×

NEPAL TIMES UPDATES

Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

विमान दुर्घटनाको शोकमा देश,राष्ट्रिय झन्डा आधा झुकाइयो

१० श्रावण २०८१

१० साउन, काठमाण्डौ ।
बुधबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमै भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको थियो ।

बैठकले विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय आयोग गठन गरेको छ । आयोगको संयोजक नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा दिपुराज ज्वारचन, डा सुदिप भट्टराई सञ्जय अधिकारी र सदस्य सचिवमा मुकेश डङ्गोल रहेका छन् । यसैबीच दुर्घटनाग्रस्त विमानमा एकमात्र बाच्न सफल तर घाइते भएका क्याप्टेन मनिषरत्न शाक्य अहिले पनि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारारत छन् ।

शाक्यको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनको अनुहारमा गहिरो चोट लागेको छ । उनको सीटी स्क्यान तथा एमआरआई पनि गरिएको छ । त्यसको रिपोर्टमा उनको मस्तिष्क केही सुन्निएको देखिएको चिकित्सकहरूले जानकारी दिएका छन् ।

अस्पतालका अनुसार उनको मेरुदण्डको एल २ भाग भाँचीएको छ भने आठौँ, नवौँ र दशौँ गरी तीनवटा करङ भाँचिएको छ । अहिले उनलाई आईसीयूमा राखेर उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको छ ।

घाइते क्याप्टेनलाई भेट्न हिजै प्रधानमन्त्री केपी शर्मा ओली पनि अस्पताल पुगेका थिए । प्रधानमन्त्रीले घाइते क्याप्टेन शाक्यका परिवारसँग पनि कुराकानी गरेका थिए ।

जहाज दुर्घटनामा मृत्यु भएका अन्य १८ जनाको शवको पोष्टमार्टम जारी छ । सबैको पोष्टमार्टम गरीसकेर परिवार र आफन्तलाई शव जिम्मा लगाइने पोष्टमार्टममा संलग्न चिकित्सकले बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा बुधबारदेखि नै पोष्टमार्टम जारी छ । तर त्यहाँको जनशक्तिले मात्रै नभ्याउने भएकाले पाटन स्वास्थ्य विज्ञान र भक्तपुर अस्पतालका चिकित्सकहरुलाई समेत झिकाइएको छ ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार एउटा शव पोष्टमार्टम गर्न कम्तिमा चार घण्टा लाग्छ । त्यसैले सबै १८ वटा शव पोष्टमार्टम गरिसकेर आफन्तलाई भोलि शुक्रबारसम्म बुझाउन सकिने उनले बताए ।

त्यतिन्जेल शवलाई फ्रिजमा सुरक्षित राखिने उनले बताए । शव जलेकाले हेरेकै भरमा चिन्न गाह्रो हुन्छ । त्यसैले अत्यधिक जलेका शवको हकमा डीएनए टेष्ट पनि गर्नुपर्ने हुनसक्ने डा.चौधरीले बताए ।

हिजो त्रिभुवन विमानस्थलको डिलमै भएको यो जहाज दुर्घटनापछि गरिने उद्धार निकै ढिला गरि भएकोमा व्यापक आलोचना भइरहेको छ । दुर्घटनाको खबर नेपाल प्रहरीले ४ मिनेटपछि मात्र पाएको देखिएको छ ।

जहाजबाट जिवितै उद्धार गरिएका पाइलट मनिष शाक्यको दुर्घटनापछिको २३ मिनेटमा मात्र उद्धार भएको नेपाल प्रहरीले जनाएको छ । जहाज खसे लगत्तै फायर फाइटिङ तथा रेस्क्यु टिमले रेस्पोन्स गर्न नसकेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूबाट पुष्टि हुन्छ।

जबकी त्रिभुवन विमानस्थलसँग अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका अत्याधुनिक उपकरण र पर्याप्त जनशक्तिसमेत छन् । तर नेपालमा भएकामध्ये सबैभन्दा उत्कृष्ट यही विमानस्थलमा नै सबैभन्दा धेरै दुर्घटना भएका छन् ।

करिब डेढ महिनाअघि मात्रै पनि २८ जेठ २०८१ मा त्रिभुवन विमानस्थलमा फुल रेस्क्यु इमर्जेन्सी अभ्यास गरिएको थियोे । तर काल्पनिक अभ्यास र वास्तविक घटनापछिको उद्धारमा आकाश जमिनको फरक देखियो ।

काल्पनिक अभ्यासमा ज िसजिलै उद्धार गरिएको देखिन्थ्यो वास्तविक घटनामा त्यो विल्कुल देखिएन । हिजो भएको दुर्घटनामा उद्धारको प्रयास हेर्दा सो अभ्यास निरर्थक रहेको देखिन्छ ।

हरेक वर्ष १० देखि २० लाख रुपैयाँसम्म खर्च गरिने यस्तो अभ्यास वास्तविक दुर्घटनाका बेला जनशक्ति खरो उत्रिन र दुर्घटनामा मानवीय क्षति कम भन्दा कम गर्न सक्षम होउन भन्ने उद्देश्यले आयोजना गरिन्छ ।

तर, दोहोरिरहेका दुर्घटनाका श्रृङ्खलाले यी अभ्यासको औचित्यमाथि नै प्रश्न उठाएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top