×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

प्रचण्डलाई चुनाव जिताएकोमा बाबुरामलाई पछुतो

१४ बैशाख २०८१

१४ वैशाख, काठमाण्डौ ।

गएको प्रतिनिधि सभा निर्वाचनपूर्व पूर्वप्रधानमन्त्रीहरुले अबपनि संसदीय निर्वाचनमा लाइन लागेर बस्न नहुने भन्दै प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले माओवादी परित्याग गरेपनि माओवादी जनयुद्धका आफ्ना सर्वाेच्च कमाण्डर प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र गोरखामा लगेर उम्मेदवार बनाए ।

Advertisement

चितवनबाटै उम्मेदवारी दिने तयारी गरिरहेका प्रचण्डले चितवनका जनताको भावनामा ठेस पुर्याउदै बाबुरामकै आग्रहमा गोरखाबाट उम्मेदवार बने अनि विजय समेत हासिल गरे । त्यो विजयीको बलमा संघीय संसदमा आफ्नो दल तेस्रो शक्ति भएपनि प्रचण्ड लगातार प्रधानमन्त्रीमा हासिन छन् ।

तर उनलाई चितवनबाट गोरखामा उम्मेदवार बन्न प्रेरित गर्ने र उनका लागि गोरखाली जनतासँग मत मागेका डा भट्टराई भने अहिले प्रचण्डलाई निर्वाचन क्षेत्र छाडेकोमा विलौना गरिरहेका छन् । भट्टराईले ‘प्रचण्ड’लाई निर्वाचन क्षेत्र छोडेकोमा गल्ती स्वीकार गर्दै सार्वजनिक रूपमा माफी मागेका छन् ।

सामाजिक सन्जाल एक्समा लामो लेख्दै भट्टराईले कहिलेकाहीँ असल नियतले लिएका निर्णयको गलत परिणाम निस्कने गरेको उल्लेख गरेका छन् । आफूले प्रचण्डलाई निर्वाचन क्षेत्र छोडिदिने निर्णय पनि असल नियतबाट लिए पनि परिणाम सही ननिस्किएको उनको स्वीकारोक्ति छ ।

“कहिलेकाहीं असल मनसायले गरेको कामको गलत परिणाम आउँछ । जनसेवामा समर्पित इमान्दार मान्छेले त्यसलाई स्वीकारेर सच्याउन हिच्किचाउनु हुँदैन,” भट्टराईले लेखेका छन्, “..मैले असल मनसायले गरेको निर्णयले आमजनता र पार्टीका साथीहरूलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु ।”

उनले आफ्नो जिल्ला भ्रमणका क्रममा आफूलाई जनसमुदाय र पार्टीका साथीहरूले गोरखा–२ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भएको बताउने गरेका पनि उल्लेख गरेका छन् । “समाजको विकासको स्तर, औसत जनचेतना र विद्यमान संसदीय राजनीतिका प्रमुख खेलाडीहरूको भ्रष्ट, अनैतिक र पाखण्डी चरित्रको ख्याल नगरी ‘गान्धीवादी’ आदर्श र त्यागको मार्ग अवलम्बन गर्नु मेरो कमजोरी रहेको भनेर खुला आलोचना गर्नुभएको छ,” भट्टराईले भनेका छन् ।

भट्टराईले ठूलो राजनीतिक क्रान्तिपछि राष्ट्रिय राजनीति पुनः सत्तादेखि सत्तासम्म र साम, दाम, दण्ड, भेदको दुष्चक्रमा फस्दै गएको, हिजोका क्रान्तिकारी नेताहरू मूल्यमान्यता र आदर्शबाट तीव्र गतिमा स्खलित हुँदै गइरहेको, ठूलो जनबलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्दै गइरहेको र जनताका सुशासन र समृद्धिका आकांक्षामा तुषारापत भइरहेको अवस्थामा आफूले सत्ता बाहिर बसेर खबरदारी गर्नेगरी असल मनसायले त्यस्तो निर्णय लिएको उल्लेख गरेका छन् ।

“आफू सदन र सरकारमा नगई पार्टी र सडकका मन्चबाट सफा र जनमुखी राजनीतिको पैरवी गर्नु र सत्तासीनहरूलाई खबरदारी गरिरहनु उपयुक्त हुने ठानेर साथीहरूलाई जानकारी गराएरै सो निर्णयमा पुगेको हुँ,” भट्टराईले भनेका छन्, “परन्तु निर्वाचन यता मुख्यतः प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन नांगो रूपमा प्रदर्शित हुँदै गइरहेको, उल्टै मैले उनलाई निःस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दै गइरहेको, देश र जनताका आकांक्षामा गम्भीर कुठाराघात गरिरहेको, जनयुद्धमा लाखौं जनताका अतुलनीय त्याग र बलिदानलाई उनको सत्तास्वार्थसँग साटेर सत्य निरूपण तथा मेलमिलाप र बेपत्तासम्बन्धी आयोगहरूका कामलाई टुंग्याउनु सट्टा खेलवाड गरिरहेको लगायतका घटनाक्रमहरूले गोरखाली मतदाताहरूले व्यक्त गरेको असन्तुष्टि र मसँग गरेको गुनासोलाई अन्यथा भन्न सकिने अवस्था रहेन ।”

पछिल्लो समय भट्टराई आफ्नो पार्टी नेपाल समाजवादी पार्टीमा पनि अन्य नेताहरुबाट एक्लिसकेका छन् । महिन्द्र राय यादव, विश्वदिप पाण्डे लगायतले बाबुरामको साथ छाडिसकेका छन् । उनीहरु माओवादीसँग एकता गर्ने तयारीमा छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले त डा. बाबुराम भट्टराई आफू राष्ट्रपति र पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन नसकेपछि एकताको विपक्षमा उभिएको आरोप लगाएका छन्। उनले भट्टराईले राष्ट्रपति पद पाएको भए १५ दिनभित्रमा पार्टी एकता भइसकेको हुने जिकिर गरेका छन् ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top