×

NEPAL TIMES UPDATES

Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026

नेपालका जडिबुटी खेर नजाने,१७ सय औषधिजन्य वनस्पतिको ‘डाटाबेस’

१९ बैशाख २०८१

१९ वैशाख, विराटनगर ।

नेपाली समाजको जनजिब्रोमा अझै पनि झुन्डिएको छ, नेपालका वनजङ्गलका जडिबुटी चिन्ने हो भने औषधिका लागि अन्यत्र धाउनै पर्दैन् । विश्वको अक्सिजनको भण्डार अमेजन जङगलका बनस्पतिबाट बन्ने औषधिका बारेमा त हामी सुन्ने गरेका छौं ।

 

भलै नेपालको वनजङगलबाट नेपालले यथोचित लाभ लिन नसकेको होला तर नेपालमा अझै पनि हरियो बन नेपालको धन भन्ने कथन यथावत छ । वनमा काठ कुहिएर गएका छन् हामी काठका लागि परनिर्भर छौं ।

अनेकौ जडिबुटी वनमा खेर गएका छन् तिनको पहिचान र उपयोग अझै हुन् नसकेको स्थितिलाई चिर्दै पहिलो पटक प्रदेश सरकारले औषधीय वनस्पतिमा एघार हजार २४० सक्रिय रसायन पत्ता लगाएको छ । यस्तै १७ सय औषधिजन्य वनस्पतिको ‘डाटाबेस’ तयार गरिएको छ ।

आयुर्वेदिक औषधिलाई वैज्ञानिक प्रणालीमा आबद्ध गराई विकास गर्न एक हजार सात सय ७७ वटा औषधिजन्य वनस्पतिको ‘डाटाबेस’ तयार भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले युवा प्रोत्साहन कोषमार्फत यस्तो डाटाबेस तयार गरेको हो ।

युवा वैज्ञानिक भुवन गुरुङको नेतृत्वमा फाइटोमेड नेपाल नामक परियोजनाअन्तर्गत यो काम सम्पन्न भएको हो । नेपालमा जडीबुटीको नामकरण र परम्परागत उपयोगिताको अभिलेखीकरण भए पनि हलासम्म यसको औषधीय गुणको ‘डाटाबेस’ बन्न सकेको थिएन ।

तसर्थ, आयुर्वेदीय औषधि प्रणालीलाई वैज्ञानिक र तथ्यपरक ढंगले वैज्ञानिक प्रणालीमा आबद्ध गराई भविष्यमा जडीबुटी वा नेपाली वनस्पतिमा आधारित आयुर्वेदीय औषधि प्रणालीको नवप्रवर्तन र विकास गर्ने सोचले प्रदेश सरकारको समन्यवमा यो काम गरिएको युवा वैज्ञानिक भुवन गुरुङले बताएका छन् ।

एक हजार सात सय ७७ वनस्पतिको परम्परागत औषधीय उपयोगिता, जैविक रसायनको चरित्र र आयाको संरचनासहित ११ हजार दुई सय ४० वटा सक्रिय जैविक रसायनको ‘डाटाबेस’ तयार गरिएको गुरुङले जानकारी दिएका छन् ।

बागमती प्रदेशभित्र रहेका विभिन्न औषधीय वनस्पतिमा एघार हजार २४० सक्रिय रसायन पत्ता लागेको छ । एक हजार ७७७ वटा औषधीय वनस्पतिमा गरिएको अनुसन्धानबाट विभिन्न रोगको उपचारमा काम लाग्न सक्ने ती रसायन पत्ता लागेको हो ।

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गतको युवा वैज्ञानिक प्रोत्साहन कोषको अनुदानमा बागमती प्रदेशभित्र रहेका जडीबुटीमा गरिएको जैविक रसायन डाटाबेस अध्ययनमा ती रसायन पत्ता लागेका हुन्।

विभिन्न रोगको परम्परागत उपचारमा प्रयोग गरिने विभिन्न जडीबुटी तथा वनस्पतिबारे समेत अध्ययन गरिएको आयोजनाका गुरुङले बताएका छन् । विशिष्ट भौगोलिक र सूक्ष्म जलवायु विविधताका कारण नेपालमा पाइने जडीबुटीमा विभिन्न रोगको उपचारमा प्रयोग हुन सक्ने रसायन पाइने अध्ययनले देखाएको छ ।

नेपालमा ११ हजार ९७१ प्रजातिका वनस्पति पाइएकोमा तीमध्ये करिब सात सयमा औषघीजन्य जडीबुटी रहेको नेपाल वनस्पति विभागले जनाएको छ । यो अनुशन्धानपछि पत्ता लागेका विशेष सक्रिय जैविक रसायनलाई सम्भाव्य औषधीवाहकका रूपमा अनुसन्धान र परीक्षण गरी मानव उपयोगी औषधीका रूपमा विकास गरिने छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top