NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Empresário compra da Arena e Grêmio avança para gestão total do estádio शुक्रबार पुस ११ , २०८२
Osvojite 20 000.000 RSD i 200 FS शुक्रबार पुस ११ , २०८२
Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar शुक्रबार पुस ११ , २०८२
Jogos E Apostas Online Em Um Só Lugar शुक्रबार पुस ११ , २०८२
10 Daftar Link Slot Gacor Nuke Gaming Cendanabet शुक्रबार पुस ११ , २०८२
Next
Prev

समाचार

बिग्रिएको सौर्यको जहाजलाई कसले दियो उडान अनुमति ?

बुधबार साउन ९ , २०८१
Reading Time: 1 min read
A A
बिग्रिएको सौर्यको जहाजलाई कसले दियो उडान अनुमति ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ साउन , काठमाण्डौ ।

त्रिभुवन विमानस्थलबाट विमान मर्मतका लागि पोखरा उडेको १७ जना प्राविधिक कर्मचारीसहित १९ जना सवार सौर्य एयरको विमान दुर्घटनामा परेपछि विभिन्न प्रश्न उठेका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ ।

जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना ग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जहाज मर्मतका लागि पोखरा पठाइएको पुष्टि गरेका छन् । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो ।

LS Auto

विमानमा सवार सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो । अब मर्मतका लागि पोखरा गएको सो जहाजले यति धेरै यात्रुसहितको उडान अनुमति कसरी पायो ? इन्जिनकै परीक्षण गर्नुपर्ने जहाज काठमाडौंको साटो उडान भरेर पोखरा पुग्न किन अनुमति दिइएको भन्ने प्रश्न समेत उठेको छ ।

विमानका चालक क्याप्टेन मनिषरत्न शाक्य सकुशल रहेकाले विमान दुर्घटनाको कारण र उठेका विभिन्न प्रश्नहरुको जवाफ भने उनले दिन सक्नेछन् । तर यो दुर्घटनाले भने नियमनकारी निकायमाथि गम्भिर प्रश्न उठेको छ । यसैपनि लामो समयदेखि युरोपेली आकाशमा प्रतिबन्धको सामना गरिरहेको नेपाली जहाजले यो दुर्घटनाले त्यो प्रतिबन्ध खुल्ने संभावनालाई झनै टाढा धकेलिदिएको विश्लेषण गरिएको छ ।

५० सिट क्षमताको बम्बार्डियर सीआरजे २०० वाई ५० विमान छैठौं किनबेचमा नेपाल ल्याइएको खुलेको छ । यो जहाज पहिलो पटक सन् अप्रिल २००३ मा क्यानडाको बम्बार्डियर कम्पनीमा डेलिभर गरिएको थियो । यसले सौर्यको सो जहाज २१ वर्ष पूरानो रहेको देखिएको छ । त्यसपछि २००३ मे मा क्यानडाको बम्बार्डियरले अमेरिकी कम्पनी एटलान्टिक कोस्ट एयरलाइन्सलाई बेचेको थियो ।

त्यसको एक वर्षपछि अगष्ट २००४मा अमेरिकाकै इन्डिपेन्डेन्स् एयरलाई बिक्री गरिएको थियो । त्यसको ३ वर्षपछि जुन २००७मा नाइजेरियाको एरिक एयरलाई इन्डिपेन्डेन्स्ले बेचेको थियो । त्यसपछि अप्रिल २००८मा दक्षिण अफ्रिकी एसए एक्सप्रेस र २०१७मा एरोलीजलाई हस्तान्तरण गरिएको थियो । अन्तिममा नेपालको सौर्य एयरले २०१७को मार्चमा सो जहाज नेपाल भित्र्याएको थियो ।

