प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीको उपस्थितिमा सम्बन्धित अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गरेका छन् ।

प्रधानमन्त्रीसँग भ्रमणको अन्तिम दिन भएको द्विपक्षीय भेटवार्तामा कतारका अमिर थानीले नेपालको प्रशंसा गर्दै आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका थिए । साथै उनले नेपालका श्रमिकको सिप अभिवृद्धि गर्न पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

यस्तै द्विपक्षीय वार्तामा कतारी अमिरले नेपालको ऊर्जा, कृषि, यातायातमा नेपाल र कतारका तर्फबाट छलफल गर्ने र लगानीका क्षेत्रको खोजी गर्ने विषयमा समेत छलफल भएको थियो । विश्वव्यापी द्वन्द्व समाधानमा कतारले खेलेको मध्यस्थताको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले इजरायलमा हमासको आक्रमणपछि वेपत्ता भएका नेपालका विपिन जोशीको सकुशल रिहाइका लागि भूमिका खेलिदिन आग्रह समेत गरेका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले मुख्यतयः ६ मुद्दा उठाएका थिए । जसमा नेपाल र कतारबीचको सम्बन्ध, लगानी, श्रम (नेपाली कामदार), भू–राजनीतिक द्वन्द्व, विपीन जोशीको रिहाइ र जलवायु परिवर्तन । बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीको लागि उपयुक्त वातावरण बनेको जनाएका थिए । प्रधानमन्त्री प्रचण्डले कतारका अमिरसामु सम्भावित लगानीका क्षेत्रहरू पनि प्रस्ताव गरेका थिए ।

“हामी नेपालमा लगानी गर्न उत्साहित छौँ,” बैठकमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाका अनुशार जवाफमा कतारका अमिर थानीले भने, “ऊर्जा, कृषि, स्वास्थ्य र एयर कनेक्टिभिटीका क्षेत्रमा सहकार्य र लगानी विस्तार गर्न हामी सकारात्मक छौँ ।” बैठकमा प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीबीच नेपालमा सम्भावित लगानीका क्षेत्र पहिचान गर्न र सहकार्य विस्तार गर्न दुवै देशले एक÷एकवटा टिम बनाउने सहमति भएको सापकोटाले बताए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले कतारी पक्षलाई कतार एयरवेजको उडान काठमाडौंमा मात्र नभई नेपालका अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा पनि विस्तार गर्न आग्रह गरेका थिए । कतारका अमिरले कतारको विकास र समृद्धिमा नेपाली कामदारको ठूलो योगदान रहेको जनाउँदै नेपाली कामदारको पटक–पटक प्रशंसा गरेका थिए ।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना गरेपछि कतारबाट नेपालमा भएको यो सबैभन्दा उस्चस्तरीय भ्रमण हो । कतारबाट मात्र होइन सम्पूर्ण खाडी राष्ट्रहरुबाट नै अहिलेसम्म यति उच्चस्तरमा नेपालमा भ्रमण भएको छैन । यसले अन्य खाडी राष्ट्रबाट पनि नेपालमा उच्चस्तरीय भ्रमणको लागि ढोका खोलेको आशा गरिएको छ ।

यो भ्रमणबाट नेपालले कत्तिको फाइदा उठाउन सक्यो ? नेपाल र कतारबीचको बहुप्रतिक्षीत श्रम सम्झौता पुनरावलोकन गर्न कतार किन मानेन ? तर थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता भनेर जनाएर गएको छ । त्यस्तै इजरायलमा अझै अज्ञात अवस्थामा रहेका नेपाली वीपिन जोशीको सकुशल रिहाईका लागि आवश्यक पहल गर्ने वचन पनि दिएको छ ।

भ्रमणकमा भएका सम्झौता र समझदारीको उपलब्धि कार्यान्वयन भने आगामी दिनमा देखिँदै जानेनै छ । कतारी राजाको उच्चस्तरीय नेपाल भ्रमण कस्तो रह्यो ? यसबारे तपाईँको प्रतिक्रिया के छन् अवश्य व्यक्त गर्नुहोला ।ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #कतारका राजा २२ घण्टा नेपालमा#कतारका राजाले नेपालमा दिएको वचन#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

विचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

थप समाचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख
अन्तर्राष्ट्रिय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी
अन्तर्राष्ट्रिय

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी
खेलकुद

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै
ताजा समाचार

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.