×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

भारतका मसला खान अयोग्य, क्यान्सरको खतरा

५ भाद्र २०८१

४ भदौ , एजेन्सी ।

दर्शकबृन्द नमस्कार , भारतमा उत्पादन भएका १२प्रतिशत मसलामा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने कीटनाशकको मात्रा बढी रहेको परीक्षणमा पुष्टि भएको छ । मसलामा मिसाइएको त्यही कीटनाशकले क्यान्सरको जोखिम समेत बढाउने छ। भारतीय मसला विश्वभरका देशमा निर्यात हुने गरेको छ ।

विश्वभर चर्चित भएपनि भारतमा बिक्री भईरहेका १२ प्रतिशत मसला गुणस्तर तथा सुरक्षा मापदण्डअनुसार खान अयोग्य भएको प्रतिवेदन सार्वजनिक भएको छ । भारतको फूड एण्ड स्ट्याण्डर्ड अथोरिटी अफ इण्डिया(एफएसएसएआई)ले देशमा बिक्री भईरहेका मसलाहरुको कुल ४ हजार ५४ वटा नमुना परीक्षण गरेको थियो ।

जसमा ४७४ वटा मसला एफएसएसएआईको मापदण्ड अनुसार खान अयोग्य रहेको जनाइएको छ । एफएसएसएआईले मे देखि जुलाईसम्म यी मसलाको परीक्षण गरेको थियो । सिंगापुर,हङकङ तथा नेपाल जस्ता देशहरुले भारतीय मसलाको गुणस्तरमाथि प्रश्न उठाउँदै भारतीय मसलामा प्रतिबन्ध लगाएसँगै भारतीय सरकारले मसलाको परीक्षण सुरु गरेको थियो ।

एफएसएसएआईले मसलाहरुको परीक्षण गरेपनि ब्राण्ड अनुसारको जानकारी भने नरहेको र मापदण्ड परीक्षणमा असफल भएका कम्पनीहरुलाई कारवाही गरिने जनाएको छ । उता संगापुर,हङकङ तथा नेपालले प्रतिबन्ध लगाएका एमडीएच र एभरेष्ट मसलाले भने आफ्नो प्रडक्टहरु उपभोक्ताका लागि सुरक्षित भएको दाबी गरेका छन् । एमडीएच र एभरेष्टको मसला विश्वभर बिक्री हुने गर्छ ।

जियान मार्केट रिसर्चका अनुसार सन् २०२२ मा भारतको घरेलु मसला बजारको मूल्य ८७ हजार ६०८ करोड भारु थियो । आर्थिक वर्ष २०२३–२४ मा भारतबाट हुने मसला निर्यातको मूल्य ३७ हजार ४२५ करोड भारु भन्दा बढी पुग्ने अनुमान गरिएको छ । एभरेष्ट र एमडीएच ब्राण्डका मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ पाइएकाले नेपाल हंङकङ र सिंगापुरमा प्रतिबन्ध लगाइएको थियो ।

गएको जेठमा खाद्य तथा गुण नियन्त्रण विभागले नेपालमा दुइटा ब्रान्डको भारतीय मसलामा प्रतिबन्ध लगाएको थियो । भारतमा उत्पादन हुने ‘एभरेस्ट’ र ‘एमडीएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ भेटिएपछि विभागले उपभोग, बिक्री वितरण र आयातमा प्रतिबन्ध लगाएको हो । यस्तै एभरेस्ट र एमडीएच ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक एथिलिन अक्साइड भेटिएको हङकङको खाद्य सुरक्षा विभागले दाबी गरेको बीबीसीले जनाएको थियो ।

त्यहाँ यी दुवै ब्रान्डका मसला खरिद–बिक्री नगर्न भनिएको छ । यस्तै सिंगापुरमा एभरेस्ट ब्रान्डको ‘फिस करी मसला’ बजारबाट फिर्ता ल्याउन निर्देशन दिइएको थियो । हङकङको सेन्टर फर फुड सेफ्टीले एमडीएचको मद्रास करी पाउडर, साम्बर मसला मिक्स्ड पाउडर र करी पाउडर मिक्स्ड मसलामा कीटनाशक एथिलिन अक्साइड पाएको छ । साथै, उसले उक्त मसला प्रयोग नगर्न सर्वसाधारणलाई सूचित गराएको थियो ।

यी प्रडक्टहरुमा उल्लेख गरिएको कीटनाशकको मात्रा धेरै भएकाले यसले क्यान्सर हुने खतरा बढी हुने जनाइएको छ । इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर ले एथिलीन अक्साइडलाई ग्रुप १ कार्सिनोजेनको रुपमा वर्गीकरण गरेको छ । मसला उत्पादन गर्ने कम्पनीहरूले ई कोलाई र साल्मोनेला जस्ता ब्याक्टेरिया र फङ्गसहरुबाट खाद्य वस्तुहरू बिग्रनबाट जोगाउन इथाइलिन अक्साइड सहित कीटनाशकहरू प्रयोग गर्छन् ।

 

 

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top