×

NEPAL TIMES UPDATES

Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026

देउवा–ओलीको भेटले झस्किए प्रचण्ड, रास्वपा ब्याक भए एमाले–कांग्रेसले सरकार बनाउने ?

१७ असार २०८१

१६ असार, काठमाण्डौ ।

सत्तारुढ तीन दल नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच बालकोटमा भएको भेटले तरंग ल्याएका बेला प्रचण्डले ओली र रवि लामिछानेसंग भेट गरेका हुन् । सो क्रममा एमाले अध्यक्ष ओली पहिला सिंहदरबार पुगेका थिए ।

उनीहरुबीचको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । यद्यपी यो भेट देउवा र ओलीबीच भएको भेटवार्ताले सत्ता समीकरणमा फेरबदल हुन लागेको आशंकाबीच भएको हो । तर ओली अस्वस्थ भएका कारण देउवा उनलाई भेट्न पुगेको भनिएको छ । प्रचण्डले भने हिजो देउवासंगको भेटका बारेमा पनि ओलीसंग जिज्ञासा राखेका थिए ।

प्रचण्ड र ओलीबीच वार्ता चलिरहेका बेला रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने पनि मिसिएका थिए । यसबीच प्रधानमन्त्री दाहालसँग भेट गरेपछि पत्रकारहरुसंग ओलीले भेटवार्ता भइरहने भन्दै प्रतिक्रिया दिएका छन् । लामिछानेले पनि नियमित प्रक्रिया भएको बताएका छन् । यता हिजो ओलीनिवास बालकोट पुगेका देउवाले ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको दाबी गरिएको छ ।

तर, ओलीले १८ असारपछि यसबारे छलफल गर्ने जवाफ देउवालाई दिएको बताइएको छ । यो गठबन्धनको किङमेकर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने छन् । तर गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले चर्काे आवाज उठाएको छ । साथै, उनको उक्त घटनाबारे अनुसन्धान गर्न संसदीय छानबिन समितिसमेत बनेको छ ।

त्यसैले दबाबमा परेका लामिछानेको निर्णयले प्रधानमन्त्री प्रचण्ड सरकारको आयु निर्धारणा गर्ने अवस्था छ । लामिछाने सहकारी ठगीमा नजोडिएको भन्दै महान्यायाधिवक्ताको कार्यालयले दिएको पत्रसम्बन्धी मुद्दा अहिले अदालतमा विचाराधीन छ । सर्वाेच्च अदालतले उक्त मुद्दाको पेसी १८ असारलाई तोकेको छ । त्यस दिन यदि गृहमन्त्री रविको विपक्षमा फैसला आएमा लामिछानेमाथि गम्भीर नैतिक संकट पर्ने विश्लेषण भइरहेको छ ।

त्यस्तो अवस्थामा उनीमाथि राजीनामाको विकल्प मात्रै बाँकी रहने अनुमान भइरहेको छ । त्यसैले लामिछानेको विपक्षमा आदेश आउँदा सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने र सरकारको भविष्य धरापमा पर्ने सम्भावना छ । लामिछानेको उक्त निर्णयपछि नयाँ गठबन्धन बन्ने अवस्था आएमा दुई ठूला दल मिलेर गठबन्धन बनाउन सकिने विषयमा ओली र देउवाले छलफल गरेको बुझिन्छ ।

रविले सरकार छोड्ने अवस्था आएमा त्यसको विकल्पका बारेमा सरकार र प्रतिपक्षहरू संवादमा छन् । केही समय पहिला माओवादी र कांग्रेस नेताहरू पनि संवादमा थिए । यदि दुई ठूला दलबीच नयाँ गठबन्धन भएमा अन्य साना दलको आवश्यकता पर्दैन । तर, एमाले नेताहरू यो भेटघाट सामान्य रहेको बताउँछन् ।

ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनसँंग धितोपत्रबोर्डको अध्यक्षको नियुक्तिलाई लिएर रुष्ट छन् । बोर्डमा ओलीले आफूनिकट व्यक्ति नियुक्त गर्न खोजेका थिए तर पुनले गर्दा प्रक्रिया नै रद्द भएको छ । त्यसपछि ओली झन् रुष्ट बनेको एमाले स्रोत बताउँछ । ओलीले सरकारले ल्याएको बजेटको पनि विरोध गर्दै आएका थिए ।

न्यायाधीश नियुक्तिमा पनि गठबन्धनमा कुरा मिलिनसकेको स्रोतको दाबी छ । यसबीच सत्ता गठबन्धनमा खासै देखिने गरी खटपट नभए पनि राजनीतिक रूपमा उलटफेर हुन सक्ने आशंका सुरु भएका छन् । राजदूत सिफारिसमा पनि एमालेले आफूलाई पेलेर बढी लिएको माओवादीको बुझाइ छ । यता एमाले–माओवादीबीच धेरै अन्तरविरोध नभए पनि बजेटको विषयलाई लिएर एमालेका नेताहरूले संसदमा नै असन्तुष्टि पोखेका थिए ।

केही दिनअघि प्रधानमन्त्री प्रचण्डले पार्टीको एक कार्यक्रममा माओवादीको ३२ सिटलाई जादुयी नम्बर भन्दै कांग्रेस र एमालेलाई मिलाएर खेलाउन सके पाँचै वर्ष प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएका थिए । प्रधानमन्त्रीको त्यो भनाइले ओली र देउवा दुवैलाई झस्काएर चाँडै भेटाएको अर्थमा बुझ्न भने सकिने एमाले नेताहरूको भनाइ छ ।

प्रचण्डले त्यसो भनेलगत्तै एमाले अध्यक्ष ओलीले मदन भण्डारी जयन्तीका दिन पार्टी केन्द्रीय कार्यालय च्यासलबाट भूराजनीतिक शक्तिहरूका बारेमा अर्थपूर्ण टिप्पणी गरेका थिए । उनले भारत र चीन दुवैलाई चिढ्याएर वा एक वा अर्कोसँग नजिक भएर होइन समान दूरीमा रहेर नेपालले आफ्नो हितको रक्षा गर्नुपर्ने बताएका थिए ।

ओलीको पछिल्लो यो टिप्पणीलाई धेरैले बेवास्ता गरे पनि राजनीति र कुटनीतिका खेलाडीहरूले भने कांग्रेस–एमाले नजिक भएको अर्थमा बुझेका थिए । राजनीतिक स्थायित्व र अहिलेको चरम निराशा तथा निजी क्षेत्र धराशायी भएको अवस्थामा बलियो राष्ट्रिय शक्तिले देशको नेतृत्व गर्नुपर्ने एमालेको दृष्टिकोण छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top