NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो शुक्रबार कार्तिक ७ , २०८२
सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने शुक्रबार कार्तिक ७ , २०८२
ओली ग्याङको घेरा बन्दीमा एमाले शुक्रबार कार्तिक ७ , २०८२
बुडापेस्ट वार्ता भङ्ग शुक्रबार कार्तिक ७ , २०८२
Next
Prev

समाचार

ओलीले मन्त्रीलाई दिएका दुई दर्जन निर्देशनमा के–के छन् ?

मङ्लबार साउन १५ , २०८१
Reading Time: 1 min read
A A
सरकारले चुनावको भोलिपल्टै नागरिकलाई महंगीको डण्डाले हिर्कायोः केपी शर्मा ओली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१५ साउन ,काठमाण्डौ ।

दुई दिनअघि मात्रै मन्त्री र मन्त्रालयका सचिवहरुसँग मन्त्रालयगत ब्रिफिङ लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्री र सचिवहरुलाई २ दर्जनभन्दा बढी निर्देशनहरु दिएका छन् ।

मंगलबार सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले २ वर्ष आफूले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस नेतृत्वमा सरकार भन्ने स्पष्ट गर्दै विभिन्न निर्देशहरु दिएका छन् । उनले सरकारलाई ‘हनिमुन पिरियड’को समेत सुविधा नभएको भन्दै सय दिनको योजना बनाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले दिएका मुख्य निर्देशनहरु यस्ता छन्ः
१। सवारी साधन, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र लगायत सेवा लिने ठाउँमा उभिन नसक्ने ज्येष्ठ नागरिक पनि लाइन लाग्नुपर्ने स्थिति दुःखद् हो ।सरकारबाट जनता निरास हुनुपर्ने यस्तो खालको रवैया अन्त्य हुनुपर्छ ।

२। ढुक्कसँग काम गर्नुस् । यो सरकार स्थायित्वको कार्यभार लिएर आएको छ ।

३। राज्यका मन्त्रालय र निकायमा तलव दिइएकाले बैठक आदिको भत्ता लिने गर्नु उचित हुँदैन । दिनभरि काम नगर्ने र पाँच बजेपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति छ भने अब नगर्नू ।

४। हामीले नयाँ काम भन्दा पनि हाल थालिएका काम सम्पन्न गर्ने गरी लाग्नुपर्छ । काम सम्पन्न गर्नेतर्फ मुख्य ध्यान हुनुपर्छ ।

५। हामीले इन्धन आयातका लागि खर्चने अर्बौ रकम बचाउने योजनामा जानुपर्छ । जलविद्युतको विकास र उपयोगमा ध्यान दिनुपर्छ ।

६। इजरायल र मलेसियाले समुद्रको पानी प्रशोधन गरेर पिउने पानी बनाइरहेको छ । हामीले सगरमाथाको पानीलाई किन ब्राण्डिङ नगर्ने रु यसमा ध्यान दिन सक्नुपर्छ ।

७। कुनै पनि कुरामा ढिलासुस्ती नहोस् । समन्वय बढाउनुस् । प्रम्ट रेस्पोन्स गरिनुपर्छ । सेवा लिने नागरिकले कति टाढादेखि बाटो खर्च गरेर सरकारी कार्यालयमा आएको हुन्छ, उसको हुने काम विना झन्झट गरिनुपर्छ ।

८। अनावश्यक समिति र संरचना नबनाउने । कामको परिणाम देखिने गरी गर्ने ।

९। हामीले देश र जनताका लागि समर्पित भएर काम गर्ने हो । जिम्मेवारी अर्कोलाई नपन्छाउने हिसाबले काम गर्नू।

१०। कार्यसम्पादन र अधिकार प्रत्यायोजन ठिक समयमा गरेर पूर्णरुपमा काम गर्ने पद्धतिमा जानू । आदेशका भरमा भन्दा कानुनबमोजिम आफैले जिम्मा लिएर गर्नू ।

११। हामी दिगो विकासका लक्ष्य पूरा गराउनुपर्ने दायित्वमा छौं । गरिबी अन्त्य हाम्रो मुख्य निसाना हुनुपर्छ ।

१२। सम्पति शुद्धीकरणका जटिलताहरु छन् । आफ्नै सम्पत्ति बिक्री गर्दा पनि स्रोत देखाउनुपर्ने जस्ता स्थितिहरु छन् । यस्ता अन्योल र प्राविधिक पक्षहरुलाई व्यवस्थित गर्नुपर्छ ।

१३। काम गर्नका लागि बजेटको अभाव भन्ने कुरा आएको छ,जनतालाई डेलिभरी दिने विकासले हो । त्यसैले पर्याप्त पूँजीगत खर्च गरेर जानुपर्छ । सेवाग्राहीले निवेदन दिए बित्तिकै काम थाल्ने र निर्णय छिटो दिने पद्धतिमा जानुपर्छ । फाइल रोकेर राख्न मिल्दैन ।

