पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी

पूर्वाञ्चल विश्वविद्यालयको  केन्द्रीय कार्यालयमा तालाबन्दी

विराटनगर,असोज १
पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यलय विराटनगरमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेलका भतिजा शैलेश पोखरेललाई मेडिकल डिन नियुक्त गरेको विरोधमा नेपाल विद्यार्थी संघका सहमहामन्त्री कृष्ण कार्कीको नेतृत्वको टोलीले आईतबार तालाबन्दी गरेको हो ।

विद्यार्थीहरुले उपकुलपति घनश्यामलाल दास, रजिस्टार प्रमिला थापा, पूर्वाञ्चल विश्वविद्यालय प्रशासन महाशाखाको कार्यलयमा समेत तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयमा राजनीतिक हस्तछेप भएकोमा तालाबन्दी गरिएको नेपाल विद्यार्थी संघका सहमहामन्त्री कृष्ण कार्कीले बताए ।विश्वविद्यालयमा राजनीतिक भागबण्डाको अन्त्य गर्नुपर्ने, मेडिकलका डिनको नियुक्ति खारेज गर्नुपर्नेलगायतका माग राख्दै तालाबन्दी गरिएको उनले जानकारी दिए ।

नेविसंघले शैक्षिक क्यालेन्डर लागू हुनुपर्ने, सम्पूर्ण आंगिक क्याम्पसहरुलाई पूर्वाधारयुक्त बनाइनु पर्ने, विश्वविद्यालय र नेविसंघबीच भएको सम्झौता तुरुन्त लागू गनुपर्नेलगायतका माग हरु राखेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.