×

NEPAL TIMES UPDATES

Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026

क्वाँटीमा समेत विदेशकैभर,मौलिक पर्व नेपालको क्वाँटी विदेशको

३ भाद्र २०८१

३ भदौ , विराटनगर ।

 नेपालमा हरेक जातजाति, भाषभाषीका आआफ्ना चाडपर्व छन् । र ती चाडपर्वमा खाने परिकार पनि प्रायः फरक फरक हुने गरेका छन् । सेलरोटी, मालपुवा, तिलको लड्डु, क्वाँटी, यमोरी, बगिया, सेवै भन्नासाथ हामीलाई पर्वको नाम याद आउँछ । यस्तै तागाधारीहरुले आजको दिन मनाउँने एक चाड हो जनै पूर्णिमा र रक्षा बन्धन । यस्तै विशेषगरी तराईमा मनाइने राखी पर्व पनि धेरै क्षेत्रमा मनाइन थालिएको छ ।

जनै फेर्ने र रक्षा बन्धन लगाउँनेहरुले आज क्वाँटी पूर्णिमा पनि मनाउँछन् । जनै पूर्णिमा भारतमा पनि मनाइन्छ तर क्वाँटी खाने चलन भने नेपालको मौलिक परम्परा हो । हरेक वर्ष जनै पूर्णिमा एवम् रक्षा बन्धनका दिन विशेष खाने कुरामा पर्दछ, क्वाँटी । अन्य पर्वहरूका आफ्नै विशेष परिकार भएजस्तै क्वाँटी पनि रक्षाबन्धन विशेष परिकार हो ।

जुन स्वास्थ्यको हिसाबले पनि निकै उपयोगी र महत्वपूर्ण मानिन्छ । परापूर्वकालदेखि नै जनै पूर्णिमाका दिन क्वाँटी खाने प्रचलन रहेको बताइन्छ । ‘क्वाँटी’ शब्द नेपाल भाषाको ‘क्वाँति’ शब्दबाट बनेको भन्ने पनि भनाइ रहेको छ । जस अनुसार ‘क्वाँ’ को अर्थ तातो र ‘ति’ को अर्थ झोल वा सुप भएकाले यसलाई समास गरी ‘क्वाँटी’ भनिएको हो ।

यसकारण क्वाँटीको अर्थ गेडागुडीको ‘तातो सुप’ बुझ्न सकिन्छ । क्वाँटीमा ९ थरीका गेडागुडी मिश्रण गरिन्छ । यसलाई भिजाउने, टुसा उमार्ने र पकाउने विधि छ । सिमी, केराउ, चना, मटर, राजमा, बोडी, भटमास, मुंगदाल लगायत थरीथरीका गेडागुडीलाई टुसा उम्रने सफा पानीमा भिजाउने चलन छ ।

टुसा उम्रेपछि विशेष तरिकाले पकाउने गरिन्छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ । विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने र यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने बताइन्छ ।

तर नेपालको मौलिक परम्परा भएपनि पछिल्लो समय क्वाँटीका लागि आवस्यक पर्ने गेडागुडीका लागि नेपाल अन्य मुलुकहरुमा निर्भर हुनुपर्ने अवस्था छ । गत आर्थिक वर्ष २०८०÷८१ मा २१ अर्ब ४ करोड १८ लाख रुपैयाँबराबरको २ लाख १९ हजार १ सय ७७ टनको हाराहारीमा विभिन्न प्रकारका गेडागुडी र दाल नेपालमा आयात भएको छ । जनै पूर्णिमा खाइने नौ प्रकारको गेडागुडी पनि यसैभित्र पर्छन् ।

क्वाँटीमा मुख्यगरी मास, भटमास, मुंगी, ठूलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी र बोडी मिसाइन्छ । क्वाँटीमा मिसाइने कुनै पनि गेडागुडीमा नेपाल आत्मनिर्भर नभएकाले खपतको अधिकांश हिस्सा आयात नै गर्नुपर्छ । भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा १४ अर्ब ८ करोड ३८ लाख ६५ हजारको विभिन्न प्रकारको गेडागुडी र दाल नेपालमा आयात भएको थियो ।

यस्ता गेडागुडीमध्ये अधिकांश हिस्सा भने क्यानाडा, अष्ट्रेलिया र म्यानमारबाट आयात हुन्छ । यो तीन मुलुकबाहेक भारत, रुस, युक्रेन, अमेरिका, खाडी मुलुक, अर्जेन्टिना, चीन र टर्कीलगायतका मुलुकबाट पनि थोरथोरै परिमाणमा यस्ता गेडागुडी आयात हुन्छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top