NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप शनिबार भदौ १४ , २०८२
रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक शनिबार भदौ १४ , २०८२
वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत शनिबार भदौ १४ , २०८२
प्रधानमन्त्री चीन उडे,सी सहितका नेताहरु सँग भेटवार्ता गर्ने? शनिबार भदौ १४ , २०८२
अमेरिकी ट्यारिफ पछि २५ लाख भारतीय बेरोजगार बन्दै शुक्रबार भदौ १३ , २०८२
Next
Prev

समाचार

यस्ता छन् बंगलादेशको नवगठित सरकारका आठ निर्णय

सोमवार साउन २८ , २०८१
A A
यस्ता छन् बंगलादेशको नवगठित सरकारका आठ निर्णय
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ साउन, विराटनगर । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेपछि देशका शान्ति स्थापना र चुनाव गर्नका लागि गठन भएको अन्तरिम सरकारको पहिलो बैठकले विभिन्न आठ निर्णयहरू गरेको छ ।

अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको निवासमा आइतबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न आठ निर्णय गरेको हो ।

१७ सदस्यीय मन्त्रिपरिषदका १६ सदस्य मात्रै आइतबारको बैठकमा सहभागी थिए । मन्त्री नियुक्त भएपनि फारुक–ए–आजमले अहिलेसम्म शपथ लिएका छैनन् । उनी अमेरिकामा छन् । युनुसले मन्त्री नियुक्त गरेको चार दिन बितिसक्दा पनि आजमको बंगलादेश फर्किने समय निर्धारण भइसकेको छैन ।

LS Auto

बंगलादेशी समाचार संस्था द डेली स्टारका अनुसार आइतबारको बैठकले विद्यार्थी आन्दोलनमा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको छ ।

प्रदर्शनमा घाइते भएकाहरूको सूची चाँडै बनाउने र उनीहरूलाई सरकारले नै उपचार गर्ने निर्णय आइतबारको बैठकले गरेको डेली स्टारले लेखेको छ । त्यस्तै प्रदर्शनमा मारिएकाहरूका परिवारलाई पनि सरकारले सहायता दिने निर्णय गरेको छ ।

बंगलादेशमा एक महिनाभन्दा लामो समय चलेको विद्यार्थीहरूको प्रदर्शनका क्रममा ४ सय जनाभन्दा बढीले ज्यान गुमाएको र हजारौं घाइते भएका थिए ।

बैठकले सेख हसिना नेतृत्वको सरकारले करारमा गरेका नियुक्ति खारेज गर्ने निर्णय पनि गरेको छ । हसिनाले विभिन्न सरकारी निकायमा मनलाग्दी ढंगले आफ्ना कार्यकर्ताहरूलाई करारमा नियुक्ति दिएको भन्दै विरोध भएको थियो ।

ती सबै नियुक्तिहरूलाई खारेज गर्ने निर्णय भएको डेली स्टारले उल्लेख गरेको छ । त्यस्तै बंगलादेश बैंकका गभर्नर र धितोपत्र तथा विनिमय आयोगका प्रमुखको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ ।

रिक्त स्थानमा पदपूर्तिका लागि सिफारिस समिति पनि गठन गरिएको छ । उक्त समितिलाई यथाशिघ्र सिफारिस गर्न भनिएको छ । समितिले सिफारिस गरेपछि सरकारले रिक्त स्थानमा पदपूर्ति गर्नेछ ।

बैठकले देशका केही स्थानमा अल्पसंख्यक जाति तथा धर्मावलम्बीहरूमाथि भएको आक्रमणबारे पनि चिन्ता प्रकट गर्दै ध्यानाकर्षण भएको बताएको छ । अन्तरिम सरकार प्रमुखले तुरुन्त प्रतिनिधि निकाय र अन्य सम्बन्धित समूहसँग बसेर यस्ता जघन्य आक्रमणको समाधानका उपायहरू खोज्ने निर्णय भएको छ ।

त्यस्तै, युनाइटेड अबर इमिरेट्समा प्रदर्शनका क्रममा पक्राउ परेका र सजाय सुनाइएका ५७ बंगलादेशी नागरिकहरुलाई रिहा गर्नका लागि अन्तरिम सरकारले पहल थाल्ने निर्णय गरेको छ ।

बंगलादेशमा विद्यार्थीहरूको आन्दोलनमा समर्थन जनाउँदै युएईमा पनि बंगलादेशीहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना नागरिकहरूलाई रिहा गर्नका लागि आवश्यक परे अन्तरिम सरकार प्रमुख युनुसले नै संवाद गर्ने निर्णय भएको छ ।