१४। बीमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दूध र उखुको मूल्यको भुक्तानी नपाउने अवस्था राम्रो होइन । उनीहरुले ऋण लिएर लगानी गरेका हुन्छन् । यसरी कृषिको आधुनिकीरणमा पुग्न सकिँदैन ।

१५। निर्माण सम्पन्न भइसकेका कामको ठेकेदारले पैसा नपाउने तरिका हुनु हुँदैन । को सँग के हिसाब नमिलेर वा के भएर हो बनिसकेको कामको रकम निकासा रोकिनु हुँदैन ।

१६। हामी आर्थिक अनुशासनलाई पालना गरौं । रुजु हुने गरी काम गरौं । अनुदानका रकमको व्यवस्थित वितरण गरौं । व्यक्तिगतरुपमा दिइने कृषि अनुदान आदिका रकमको दुरुपयोग भएको छ, अनुगमन गरौँ ।

१७। करका दरहरु विस्तार गर्ने कुरामा उत्साहित नहोऔँ । मौद्रिक नीतिले बजारमा राम्रो उत्साह दिएको छ, यसलाई काम राखेर जानुपर्छ । बजारलाई चलायमान हुने गरी जानुपर्छ ।

१८। धरहरा बनिसकेको छ पार्किङको व्यवस्थापन नहुँदा सञ्चालनमा आएको छैन । पार्किङको शुल्क लिएर भए पनि सञ्चालन गर्नुपर्छ । ‘मै बनाउँछु मेरो धरहरा’ अभियानमा नेपाली जनताले करोडौं रकम पनि दिएका थिए । यसको पुनः निर्माणमा जनताको सहभागिता छ तर जनताले धरहरा चढ्न पाएनन् । कसरी हुन्छ छिटो सञ्चालनमा ल्याउन निर्देश गर्छु ।

१९। सरकारको कार्यकालको सय दिनसम्म पुग्दा साधारणतयताः मन्त्रीहरुले अरुको आलोचना नगर्नू । आफ्नो काम गर्नू । हरेक मन्त्रालयले सय दिनभित्र यो यो काम गरियो भन्ने देखिने खालका आकर्षक प्रतिवेदन दिने गरी मान्छेले गरे है भन्ने सोच्ने गरी लाग्नू ।

२०। प्राथमिकताप्राप्त आयोजनाहरुका काम वर्षौंसम्म नसकिने स्थिति हुन हुँदैन ।

२१। हामीले सगरमाथा संवाद गर्छौं । त्यसको तयारीमा लागौं ।

२२। मैले एक अन्तर्राष्ट्रिय पुरस्कार पाएको रकम सरकारलाई दिएर र थप बजेट विनियोजन गरेर सुरु भएको राष्ट्रिय प्रतिभा पुरस्कार किन नियमित भएन रु नियमित होस् ।

२३। हवाइ र सवारी दुर्घटनाका घटनाहरु भइरहेका छन् । हामीले राजमार्गका सडकमा लामो जरा भएका बिरुवाहरु लगाउने र नयाँ निर्माण गर्दा सुरक्षित हुने गरी डिजाइन गर्ने गर्नुपर्छ । रेल र पानीजहाज चलाउने हाम्रो योजना छ । रेलका लागि जनतको माग छ ।

२४। जनता आवास, एकीकृत विकास कार्यक्रमलाई व्यवसायसँग जोडेर सञ्चालन गर्न सक्नुपर्छ । काठमाडौंका सुकुम्बासीलाई एकान्तमा लगेर घर बनाइदिएर उनीहरुलाई बजारसँग पहुँच हुन सक्दैन ।

२५। तरकारीमा विषादिको प्रयोग गर्ने नगर्ने क्यारेन्टइनबारे तीन महिनाभित्र निर्णय दिनुपर्छ ।

Tags: #ओलीको मिसन#ओलीले मन्त्रीलाई दिएका निर्देशन#रेल पानीजहाजदेखि धरहरा र सगरमाथा

लोकप्रीय

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति

शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२

विचार

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति

शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२

थप समाचार

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो
ताजा समाचार

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?
ताजा समाचार

सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति

शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने
अन्तर्राष्ट्रिय

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ
ताजा समाचार

ओली ग्याङको घेरा बन्दीमा एमाले

शुक्रबार कार्तिक ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

World News: Russiaमा माओवादी पूर्वलडाकु कमान्डर, कोलम्बियाली राष्ट्रपति ‘लागू औषध नेता’

00:19:42

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

00:12:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२

हालका पोस्टहरू

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति

शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.