सौर्यको दुर्घटनाग्रस्त जहाजका एकमात्रै जिवित रहेका चालक क्याप्टेन मनिषरत्न शाक्य सौर्य एयरलाइन्सका चिफ अफ अपरेसन समेत हुन् । उनले सन् २००९ बाट उडान करिअर थालेका थिए । उनले सुरुमा गुण एयरलाइन्समा काम गरे । २०२२ देखि उनले सिम्रिक एयरलाइन्समा ट्रेनिङ म्यानेजरका रुपमा र सौर्य एयरलाइन्समा चिफ अफ अपरेसनका रुपमा कार्यरत छन् ।

क्याप्टेन शाक्यले गत वर्ष मात्रै युवा अपरेसन डाइरेक्टरको अवार्ड प्राप्त गरेका थिए । ग्यालेक्सी एक्सिलेन्स अवार्डमा उनले सो विधामा अवार्ड पाएका हुन् । जहाज दुर्घटनापछि गृहमन्त्री रमेश लेखक घटनास्थल पुगेका छन् । प्राधिकरणका अनुसार सीआरजे ७ (रजिस्ट्रेसन–९एनएएमई) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो ।

दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा १८ जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ । यस्तै पाइलट मनिषरत्न शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ । विमानमा क्याप्टेन मनिषरत्न शाक्य (घाइते) र को–पाइलट सुशान्त कटुवाल रहेका थिए । सुशान्तको मृत्यु भएको छ ।

विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ । आरिफ भने यमनका विदेशी नागरिक हुन् ।

नेपालमा उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण रहेको छ । सन् १९५७ मा तत्कालिन निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत हवाई विभागको विधिवत स्थापना भएपछि सन् १९६० मा नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको सदस्यता प्राप्त गरेको देखिन्छ। सन् १९८३ मा पर्यटन मन्त्रालय स्थापना भएपछि यसै अन्तर्गत हवाई विभाग राखी सन् १९९८ डिसेम्बर ३१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणको रूपमा राखिएको थियो ।

सन् १९५७ मा तत्कालिन श्री ५ को सरकार निर्माण सञ्चार तथा यातायात मन्त्रालय अन्तर्गत हवाई विभागको स्थापना भएको थियो। गैरसैनिक हवाई उडान ऐन २०१५बाट नेपालमा हवाई यातायातको विकास एवं नियमनको व्यवस्था सस्थागत भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ अनुसार यस सस्थाको प्रमुख काम कर्तव्य र अधिकारमा प्रचलित कानुन बमोजिम इजाजत प्राप्त वायुसेवा सञ्चालन संस्थाहरूलाई वायुसेवा सञ्चालन गर्न तोकिए बमोजिम अनुमति तथा प्रमाणपत्र प्रदान गर्ने निलम्वन गर्ने वा रद्द गर्ने रहेको छ ।

यस्तै प्रचलित कानुन बमोजिम इजाजत प्राप्त वायुयान तथा वायुयानको पार्टपूर्जाहरूको उत्पादन मर्मत तथा परीक्षण सहितको विस्तृत मर्मत ओभरहल गर्ने संस्थाहरूलाई तोकिए बमोजिम अनुमति दिने तथा त्यस्तो संस्थामा काम गर्ने प्राविधिज्ञलाई तोकिए बमोजिम इजाजत कार्य क्षमताको स्तरीकरण रेटिङ्ग तथा प्रमाणपत्र दिने नवीकरण गर्ने रद्द गर्ने स्थगित गर्ने फिर्ता गर्ने तथा त्यस्तो इजाजत कार्य क्षमताको स्तरीकरण रेटिङ्ग र प्रमाणपत्र दिने सम्बन्धमा आवश्यक योग्यता तोक्ने तथा परीक्षा लिने रहेको छ ।

Tags: #कसले दियो उडान अनुमति ?#बिग्रिएको सौर्यको जहाज#सौर्यको जहाज २१ वर्ष पूरानो

लोकप्रीय

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

विचार

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

थप समाचार

Arena Total Apostas

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२
MaxBet

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२
EstrelaBet

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
Esporte Net

Jogos E Apostas Online Em Um Só Lugar

शुक्रबार पुस ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.