×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

ईपीएस दोस्रो चरणको सीप परीक्षामा कति भए पास ?

२९ बैशाख २०८१

२९ वैशाख ,  काठमाण्डौ । 

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागको ईपीएस कार्यालयले वैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षण अर्थात स्किल टेष्टको नतिजा सार्वजनिक गरेको हो । कार्यालयकाअनुसार दोस्रो चरणको लागि छनोट भएका छ हजार ३ सय २१ जनामध्ये पाँच हजार ७ सय ५३ जना पास भएका छन् ।

४ सय ९८ जना फेल भएका र ७० जना परीक्षामै सहभागी नभएको ईपीएस कार्यालयले जनाएको छ । सीप परीक्षणमा पास भएकाहरुको दक्षिण कोरियामा ईपीएस अन्तर्गतको रोष्टरमा सूचीकृत प्रकृयाको लागि स्वास्थ्य परीक्षण र रोजगार आवेदन फाराम दर्ता गरिने कार्यालयले जनाएको छ । पास भएकाहरुको स्वास्थ्य परीक्षण पर्सि ३१ गतेदेखि जेठ २ गतेसम्म विभिन्न चार वटा अस्पतालमा हुनेछ ।

त्यसका लागि पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, नेपाल कोरिया मैत्री अस्पाल र निजामती अस्पतालमा स्वास्थ्य परीक्षण हुनेछ । यस्तै जेठ ५ गतेदेखि ८ गतेसम्म अनलाइनमार्फत रोजगार आवेदन फाराम दर्ता गरिने पनि शाखाले जनाएको छ । परीक्षाका लागि आवेदन दिने नेपालीको सङ्ख्या धेरै भएपछि तीन चरणमा परीक्षा भइरहेको छ ।

तीन चरणकै परीक्षा सम्पन्न गर्न १० महिना अर्थात् २०८१ साल पुससम्म लाग्ने ईपीएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षाका लागि एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका थिए । जसमध्येबाट १६ हजार चार छनोट गरेर पठाइने छ । हाल उत्तीर्ण भएका युवालाई आगामी जुन महिनामा हुने रोजगारदाता छनोटका लागि तयार हुन भनिएको छ ।

उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा ३१ वैशाखदेखि १६ साउन २०८१ सम्म हुँदैछ । त्यस्तै तेस्रो चरणको परीक्षा आगामी २६ कात्तिकदेखि २ पुस २०८१ सम्म हुने तालिका छ । ईपीएस दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली हो । यो प्रणालीअन्तर्गत नेपालबाट कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा समझदारी गरेको थियो ।

उक्त प्रणालीअन्तर्गत सन् २००८ बाट कोरियाले नेपाली कामदार लान सुरु गरेको हो । ईपीएस नेपालका अनुसार भाषा परीक्षा पास गरेका १८ देखि ३९ वर्षका व्यक्तिले उक्त प्रणालीबाट रोजगारीको अवसर पाउन सक्छन् । तर त्यसको लागि विगतमा गैरकानुनी रूपमा नबसेको, स्वास्थ्य परीक्षा पास भएको, नेपालबाट बाहिर यात्रा गर्न प्रतिबन्ध नभएको र आपराधिक कसुर नगरेको प्रमाणित हुनुपर्छ ।

गत वर्ष अर्थात् सन् २०२३ मा २० हजार जनाभन्दा बढी नेपाली कोरिया गएका थिए । कोरियामा अहिले नेपाली कामदारको सङ्ख्या ५५ हजार जनाभन्दा धेरै रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । ८सेवा क्षेत्रमा दक्षिण कोरिया जानका लागि क्षेत्र परिवर्तन गर्नेको सङ्ख्या झन्डै ३,५०० हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

दक्षिण कोरियाले यसै वर्षदेखि नेपालबाट थप दुईवटा नयाँ क्षेत्रमा कामदार लैजाने भएको अधिकारीहरूले बताएका छन् । कोरियाले लामो समयदेखि नेपालबाट उत्पादनमूलक र कृषि क्षेत्रमा कामदार लिँदै आएको छ । केहीअघिदेखि पानीजहाज निर्माण क्षेत्रमा पनि कामदार लान थालेको उसले अब सेवा र वन क्षेत्रमा पनि कामदारहरू लिने भएको हो ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top