×

NEPAL TIMES UPDATES

Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026
Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026

भारतीय फुटबल लिजेन्ड सुनील क्षेत्रीद्वारा सन्यासको घोषणा

३ जेष्ठ २०८१

३ जेठ , एजेन्सी ।
भारतीय फुटबल लिजेन्ड, राष्ट्रिय टोलीका कप्तान सुनील क्षेत्रीले सन्यास घोषणा गरेका छन् । उनी भारतबाट सर्वाधिक गोल गर्ने कीर्तिमानी स्ट्राइकर हुन् । सामाजिक सञ्जाल एक्समार्फत एउटा भिडिओ जारी गर्दै क्षेत्रीले आउँदो जुन ६ मा हुने फिफा विश्वकप क्वालिफायरको कुवेतविरुद्धको खेल आफ्नो अन्तिम हुने बताएका छन् ।

‘मेरो १९ वर्षको यात्रा एउटा जिम्मेवारी, दवाव र अदम्य खुशीको समिश्रण थियो । मैले अब कुवेत विरुद्धको खेल मेरो सम्भवत अन्तिम हुनेछ,’ क्षेत्रीले भनेका छन् । भारतीय फुटबलका पर्यायको रुपमा रहेका ३९ वर्षीय क्षेत्रीले देशका लागि ९४ अन्तर्राष्ट्रिय गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय खेलाडीमध्ये उनी गोल स्कोरिङको हिसाबले लियोनल मेस्सी र रोनाल्डोभन्दा पछाडि तेस्रो स्थानमा छन् ।

अलटाइम फुटबलरहरुमध्ये चौंथो स्थानमा छन् । सन २००२ मा मोहन बगानबाट उनले फुटबलको यात्रा प्रारम्भ गरेका थिए । उनी सन् २०१० मा अमेरिकाको क्यान्सस सीटी विजार्ड तथा सन् २०१२ मा पोर्चुगलको स्पोर्टिङ सीपीमा आवद्ध भए । भारतमा उनले इस्ट बंगाल, डेम्पो, मुम्बई सीटी हुँदै अहिले बैंगलुरु एफसीबाट खेलिरहेका छन् । क्षेत्रीको अन्तर्राष्ट्रिय फुटबल करिअर निकै शानदार छ ।

यू–२० र यू–२३ टोलीबाट आफ्नो परिचय बनाएका उनले सन् २००५ मा सिनिअर टोलीमा डेब्यू गरेका थिए।उनले एकल बलबुतामा भारतलाई थुप्रै अन्तर्राष्ट्रिय उपाधिहरु जिताएका छन् । सन् २००७, २००९ र २०१२ को नेहरु कप, सन् २०११, २०१५ र २०२१ को साफ च्याम्पियनसीपमा भारतलाई विजेता बनाउन क्षेत्रीको ठूलो हात थियो ।

उनले सन् २००८ को एएफसी च्यालेन्ज कपमा पनि भारतलाई जिताएका थिए, जसले गर्दा भारतले २७ वर्षपछि एएफसी एसिएन कपमा भाग लिन पाएको थियो । पूर्वकप्तान तथा स्ट्राइकर भाइचुङ भुटियाको सन्न्यास पछि भारतीय टोलीमा उनले अग्रपंतीको जिम्मेवारी लिएका थिए। उनको पहिलो अन्तराष्ट्रिय गोल पाकिस्तानविरुद्ध थियो । भारतीय टोलीबाट १५० खेल खेलेका उनले ९४ अन्तर्राष्ट्रिय गोल गरेका छन्।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top