×

NEPAL TIMES UPDATES

Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026
Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026

ओलम्पिकमा नेपालको ‘हैसियत’ लजास्पद, जाम्बियाले पनि उछिन्यो

२८ श्रावण २०८१

२८ साउन, विराटनगर ।

फ्रान्सको राजधानी पेरिसमा सम्पन्न ३३औं संस्करणको पेरिस ओलम्पिक सम्पन्न भएको छ । जहाँ अमेरिका पदक विजेताका रुपमा पहिलो स्थानमा छ भने चीन दोस्रो स्थानमा समिति बनेको छ ।

नेपाल भने यसपटक पनि खाली हात स्वदेश फर्किएको छ । देश–विदेशमा हुने खेलकुदका प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापनबाहेक पनि दलबल बोकेर हिँड्ने नेपालको पुरानै चलन हो ।

सदाझैं यसपटक पनि ओलम्पिकमा नेपालको छनक यस्तै देखियो । पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीभन्दा अफिसियलको संख्या धेरै थियो । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले खेलाडीसहित २९ जना पदाधिकारीलाई आधिकारिक रूपमै ओलम्पिकमा सहभागी गराएको थियो  ।

युवा तथा खेलकुद मन्त्रालयले सात खेलाडी र पाँच प्रशिक्षकसहित १४ जनाको मात्रै खर्च राज्यले व्यहोर्ने भनिरहँदा पनि एक दर्जन पदाधिकारी पेरिस पुगेका थिए ।

खेलकुदलाई चलायमान बनाउनेगरी बजेट पनि नराख्ने, विजेता खेलाडीलाई पुरस्कार दिनै नखोज्ने तर प्रतियोगितामा नचाहिने ढर्रा देखाउने नेपाली खेलजगतको उपलब्धि शून्य छ भन्ने कुरा पेरिस ओलम्पिकले छर्लंगै देखाएको छ । किनकि, पेरिस ओलम्पिकमा सहभागी दुई सय तीन मुलुकमध्ये ८४ देशहरूले केही न केही पदक हासिल गरेका छन् ।

तर, नेपालसहित एक सय १९ देशका खेलाडीहरू पदकविहीन बन्नुपरेको छ । यतिसम्म कि, ओलम्पिकमा नेपालसँग समान प्रतिनिधित्व गरेको दक्षिण अफ्रिकी राष्ट्र जाम्बियाले पनि एउटा पदक जितेर पदकतालिमा आफूलाई उभ्याएको छ ।

सन् १९६४ मा एकसाथ ओलम्पिकमा डेब्यु गरेर समान १५औं पटक ओलम्पिकमा सहभागिता जनाएको भए पनि नेपाललाई जाम्बियाले उछिनेको हो । नेपालका सात खेलाडीले प्रतियोगितामा कुनै पनि ‘मेडल’ हात पार्न सकेनन् ।

पेरिस ओलम्पिकमा नेपालबाट पौडीका एलेक्जेन्डर शाहले एक सय मिटर फ्री–स्टाइलमा राष्ट्रिय रेकर्ड बनाए । त्यै पनि उनीसहित अरू खेलाडी पहिलो चरणबाट नै बाहिरिए । टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल, जुडोकी मनिता श्रेष्ठ प्रधान र सुटिङकी सुष्मिता नेपाल पहिलो चरणबाट बाहिरिए भने महिला म्याराथनमा सन्तोषी श्रेष्ठ ७९औं स्थानमा सीमित बनिन् ।

९२ धाविकाले प्रतिस्पर्धा गरेको महिला म्याराथन सन्तोषीले २ घण्टा ५५ मिनेट ६ सकेन्डमा पूरा गरिन् । राष्ट्रिय कीर्तिमान बनाएका एलेक्जेन्डर हिट चरणभन्दा अगाडि बढ्न सकेनन् । समग्रमा ७९ प्रतिस्पर्धीमा एलेक्जेन्डर ५९औँ स्थानमा रहे ।

छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाएका टेबुलटेनिसका स्यान्टुले लगातार तीनै खेल गुमाए । स्यान्टु तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टपछि छनोट चरण पार गरी ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी पनि हुन् ।

पहिलोपटक ओलम्पिक खेलेकी जुडोकी मनिता एक मिनेट मात्र म्याटमा टिकिन् । महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी सुटिङकी सुस्मिता उक्त विधामा ४२औं स्थानमा रहिन् । वाइल्ड कार्ड पाएर पहिलोपटक ओलम्पिकमा सहभागी भएकी उनी पहिलो चरणबाट बाहिरिन् ।

पाँच वर्षअघि जुनियर ब्याडमिन्टनतर्फ एक नम्बर स्थान बनाएका प्रिन्सको पनि पेरिस ओलम्पिक बिर्सनलायक बन्यो । प्रिन्सले आफ्नो पहिलो ओलम्पिक यात्रा सुखद बनाउन सकेनन्  ।

खेलको अघिल्लो दिन नै घाइते भएकी पौडीबाज डुवाना पुछारमा सीमित बनिन् । उनले फ्रिस्टायलको हिट चरण पार गर्न सकिनन् ।

हुन त, समर होस् वा विन्टर ओलम्पिक । यसअघिका कुनै पनि ओलम्पिकमा नेपालले पदक हासिल गर्न सकेको छैन । सन् १९८८ को सोल ओलम्पिकमा नेपालका विधान लामाले पदक जितेका थिए । तर त्यो बेला तेक्वान्दो प्रदर्शनी खेल मात्र भएकोले उनको पदकले मान्यता पाएन ।

हालसम्म १५औं पटक ओलम्पिकमा सहभागिता जनाएको नेपालको मेडल विवरण शून्य छ । ओलम्पिकमा चारपटक दौडिएका धावक, बैकुण्ठ मानन्धर, हरिबहादुर रोकायालगायत चिरपरिचित नामहरूले पनि ओलम्पिकमा ‘मेडल’ जित्न सकेका छैनन् । नयाँ खेलाडीमा पनि भरपुर तयारीको आवश्यकता देखिएको छ ।

हालसम्मको ओलम्पिकमा नेपाल पनि सहभागी छ भन्नेबाहेक उल्लेखनीय उपलब्धि हासिल गर्नबाट चुकेको छ, नेपाल । यसले के देखाउँछ भने नेपालको हैसियत ओलम्पिकमा पदक जित्नलायक होइन, सहभागिता जनाउनलायक मात्रै छ ।

खेलकुदमा बजेट बढाउन आलस्य गर्ने सरकार र प्रतियोगितालाई विदेश भ्रमण गर्ने अवसरका रूपमा देख्ने खेल पदाधिकारीका कारण नेपालको खेलक्षेत्रले अपेक्षाजनक उपलब्धि हासिल गर्न सकेको छैन ।

ओलम्पिकमा कसले कति खेल खेले भन्नेबारे यकिन तथ्यांक राख्न नसकेको ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बरु कहिलेकाँही ओलम्पिकमा सहभागी भएका विदेशी तथा नेपाली खेलाडीको ‘जमघट’ गराउने गरेको छ ।

यसै वर्षको वैशाखमा एनओसी र राखेपले संयुक्त रूपमा खेल र खेलाडीका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ ३५ लाख रुपैयाँ खर्चिएर ‘ओलम्पियन रि–युनियन’ को आयोजना गरेको थियो । तर, यसको उपलब्धि पनि शून्यप्रायः नै छ ।

भर्खरको समाचार

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

सम्बन्धित खबरहरु

Scroll to Top