×

NEPAL TIMES UPDATES

Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026

उपेन्द्रको ६५ दिने उपलब्धिः विदेश भ्रमण, आफ्नाको सरुवा

३१ बैशाख २०८१

३१ वैशाख , काठमाण्डौ ।

पार्टी विभाजनसँगै सत्ताबाट बाहिरिए लगत्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पुराना सहयात्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई भेट्न पुगेका छन् । ठाकुर निवास पुगेरै यादवले भेटवार्ता गरेका हुन् । नेकपा एमाले र माओवादीले धोका दिएको भन्दै यादवले ठाकुरसँग सहयोग मागेको बुझिएको छ ।

Advertisement

विगतमा ठाकुर र यादव एकै दलमा रहेका थिए । कुनै समय उनले लोसपालाई सरकारमा जान रोक्नका लागि भूमिका समेत खेलेका थिए । यही घटनाले ठाकुरले उपेन्द्रलाई विगत सम्झाउँदै जसपा नेपालसँग तत्काल कुनै सहकार्य गर्न नसकिने जवाफ फर्काएको स्रोतले बताएको छ । आफूलाई पटकपटक धोका दिएको विगत सम्झिँदै अध्यक्ष ठाकुरले सहकार्यको बारेमा तत्काल ‘हुन्छ’ भन्न नसक्ने जवाफ दिएका थिए ।

अप्ठ्यारो परेको बेला सहकार्यको हात बढाउने तर अवस्था सहज हुने बित्तिकै कसैको नसुन्ने उनको पुरानो बानीले तत्काल सहकार्य मुस्किल रहेको जवाफपछि उपेन्द्रजी फर्किनु भएको बैठकमा सहभागी एक लोसपा नेताले बताएका छन् । मधेस प्रदेश सरकारबाट एमाले र माओवादीले आइतबार समर्थन फिर्ता लिएपछि जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकार अल्पमतमा परेको छ ।

आफ्नो क्षेत्रमै सत्ताबाट बाहिरीने अवस्था आएपछि यादव रन्थनिएका छन् । उनले मधेश सरकार जोगाउन ठाकुरसँग सहयोग मागेका थिए ।मधेश प्रदेशमा लोसपा संसदीय दलका नेता अभिराम शर्मा निलम्बित छन् । उनीबाहेक लोसपाका ८ सांसद मधेशमा रहेका छन् । दोस्रोपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेको दुई महिनामै यादव सरकारबाट बाहिरिएका छन् ।

यादव गत २७ फागुनमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रूपमा नियुक्त भएका थिए । उनी मन्त्रालयको जिम्मेवारी सम्हालेको दुई महिना नपुग्दै अमेरिका भ्रमणमा गएका थिए । सामान्यतया यो कार्यक्रममा मन्त्रीस्तरीय सहभागिता अनिवार्य नभए पनि उनी मन्त्रालयको टोलीसहित अमेरिका पुगेका थिए । यसअघि २०७५।०७६ मा पनि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समाल्दा पनि उनी अत्यधिक विदेश भ्रमण गरेको भन्दै आलोचित भएका थिए ।

त्योवेला यादवले १४ महिनामा १५ पटक विदेश भ्रमण गरेका थिए । यसपटक पनि छोटो अवधिमै विदेश भ्रमण भ्याए । यस बीचमा उनले आफ्ना मान्छेलाई सुरक्षित ठाउँमा सरुवा गर्न पनि भ्याए । यही वैशाख ६ गते एकैपटक दशौँ र एघारौँ तहका १८ जना चिकित्सक नर्सको जिम्मेवारी हेरफेर गरेका उनले राष्ट्रिय ट्रमा सेन्टरमा एघारौँ तहका प्रमुख कन्सल्टेन्टलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीबाट हटाएर दशौँ तहका कन्सल्टेन्ट (डा. प्रमोद यादव)लाई उक्त जिम्मेवारी दिएका छन् ।

चारवटा संघीय अस्पतालका एघारौँ तहका चिकित्सक नर्सलाई प्रदेशको मुख्यमन्त्री कार्यालयले जिम्मेवारी दिनेगरी कामकाजमा खटाएका छन् । सोही तहका १२ जना चिकित्सक नर्सलाई पनि अन्तर मन्त्रालय सरुवा गरेका छन् । यसैगरी कोभिड महामारीको समयमा नक्कली पिसिआर रिपोर्ट बनाएको पुष्टि भएर जागिरबाट निकालिएका गंगालाल हृदयरोग उपचार केन्द्रका तत्कालीन वरिष्ठ ल्याब टेक्नोलोजिष्ट तथा ल्याब इन्चार्ज विनोदकुमार यादवलाई स्वास्थ्यमन्त्री यादवको जोडबलमा पुनः काममा फर्काइसकिएको छ ।

राजनीति घटनाक्रम यसरी विकास नभएको भए अमेरिकाबाट फर्केपछि मन्त्री यादवले मन्त्रालयका महाशाखा प्रमुखदेखि केही ठूला संघीय र प्रदेश अस्पतालहरुको निर्देशकको जिम्मेवारी हेरफेर गर्ने तयारीमा रहेको यसअघि नै उनको सचिवालयले जनाएको थियो ।

Advertisement

भर्खरको समाचार

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

सम्बन्धित खबरहरु

Scroll to Top