×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026

आज कहाँ हुँदैछ भारी वर्षा ? २९ जिल्लाका बाढीको जोखिम

२० भाद्र २०८१

२० भदौ  ,  काठमाण्डौ ।

आज काठमाण्डौ उपत्यकासहित देशभर मौसमको आंशिकदेखि साधारणतया बदली रहेको छ । पछिल्लो २४ घण्टामा सर्लाही, काठमाडौ, खोटाङ्, मकवानपुर, कास्की, पर्वत, बाग्लुङ, दाङ, गोरखा, नुवाकोट लगायतका ठाउँमा धेरै पानी परेको छ ।

Advertisement

त्यस्तै कोशी, बाग्मती, मधेश र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन ÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । आज कोशी, बाग्मती, लुम्बिनी, कणाली प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै शुक्रबार दिउँसो देशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकि भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी , बाग्मती र कर्नाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती पनि देशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकि भू–भागका थोरे स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शनिबार दिउँसो कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बाग्मती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । शनिबार राति देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकि भू–भागका थोरे स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस दिन सिन्धुली, मकवानपुर, पर्सा, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, गुल्मी, प्युठान र रोल्पा भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।

यी जिल्लाका केही नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । यस्तै, पाँचथर, संखुवासभा, सोलुखुम्बु, उदयपुर, सिरहा, सप्तरी, रौतहट, सर्लाही, दोलखा, सिन्धुपाल्चोक, चितवन, गोरखा, लमजुङ, तनहुँ, कैलाली, कञ्चनपुर, बैतडी र डडेधुरा भई बहने केही साना नदीमा बहाव बढ्ने अनुमान छ।

आज र भोलि कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह बढ्ने सम्भावना छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि बढ्ने महाशाखाको अनुमान छ ।

यसैबीच वर्षासँगै पहिरो खस्दा हेटौँडा–काठमाण्डौ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा आज पहिरो खस्दा सडकमा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने काम भइरहेको छ । यसैबीच मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लिपुरमा रहेको राप्ती खोलाको बगरमा अलपत्र परेका चार जनालाई गएराति नेपाल प्रहरीले उद्धार गरेको छ ।

बगरमा घाँस काट्न गएका चारैजना राप्ती खोलामा आएको बाढीसँगै बगरको बीचमा अलपत्र परेका थिए । इलाका प्रहरी कार्यालय नेवारपानी, इलाका प्रहरी कार्यालय मनहरी, बाग्मती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभ¥याङ, सशस्त्र प्रहरी बल १४ नम्बर गण मकवानपुर र नेपाली सेनाको सुपारेटार ब्यारेकबाट खटिएको संयुक्त टोलीले विभिन्न उपाय अपनाएर उनीहरुलाई उद्धार गरेको हो ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top