×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026

शासकहरूमा पञ्चायती ह्याङ्ओभर जस्ताको तस्तै

१३ भाद्र २०८१

१३ भदौ ,  एजेन्सी ।
राजनीतिका दार्शनिकहरु भन्छन्, नेता नै हुन् जो राजनेता बन्छन् । अनि राजनेताहरू सत्य बोल्छन् । राजनीतिमा सत्य भनेको चाहिँ जनताको विश्वास बोल्नु हो । यसो भन्नुको मतलब राजनेतामा मन जनताको हुन्छ, मुखमात्र नेताको हुनु भन्ने हो । तर, राजनीति असत्य बोल्ने पेशाका रूपमा तीव्र रुपमा रूपान्तरित हुँदै आएको छ ।

धेरैजसो राजनीतिकर्मी झुट, व्यभिचार र सत्ता स्वार्थको लोभमा उभिएर राजनीति गरिरहेका छन्। परिणाम जनता र राज्यबीचको दूरी बढ्दै गएको छ । राजनीतिलाई पेशाका रूपमा अपनाउनाले जनताको अख्तियारी, मत र करको जथाभावी प्रयोगको यात्रा तीव्र छ। कोही सडक, कोही सत्ता, कोही सदन, कोही प्रतिपक्ष कोही पक्ष ।

Advertisement

सबै सबैले राजनीति गरिरहेका छन् । तर आफ्नै हित र अनुकुलताका लागि । जति पनि प्रश्न अहिले उठेका छन्, ती सबै सत्ता, सदनमा पक्ष र विपक्षमा आआफ्नो राजनीतिक रोटी सेक्नमात्रै उठ्ने गरेका छन् । तैपनि भन्ने गरिन्छ राजनीति सहभागिता र उत्तरदायित्वको मिश्रण हो, राजनीति जनताका लागि गरिन्छ, राजनीति विकासका लागि गरिन्छ, राजनीतिले गरिबी र असमानता हटाँउछ, राजनीतिले जनजीविकाको बाटो सहज बनाउँछ अनि अबको राजनीतिले जनताको जनताको जिवनस्तर उकास्ने गरी अवस्था परिवर्तन गर्छ ।

राजनीति गर्ने भनेर खोलिएका दर्जनौ राजनीतिक पार्टीहरू पनि प्रतिष्पर्धी हौं भनेर आ–आफ्नो अस्तित्व सहित समाजमा आफ्ना क्रियाकलाप गरिरहेका छन् । तर उनीहरुले राजनीतिक उद्धेश्य अनुरुपको काम भेट्न मुस्किल मुस्किल नै रहेको छ । राजनीतिपछि अब विषय नेताको । नेपाली परिपेक्ष्यमा अनुभव, उमेर र अभिव्यक्तिलाई नेतृत्वको मुख्य गुण मान्ने चलन अझै पनि छ ।

राम्रो भाषण गर्ने या लेख्न अनि बोल्न सक्ने अनुहारहरु राम्रो नेतृत्व नहुन सक्दछन् । त यसो भन्दा लुकेर बस्ने अनि नबोल्ने या नलेख्ने अनुहारहरु सबै असल नेतृत्व हुन भन्ने चाँही पक्कै होइन । राजनीतिक नेतृत्वको सही र गलत समग्र देशको हित र अहितले निर्धारण गर्नुपर्दछ । नेता तबमात्र नेता हुन्छ जब उसका अनुयायीले उसलाई निरपेक्ष बिश्वास गर्दछन् ।

पैसा, गाडी, खर्च चियापान लगायत अवसरका कुनै रवाफहरुको लालसा बिनापनि कुनै नेतालाई कार्यकर्ताले बिश्वास गर्दछन् भने त्यो नेता साच्चै नेता हो । के यस्ता नेताहरुलाई हामीले नेतृत्वमा पुर्याएका छौं त सोचौं । तालीको भोका भन्दा गाली सुनेर अघि बढ्न सक्ने नेतृत्व हामीले चुनेका छौं त सोचौ । ताली र गालीको प्रसंगले अहिलेको ताजा घटनालाई घोचिरहेको छ ।

नेताहरुविरुद्ध नाराबाजी गरेकै अभियोगमा तीन जनालाई सार्वजनिक शान्ति विरुद्धको मुद्दामा अनुसन्धान थालिएको छ । गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको भन्दै पक्राउ परेका तीन जनालाई सार्वजनिक शान्तिविरुद्धको मुद्दामा अनुसन्धान थालिएको हो ।

नेता र नेतृत्व देश र जनताका भविष्य हुन्। तीनको मानमर्दन पक्कै पनि अनुचित हो । गौरा पर्वजस्तो सांस्कृतिक कार्यक्रममा सहभागी विशिष्ठ व्यक्तिहरूविरुद्ध नारावाजी गर्नु पक्कै पनि शिष्ट र सभ्य व्यवहार होइन । यस्ता गतिविधीलाई  समर्थन गर्न पनि सकिँदैन । तर कसैका विरुद्ध नारा लगाएकै भरमा मुद्दा चलाउन लोकतान्त्रिक सरकारलाई सुहाउँछ त ? नाराबाजी नै गर्न नहुने विषयले चाँही पक्कै पनि प्रश्न उठेको छ । के नेपालका लोकतान्त्रिक शासकहरूमा अझै पञ्चायती ह्याङ्ओभर जस्ताको तस्तै बाँकी छ ?

Advertisement

भर्खरको समाचार

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

सम्बन्धित खबरहरु

Scroll to Top