×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

नेपालमा भारतीय विदेश सचिवको दौडधुप : काठमाडौंमा कस–कसलाई भेटे ?

२८ श्रावण २०८१

२८ साउन, विराटनगर । दुईदिने भ्रमणका क्रममा नेपाल आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले काठमाडौंमा प्रधानमन्त्रीदेखि राष्ट्रपति र विभिन्न मन्त्रीहरूसमक्ष भेटघाट गरेका छन् ।

आइतबार नेपाल आएका उनले हिजो दिउँसोतिर नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा ओलीले नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा दिएका छन् ।

भारतीय विदेश सचिवसँगको भेटमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिइन् ।

यस्तै आइतबारै मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवास, कांग्रेस सभापति शेरबहादुर देउवासँग बूढानीलकण्ठ र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटारमा छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरे ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल र भारत मिलेर काम गर्नुपर्ने बताएका थिए ।

राष्ट्रपति पौडेलले कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत्, व्यापार, लगानी, पर्यटन तथा मानव संसाधन विकास नेपालको प्राथमिकता रहेको पनि उल्लेख गरेका थिए । उनले नेपालमा जलविद्युत् विकास, दिगो एवम् सहज ऊर्जा व्यापारका लागि प्रशस्त सम्भावना रहेको बताएका थिए । ‘भेटमा भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौती रहेकाले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो,’ राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले भने, ‘विदेश सचिव मिस्रीले नेपाल र भारतबीचको सम्बन्ध जति सुमधुर हुन्छ, त्यति नै दुवै देशका जनताको हित हुने उल्लेख गर्दै भारतले स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको पनि प्रस्ट पार्नुभयो ।’

यस्तै सचिव मिस्रीले बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति देउवासँग शिष्टाचार भेटवार्ता गरे । उक्त अवसरमा द्विपक्षीय हित र सहकार्यलाई जोड दिने विषयमा कुराकानी भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

त्यसपछि मिस्री पूर्वप्रधानमन्त्री दाहाललाई भेट्न खुमलटार पुगेका थिए । भेटमा दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो रूपमा अघि बढाउने विषयमा कुराकानी भएको दाहालकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । उक्त अवसरमा पूर्वप्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा भारतसँग भएका समझदारी र सम्झौता कार्यान्वयनमा जोड दिएका थिए ।

अघिल्लो महिना मात्र विदेश सचिवको जिम्मेवारी सम्हालेका मिस्री परिचयात्मक भ्रमणका क्रममा नेपाल आएका हुन् । उनी परराष्ट्र सचिव लम्सालको निमन्त्रणामा दुईदिने भ्रमणका लागि आइतबार काठमाडौं ओर्लेका हुन् ।

मिस्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन् । त्यसपछि उनी सिधै लैनचौरस्थित भारतीय दूतावास पुगे । दूतावास परिसरमै उनले बिरुवा रोपे ।

त्यसपछि नेपाल भाषा परिषद्को नयाँ भवन उद्घाटन गर्न पुगे । मिश्रीले गृहमन्त्री रमेश लेखकसँग पनि भेट गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग पनि उनको भेटवार्ता भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सोमबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो ।

त्यसक्रममा उनीहरुबीच आर्थिक तथा विकास सहायता, चालू आयोजनाहरुको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । मिस्री आजै उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतसँग शिष्टाचार भेटवार्ता गरी बेलुकी नयाँदिल्ली फर्कने छन् ।

 

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top