×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बनेपछि

३२ श्रावण २०८१

३२ साउन , काठमाण्डौ ।

अर्बाै रुपैयाँ खर्च गरेर निर्माण भएका दुई अन्तराष्ट्रिय विमानस्थल वायुसेवा कम्पनीहरुको प्राथमिकतामा नपर्दा सरकारले विभिन्न सुविधासहित ती विमानस्थलमा उडान नियमित गराउने योजना अघि बढाएको छ ।

यसका लागि सरकारले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानहरुलाई हवाई इन्धनमा विशेष छुट दिने निर्णय गरेको छ। शुक्रबार बसेको निगम सञ्चालक समितिले बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमा उडान भर्ने कम्पनीलाई तोकिएको मूल्यमा प्रतिकिलोमिटर १०० डलर छुट दिने निर्णय गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्तिसचिव तथा निगम सञ्चालक समितिका अध्यक्ष मधुसूदन बुर्लाकोटीका अनुसार दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण बनाउन प्रधामनन्त्रीबाट भएको निर्देशनअनुसार दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा दिने विमानले प्रयोग गर्ने इन्धनमा सहुलियत दिने निर्णय भएको हो ।

‘यसले पोखरा र भैरहवा विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय उडान वृद्धि गर्न सघाउन पु¥याउने अपेक्षा छ,’ बुर्लाकोटीले भने, ‘हवाई इन्धनमा दिइएको छुटको लाभ अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरुले तत्कालै उठाउन पाउनेछन् ।’ यो निर्णयपछि अहिले प्रतिकिलोलिटर १ हजार ४२ डलर रहेको अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धन पोखरा र भैरहवामा ९४२ डलरमा झर्ने निगम स्रोतले जानकारी दिएको छ ।

 

त्रिभुवन विमानस्थलबाट उडान भर्नेहरुका लागि साविककै मूल्य तय छ । सरकारले बिहीबार मात्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि टिकटदेखि इन्धनसम्म सहुलियत दिने बताएको थियो ।

प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बसेको बैठकले दुईवटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलित दिन लागेको बताएको थियो ।

यसका लागि मन्त्रिपरिषदबाट एक कार्ययोजना समेत पास भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउण्ड ह्याण्डलिङ, हवाइ इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्ययोजना बनाएको बताएका थिए ।

मन्त्री पाण्डेले कार्यदलले दिएको सुझाव र एयरलाइन्सहरुले खोजेको सहुलियतका आधारमा सरकारले ग्राउण्ड ह्याण्डलिङमार्फत लिनु सेवा शुल्क आगामी २०८३ साल भदौसम्म नलिने योजना बनाएको सुनाएका थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि वैदेशिक रोजगारीमा श्रमिकलाई पठाउन आवश्यक पर्ने सबै संयन्त्र भैरहवा र पोखरा पठाउने निर्णय गरेको छ । श्रममन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा गत आइतबार बसेको सर्वपक्षीय सरोकारवालाको बैठकले यस्तो सहमति गरेको हो ।

श्रमले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहयोग पु¥याउन यी संयन्त्रहरू पठाउन लागेको हो । त्यसमा स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था, पूर्वप्रस्थान अभिमुखीकरण तालिम केन्द्र, बिमा कम्पनी, श्रम स्वीकृति जारी गर्ने श्रम कार्यालय र म्यानपावर कम्पनीहरू छन् ।

मन्त्रालयका अनुसार सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान गरिने सेवाहरू पनि उपलब्ध गराउने सहमति भएको छ । यद्यपि भैरहवा र पोखराबाट श्रम स्वीकृति जारी हुँदै आए पनि वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने अभिमुखीकरण तालिम, स्वास्थ्य परीक्षण, विमा, भिसालगायत कामका लागि भने काठमाडौं नै पुग्नुपर्नेछ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top