×

NEPAL TIMES UPDATES

Playing
पेलिएको रास्वपा बन्यो लिडर, को–को बन्ने भए राष्ट्रिय पार्टी ? || Nepal Times
Mar 08, 2026
Playing
इरानभित्रै विशेष बल उतार्ने अमेरिका–इजरेलको योजना || Nepal Times
Mar 08, 2026
Playing
पूर्वप्रधानमन्त्रीहरू ओली,देउवा, माधव,बाबुराम र झलनाथ विनाको संसद || Nepal Times
Mar 08, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-24-2082 || Nepal Times
Mar 08, 2026
Playing
के अब प्रत्यक्ष कार्यकारी तर्फ जादैछ मुलुक ? दुई तिहाइ पाए के हुन्छ ? || Nepal Times
Mar 08, 2026
Playing
Iranले Chinaबाट मगायो ९ लाख ’स्पेशल हति*यार’, Trumpलाई कतारको चेतावनी || Nepal Times
Mar 08, 2026
Playing
अमरेशले जित्दा मधेसवादी ठूला नेता किन हार्न पुगे ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा एकल सरकार निर्माणको बाटोमा, दुई तिहाईतर्फ लम्कियो || Nepal Times
Mar 08, 2026
Playing
World News: Iranले उडायो Israel र अमेरिकी अड्डा, धुलो पार्ने Trumpको चेतावनी || Nepal Times
Mar 08, 2026
Playing
यसरी बन्दै छन् बालेन्द्र प्रधानमन्त्री || Nepal Times
Mar 08, 2026

दुई पेनाल्टी रोकेर गोलकिपरले गोल गर्दै फाइनल पुर्‍याउँदाको खुसी (तस्बिरहरू)

९ भाद्र २०८१

९ भदौ, विराटनगर ।

घरेलु टोली नेपाल आइतबारदेखि सुरु भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको पहिलो सेमिफाइनल खेलको टाइब्रेकरमा भुटानलाई ४-१ गोलले हराउँदै नेपाल उपाधिनजिक पुगेको हो । पेनाल्टी सुटआउटमा गोलरक्षक जियारथ शेखले भुटानका दुई बल रोके । अनि आफैं एक गोल गरेर टोलीलाई फाइनलमा पुर्‍याए ।

पहिलो सेमिफाइनलअन्तर्गत घरेलु टोली नेपाल र भुटानबीचको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको निर्धारित समय बराबरीमा सकिएको हो ।

यससँगै खेल टाइब्रेकरमा धकेलिएको थियो ।

त्यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औं मिनेटमा भुटानले गोल गर्दै नेपालविरुद्ध अग्रता बनाएको थियो । तर, खेलको ७४औं मिनेटमा गोल फर्काउँदै नेपाल बराबरीमा फर्किएको थियो ।
समूह ‘ए’ को समूह विजेताका रूपमा नेपाल र उपविजेताका रूपमा बंगलादेश सेमिफाइनलमा पुगेका थिए । अब नेपालले उपाधिका लागि भारत र बंगलादेशको जिजेता टोलीसँग खेल्ने छ ।

समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल पुगेको साविक विजेता भारतले सोमबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । अघिल्लो संस्करणमा बंगलादेशलाई पराजित गर्दै भारतले उपाधि जितेको थियो ।

समूह ‘बी’ को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेपछि नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्द्वी पाएको थियो ।नेपालले श्रीलंकालाई १–० र बंगलादेशलाई २–१ ले पराजित गर्दै ६ अंक जोडेको थियो ।

बंगलादेशले भने श्रीलंकालाई २–० ले हराउन सफल भयो । साबिक उपविजेता बंगलादेश समूह चरणमा तीन अंकमै खुम्चियो । अर्को टोली श्रीलंका भने अंकविहीन हुँदै घर फर्किसकेको छ ।

यद्यपि, समूह ‘बी’ मा भने भारत विजेता बन्यो । भारत ६ अंकसहित शीर्ष स्थानमा रह्यो । भुटान तीन अंकसहित समूह उपविजेता बन्यो ।

माल्दिभ्सले भने अंकविहीन रह्यो । भारतलाई सेमिफाइनल पुग्न बराबरीको नतिजा नै पर्याप्त थियो । तर, माल्दिभ्सलाई भने गर या मरको स्थितिमा मैदान उत्रिएको थियो । उसलाई जितको विकल्प थिएन ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top