विद्युत प्राधिकरणमा राजनीति नगर्न डा. मिनेन्द्र रिजालको सुझाव

विद्युत प्राधिकरणमा राजनीति नगर्न डा. मिनेन्द्र रिजालको सुझाव

विराटनगर,असोज ५
नेपाली कांग्रेस केन्द्रिय सदस्य डा मिनेन्द्र रिजालले राष्ट्रसेवक कर्मचारीहरुले सेवाको गुणस्तरमा वृद्धिहुनेगरी काम गर्नुपर्ने वताएका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारीसंघ आधिकारिक ट्रेड युनियन मेची कोशी क्षेत्रिय समितिद्धारा विराटनगरमा शुक्रबार आयोजित क्षेत्रिय भेला तथा रक्तदान कार्यक्रममा वोल्दै नेता रिजालले नेपाल विद्युत प्राधिकरण जस्तो सेवा दिने संस्थामा राजनिति गर्नु नहुने वताए ।

राजनिति भन्दापनि संस्थाको हितका लागी काम गर्नुपर्ने डा रिजालको भनाई थियो । विद्युत प्राधिकरणकोे उत्पादन र वितरण प्रणालीलाई प्रभावकारी वनाउनुपर्नेमा उनले जोड दिए । प्राधिकरणले विगतमा जस्तो मुनाफा दिन नसकेको भन्दै उहाले व्यवस्थापकिय क्षमता अभिवृद्धि गरी प्राधिकरणको मुनाफा वढाउने तर्फ ट्रेड युनियन लाग्नुपर्ने वताए ।

प्राधिकरणको प्रमुखको जिम्मेवारी सम्हाल्ने कुनै एक व्येक्तिको प्रयासवाट संस्था अघि वढन नसक्ने भएकाले संस्थाका विकासका लागी कर्मचारीले गरेको काम र क्षमताको उच्च मुल्याकंन आवश्यक रहेको उनले वताए । कार्यक्रममा वोल्दै नेपाली कांग्रेस केन्द्रिय सदस्य अमृत अर्यालले वर्तमान सरकारले जनमुखि काम गर्न नसकेको आरोप लगाए ।

उनले कुरा एउटा गर्ने र काम अर्को गर्ने प्रवृति त्याग्नुपर्नेमा जोड दिए । नेपाल विद्युत प्राधिकरण कर्मचारीसंघका केन्द्रिय अध्यक्ष प्रकाश भटराईले प्रधिकरणमा रहेका ज्यालादार तथा करारमा रहेका कर्मचारीले समान तलव र अवसरको व्यवस्था हुनुपर्नेमा जोड दिए  ।

विद्युत प्राधिकरण मेचि कोशीका क्षेत्रिय समितिका अध्यक्ष उद्धव भुजेलको सभापतित्वमा भएको कार्यक्रममा ट्रेड युनियन कांग्रेस एक नम्वर प्रदेश अध्यक्ष नारायण वावु कार्की , समितिका सह अध्यक्ष शंखर वाराकोटी, विद्युत प्राधिकरण क्षेत्रिय कार्यालय विराटनगर प्रमुख सचितानन्द यादव, विराटनगर शाखा प्रमुख राजु श्रेष्ठ लगायतका वक्ताहरुले कर्मचारीको हक अधिकारको वारेमा बोलेका थिए । कार्यक्रममा एक नम्वर प्रदेशका विभिन्न जिल्लाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.