NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान सोमवार साउन ५ , २०८२
अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ? सोमवार साउन ५ , २०८२
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन् शुक्रबार साउन २ , २०८२
एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो शुक्रबार साउन २ , २०८२
Next
Prev

समाचार

यूकेमा केइर स्टार्मर प्रधानमन्त्री बन्ने, ऋषिको दलको लज्जास्पद हार

शुक्रबार असार २१ , २०८१
Reading Time: 1 min read
A A
यूकेमा केइर स्टार्मर प्रधानमन्त्री बन्ने, ऋषिको दलको लज्जास्पद हार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२१ असार,एजेन्सी ।

बेलायती चुनावमा लगातार १४ वर्षदेखि सत्तामा रहेको कन्जरभेटिभ दलले संसदीय निर्वाचनमा लज्जास्पद पराजय भोगेको छ । टोरीज् भनेर चिनिने सत्ताधारी दलले बेलायती सदनको ६५० सिटमा तीन अंकको सिट पु¥याउन नसकेर ८२ मा खुम्चिएको छ । टोरिज्ले हालसम्म १९३ सिट गुमाएको बीबीसीले उल्लेख गरेको छ ।

यस्तै प्रमुख प्रतिपक्षी लेबर पार्टीले पछिल्लो चुनाव भन्दा २२३ सिट बढाएर अहिलेसम्म ४१० सिट ल्याएको छ । अन्तिम नतिजा आउन बाँकी हुँदै लेबरको एकल बहुमत भन्दा बढि सिट जितिसकेको छ । ३२६ मा बहुमत पुग्नेमा लेबरको बहुमत बढी सिट आइसकेको छ । लेबर पार्टीको एकल बहुमत आएसँगै १४ वर्षबाट सत्तासीन भएको लेबरले सत्ता चलाउने भएको हो ।

अबको चार दिनमा बेलायती सदन संचालनको कार्यतालिका रहेको छ । लेबरको बहुमत आएसँगै लेबरका नेता केइर स्टार्मर प्रधानमन्त्री बन्ने पक्का भएको छ । स्टार्मरले समर्थकहरूलाई सम्बोधन गर्दै सबैलाई धन्यवाद दिएका छन् । उनले जनताले देशलाई परिवर्तन गरेको उल्लेख गरेका छन् ।

सरकार बनाउन पार्टीले बहुमत हासिल गरेपछि उनले ठूलो जिम्मेवारीसहित यो म्यान्डेट आएको बताएका छन् । उनले सार्वजनिक हितका लागि आफूहरूले राजनीति गर्नुपर्ने जनाउँदै बहुमत ल्याएपछि खुसी व्यक्त गरेका छन् । उता बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले आफ्नो हार स्वीकार गरेका छन् ।

उनले लेबर पार्टीका नेता स्टार्मरलाई विजयको लागि बधाई दिएका छन् । ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरेका छन् । यसबाट धेरै कुरा सिक्न आवश्यक छ । हारको जिम्मेवारी लिन्छु,’ उनले भनेका छन् । उनले चिन्तित बनाउने खालको फैसला आएको बताउँदै धेरै कुरा सिक्न बाँकी रहेको भन्दै ‘आइ एम सरी’ भनेका छन् ।

उनले ‘यो कठिन रातमा’भन्दै रिचमण्ड र नोर्थल्लेर्टो निर्वाचन क्षेत्रका जनताप्रति कृतज्ञता व्यक्त गरेका छन् । योर्कशायरको रिचमण्ड सिटमा भने सुनकले जित कायम गरेका छन् । सिट जितेपछि उनले आफ्नो मन्तव्यमा भने, ‘चुनावमा लेबर पार्टीले जितेको छ । मैले स्टार्मरलाई उनको जितमा बधाई दिइसके ।’

सन् २०१९ को चुनावमा कन्जरभेटिभ पार्टीले ६५० सिट भएको संसदमा ३६४ सिट जित्यो र बोरिस जोनसन प्रधानमन्त्री बनेका थिए । अघिल्लो पटकको तुलनामा पार्टीले ४७ सिट बढी पाएको थियो । तर यसपटक अवस्था बिल्कुल उल्टो छ । बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ । एक्जिट पोलको भविष्यवाणी सही साबित भयो भने स्टार्मर ४१० लेबर सांसदसहित प्रधानमन्त्री बन्नेछन् ।

यो जित सन् १९९७ मा टोनी ब्लेयरको ऐतिहासिक जितभन्दा केही कम हुनेछ । विपक्षी नेता बन्नुअघि स्टार्मरले २००८ र २०१३ बीच इङल्यान्ड र वेल्समा वकिलका रूपमा काम गरेका थिए । ६१ वर्षीय स्टार्मर चार वर्षदेखि विपक्षी दलको नेता छन् र आफ्नो लेबर पार्टीलाई वाम झुकावबाट राजनीतिक रूपमा केन्द्रवादी बाटोतर्फ लैजाने श्रेय उनलाई दिइन्छ । बेलायतको यो निर्वाचनमा जम्मा ३९२ दल दर्ता भएका छन् ।

तर, मुख्य प्रतिस्पर्धा भने ऋषि सुनकको कन्जरभेटिभ र प्रमुख विपक्षी नेता स्टारमरको लेबर पार्टीबीच भएको छ । निर्वाचनअघि गरिएको सर्वेक्षणले संसदमा लेबर पार्टीले भारी बहुमत ल्याउने प्रक्षेपण गरेको थियो । यो नतिजापछि प्रधानमन्त्री ऋषि सुनकको १८ महिनाको कार्यकाल समाप्त भएको छ । बेलायतमा विगत १४ वर्षदेखि कन्जरभेटिभले शासन गर्दै आएका छन् ।

यद्यपि, यी वर्षहरू राजनीतिक र आर्थिक परिप्रेक्ष्यमा उथलपुथलले भरिएका छन् र पछिल्लो आठ वर्षमा बेलायतमा पाँच कन्जरभेटिभ प्रधानमन्त्री बनेका छन् । २०२० मा स्टार्मर लेबर पार्टीको अध्यक्षमा निर्वाचित भए । तर स्टार्मर अध्यक्ष बनेपछि पार्टीले ८५ वर्षमा सबैभन्दा नराम्रो हार बेहोरेको थियो ।

उनले तत्कालै पार्टीलाई पुनः विजयी बनाउने आफ्नो मिशन घोषणा गरे । लेबर पार्टीलाई बेलायती राजनीतिको केन्द्रमा फर्काउने र मतदातालाई फराकिलो अपील गर्ने स्टार्मरको प्रयास सफल भएको देखिन्छ । महत्वाकांक्षी स्वभाव भएका स्टार्मर उनको यहि स्वभावको कारण लोकप्रिय बनेको निक्यौल उनका आलोचकहरु गर्छन ।

Tags: #ऋषिको दलको लज्जास्पद हार#बेलायती चुनाव#यूकेमा केइर स्टार्मर प्रधानमन्त्री बन्ने

लोकप्रीय

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने

सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

सोमवार साउन ५ , २०८२

विचार

थप समाचार

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति
अन्तर्राष्ट्रिय

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
ताजा समाचार

अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने

सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?
खेलकुद

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

सोमवार साउन ५ , २०८२
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्
अन्तरबार्ता

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

मङ्लबार साउन ३ , २०७९
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

सोमवार साउन ५ , २०८२
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२

हालका पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने

सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

सोमवार साउन ५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.