बैठकले जुलाई १८ देखि बन्द रहेको ढाका एक्सप्रेस मेट्रो रेल सञ्चालन गर्ने निर्णय गरेको छ । काजीपारा र मिरपुरका क्षतिग्रस्त स्टेशनहरूमा भने केही दिनका लागि रेल रोकिने भएको छ ।

क्षतिग्रस्त स्टेशन मर्मत भएपछि नियमित चल्ने बताइएको छ । बंगलादेशमा विद्यार्थीहरूको देशव्यापी विरोध प्रदर्शन र नयाँ अन्तरिम सरकारले सत्ता सम्हालेपछि एक पछि अर्को गर्दै विश्वविद्यालयका उपकुलपतिहरूले राजीनामा दिइरहेका छन् ।

यसैबीच कुमिल्ला विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. एएफएम अब्दुल मोइनले पनि आइतबार राजीनामा दिएका छन् । मोइनले व्यक्तिगत कारण देखाउँदै आइतबार राजीनामा बुझाएका हुन् ।

‘व्यक्तिगत कारणले मैले आज दिउँसो यो पत्रमार्फत उपकुलपति पदबाट राजीनामा बुझाएको छु,’ विश्वविद्यालयका अध्यक्ष तथा कुलपति शाहबुद्दीनलाई पठाएको राजीनामा पत्रमा उनले लेखेका छन् ।

आफूले कुमिल्ला विश्वविद्यालयका विद्यार्थी, शिक्षक, अधिकारी, कर्मचारीलगायत सबैको सर्वांगीण विकासको कामना गर्ने पनि पत्रमा उनले भनेका छन् ।

यसअघि आइतबारै बंगलादेशको विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रोफेसर काजी साहिदुल्लाहले राजीनामा दिएका थिए । ढाका विश्वविद्यालय र शाहजलाल विज्ञान तथा प्रविधि विश्वविद्यालयसहित सात विश्वविद्यालयका उपकुलपतिले भने शनिबार राजीनामा दिएका थिए ।

उता हसिनाको राजीनामापछि बंगलादेशमा अल्पसंख्यक समूहविरुद्ध भएको हिंसाको विरोधमा शनिबार लण्डनको संसद भवनबाहिर प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले शान्ति र समानताको माग गर्दै नारा लगाएका थिए ।

प्रदर्शनमा विभिन्न मानव अधिकार संगठनका कार्यकर्ता, बंगलादेशी डायस्पोराका सदस्यलगायत सहयोगीहरूको सहभागिता रहेको थियो । ब्यापक प्रर्दशनपछि देश छाडेकी हसिना अहिले भारतको शरणमा छिन् । उनले आफूले अमेरिकाका कारण देश छाड्नु परेको भन्दै चाँडै स्वदेश फर्किने बताएकी छन् ।

लोकप्रीय

ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप

शनिबार भदौ १४ , २०८२
रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

शनिबार भदौ १४ , २०८२
वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत

वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत

शनिबार भदौ १४ , २०८२

विचार

थप समाचार

ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम
अन्तर्राष्ट्रिय

पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप

शनिबार भदौ १४ , २०८२
रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक
खेलकुद

रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

शनिबार भदौ १४ , २०८२
वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत
ताजा समाचार

वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत

शनिबार भदौ १४ , २०८२
प्रधानमन्त्री चीन उडे,सी सहितका नेताहरु सँग भेटवार्ता गर्ने?
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री चीन उडे,सी सहितका नेताहरु सँग भेटवार्ता गर्ने?

शनिबार भदौ १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

World News: रुसको कालो धान भारतले सेतो बनायो, भारतमा पैसा खन्याउदै जापान || Nepal Times

00:22:57

World News: अमेरिकामा फेरि चल्यो गो*ली, अर्जेन्टिनी राष्ट्रपतिमाथि बोतल प्र*हा || Nepal Times

00:15:55

World News: Australiaलाई इरानले जवाफ दिने, ऊर्जा र उपकरणमा China विश्वकै पहिलो || Nepal Times

00:19:22

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

रवि छुट्ने संभावना अझै बाँकी,कैफियत प्रतिवेदन झिकाउने आदेश

बुधबार भदौ ११ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२

हालका पोस्टहरू

ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप

शनिबार भदौ १४ , २०८२
रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

शनिबार भदौ १४ , २०८२
वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत

वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत

शनिबार भदौ १४ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.