×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

यूकेमा केइर स्टार्मर प्रधानमन्त्री बन्ने, ऋषिको दलको लज्जास्पद हार

२२ असार २०८१

२१ असार,एजेन्सी ।

बेलायती चुनावमा लगातार १४ वर्षदेखि सत्तामा रहेको कन्जरभेटिभ दलले संसदीय निर्वाचनमा लज्जास्पद पराजय भोगेको छ । टोरीज् भनेर चिनिने सत्ताधारी दलले बेलायती सदनको ६५० सिटमा तीन अंकको सिट पु¥याउन नसकेर ८२ मा खुम्चिएको छ । टोरिज्ले हालसम्म १९३ सिट गुमाएको बीबीसीले उल्लेख गरेको छ ।

Advertisement

यस्तै प्रमुख प्रतिपक्षी लेबर पार्टीले पछिल्लो चुनाव भन्दा २२३ सिट बढाएर अहिलेसम्म ४१० सिट ल्याएको छ । अन्तिम नतिजा आउन बाँकी हुँदै लेबरको एकल बहुमत भन्दा बढि सिट जितिसकेको छ । ३२६ मा बहुमत पुग्नेमा लेबरको बहुमत बढी सिट आइसकेको छ । लेबर पार्टीको एकल बहुमत आएसँगै १४ वर्षबाट सत्तासीन भएको लेबरले सत्ता चलाउने भएको हो ।

अबको चार दिनमा बेलायती सदन संचालनको कार्यतालिका रहेको छ । लेबरको बहुमत आएसँगै लेबरका नेता केइर स्टार्मर प्रधानमन्त्री बन्ने पक्का भएको छ । स्टार्मरले समर्थकहरूलाई सम्बोधन गर्दै सबैलाई धन्यवाद दिएका छन् । उनले जनताले देशलाई परिवर्तन गरेको उल्लेख गरेका छन् ।

सरकार बनाउन पार्टीले बहुमत हासिल गरेपछि उनले ठूलो जिम्मेवारीसहित यो म्यान्डेट आएको बताएका छन् । उनले सार्वजनिक हितका लागि आफूहरूले राजनीति गर्नुपर्ने जनाउँदै बहुमत ल्याएपछि खुसी व्यक्त गरेका छन् । उता बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले आफ्नो हार स्वीकार गरेका छन् ।

उनले लेबर पार्टीका नेता स्टार्मरलाई विजयको लागि बधाई दिएका छन् । ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरेका छन् । यसबाट धेरै कुरा सिक्न आवश्यक छ । हारको जिम्मेवारी लिन्छु,’ उनले भनेका छन् । उनले चिन्तित बनाउने खालको फैसला आएको बताउँदै धेरै कुरा सिक्न बाँकी रहेको भन्दै ‘आइ एम सरी’ भनेका छन् ।

उनले ‘यो कठिन रातमा’भन्दै रिचमण्ड र नोर्थल्लेर्टो निर्वाचन क्षेत्रका जनताप्रति कृतज्ञता व्यक्त गरेका छन् । योर्कशायरको रिचमण्ड सिटमा भने सुनकले जित कायम गरेका छन् । सिट जितेपछि उनले आफ्नो मन्तव्यमा भने, ‘चुनावमा लेबर पार्टीले जितेको छ । मैले स्टार्मरलाई उनको जितमा बधाई दिइसके ।’

सन् २०१९ को चुनावमा कन्जरभेटिभ पार्टीले ६५० सिट भएको संसदमा ३६४ सिट जित्यो र बोरिस जोनसन प्रधानमन्त्री बनेका थिए । अघिल्लो पटकको तुलनामा पार्टीले ४७ सिट बढी पाएको थियो । तर यसपटक अवस्था बिल्कुल उल्टो छ । बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ । एक्जिट पोलको भविष्यवाणी सही साबित भयो भने स्टार्मर ४१० लेबर सांसदसहित प्रधानमन्त्री बन्नेछन् ।

यो जित सन् १९९७ मा टोनी ब्लेयरको ऐतिहासिक जितभन्दा केही कम हुनेछ । विपक्षी नेता बन्नुअघि स्टार्मरले २००८ र २०१३ बीच इङल्यान्ड र वेल्समा वकिलका रूपमा काम गरेका थिए । ६१ वर्षीय स्टार्मर चार वर्षदेखि विपक्षी दलको नेता छन् र आफ्नो लेबर पार्टीलाई वाम झुकावबाट राजनीतिक रूपमा केन्द्रवादी बाटोतर्फ लैजाने श्रेय उनलाई दिइन्छ । बेलायतको यो निर्वाचनमा जम्मा ३९२ दल दर्ता भएका छन् ।

तर, मुख्य प्रतिस्पर्धा भने ऋषि सुनकको कन्जरभेटिभ र प्रमुख विपक्षी नेता स्टारमरको लेबर पार्टीबीच भएको छ । निर्वाचनअघि गरिएको सर्वेक्षणले संसदमा लेबर पार्टीले भारी बहुमत ल्याउने प्रक्षेपण गरेको थियो । यो नतिजापछि प्रधानमन्त्री ऋषि सुनकको १८ महिनाको कार्यकाल समाप्त भएको छ । बेलायतमा विगत १४ वर्षदेखि कन्जरभेटिभले शासन गर्दै आएका छन् ।

यद्यपि, यी वर्षहरू राजनीतिक र आर्थिक परिप्रेक्ष्यमा उथलपुथलले भरिएका छन् र पछिल्लो आठ वर्षमा बेलायतमा पाँच कन्जरभेटिभ प्रधानमन्त्री बनेका छन् । २०२० मा स्टार्मर लेबर पार्टीको अध्यक्षमा निर्वाचित भए । तर स्टार्मर अध्यक्ष बनेपछि पार्टीले ८५ वर्षमा सबैभन्दा नराम्रो हार बेहोरेको थियो ।

उनले तत्कालै पार्टीलाई पुनः विजयी बनाउने आफ्नो मिशन घोषणा गरे । लेबर पार्टीलाई बेलायती राजनीतिको केन्द्रमा फर्काउने र मतदातालाई फराकिलो अपील गर्ने स्टार्मरको प्रयास सफल भएको देखिन्छ । महत्वाकांक्षी स्वभाव भएका स्टार्मर उनको यहि स्वभावको कारण लोकप्रिय बनेको निक्यौल उनका आलोचकहरु गर्छन ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top