×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

ओली–प्रचण्डःन छुट्टिन सक्ने,न सँगै बस्न सक्ने

२० भाद्र २०८१

२० भदौ ,काठमाण्डौ।

नेपाली राजनीतिका प्रभावशाली नेता मानिन्छन्, एमाले अध्यक्ष केपी शर्मा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । माओवादी शान्ति पूर्ण राजनीतिमा प्रवेश गरेयता देशको राजनीति यी दुई नेताकै वरिपरि घुमिरहेको छ । प्रचण्ड र ओलीको मिलनले नेकपाको जन्मसमेत भयो भने उनीहरूकै टकरावले एक जना सत्तामा र अर्को एक जना प्रतिपक्षीमा बसेर एकार्काविरुद्ध खरो उत्रिनुपर्ने अवस्था पनि आयो ।

२०७५ साल जेठ ३ गते पार्टी एकता गरेर एकै जहाजका दुई पाइलट बनेका ओली–प्रचण्ड समयसँगै कहिले राजनीतिक मित्र त कहिले तीव्र आलोचक बन्नुप¥यो । अहिले पुनः ओली र प्रचण्डको ‘दोस्ताना’ दुस्मनीमा बदलिएको छ भन्दा फरक नपर्ला । नेपाली कांग्रेससँग रातारात सहमति गरेर ओलीले आफूसँगको सहकार्य तोडेपछि रुष्ट बनेका प्रचण्ड अहिले प्रतिपक्षी बनेर सदनमा प्रस्तुत हुनुपरेको छ ।

तर, कांग्रेस सभापति शेरबहादुर देउवासँग आलोपालोे कार्यकाल चलाउने गरी ओली सत्तामा बसेका छन् । सत्ताबाट हट्नेबित्तिकैमौन जस्तै रहेका प्रचण्ड सरकार र खासगरी प्रधानमन्त्री ओलीप्रति निकै आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन् । विशेषगरी, प्रधानमन्त्री र एमालेले संविधानविपरीत गएर ‘जनयुद्ध’ लाई हिंसा भन्ने काम भएको भन्दै प्रचण्ड तुस पोखिरहेका छन् ।

बृहत्त शान्ति–सम्झौताविपरीत गएर ओली एन्ड ‘ओली कम्पनी’ ले अभिव्यक्ति दिइरहेको आरोप प्रचण्डको छ । नेकपा हुँदा दस्ताबेजमै जनयुद्धलाई सशस्त्र संघर्ष लेखिएको भन्दै सो कुरा बिर्सिएर जनयुद्धलाई हिंसा भन्नुमा ओलीको बदनीयत रहेको प्रचण्डको भनाइ छ । त्यसै विषयको पेरिफेरीमा रहेर प्रचण्डले संविधान संशोधनदेखि ठूला भ्रष्टाचार प्रकरणसम्म सरकारको कदमको तिखो आलोचना गरिरहेका छन् ।

दुई नेता ओली र प्रचण्डबीचको समयसँगै कहिले एकअर्काका तीव्र आलोचक त कहिले निकट राजनीतिक मित्रको सम्बन्ध देखिँदै आएको छ । कहिले एकअर्काको प्रशंसा गर्ने ओली र प्रचण्ड कहिले हानाहानमा उत्रिन खोज्छन् । एमाले र माओवादीको एकताबाट बनेको ‘नेकपा’ को अध्यक्ष र प्रधानमन्त्री दुवै हुँदा ओलीले प्रचण्डलाई साहसी नेता भन्दै उको प्रशंसा मात्रै गरेनन्, कांग्रेसको तीक्ष्ण आलोचना पनि गरेका थिए ।

त्यसबेला कांग्रेसले प्रतिक्रियावादीसँग घाँटी जोडेको आरोप लगाएका ओली अहिले उसैको बुइँ चढेर सत्ता आसीन छन् । पछिल्लोपटक डेढ महिनाअघिसम्म माओवादीसँगै सत्ता साझेदारी गरेका ओलीले कांग्रेससँग मिलेर सरकार हाँकिरहँदा प्रचण्ड–ओलीको सम्बन्धमा खस्रोपना आएको हो । हुन त सत्तामा हुँदा होस् वा प्रतिपक्षीमा रहँदा होस्, प्रायः प्रचण्डप्रति तिखो अभिव्यक्ति दिँदै आएका छन्, ओलीले ।

माओवादीको भूमिगतकालदेखि नै खरो आलोचकको रूपमा प्रस्तुत हुने ओली प्रचण्डविरुद्ध खनिन अझै छोडेका छैनन् । हालैमात्र उनीहरू एकअर्कालाई राउन्ड किक हान्नेसम्मको अभिव्यक्ति दिइरहेका छन् । बुधबार एमालेको पोलिटब्यूरो बैठक समापनका क्रममा ओलीले प्रचण्डप्रति आक्रोशित हुँदै राउन्ड किक हानेको बताएका थिए ।

ओलीले प्रचण्डबाट धोका हुन लागेको थाहा पाएरै नेपाली कांग्रेससँग सत्ता सहकार्य सुरु गरेर उनलाई राउन्ड किक हानेको अभिव्यक्ति दिए । प्रचण्डबाट अनेक नाममा धोकाको राजनीति गर्ने बताउँदै ओलीले वाम एकताका लागि उनले गरेको प्रस्ताव पनि अस्वीकार गरेको दाबी गरे । प्रधानमन्त्रीमै बसेका नेताले राउन्ड किक हानेको कुरा सुनेका प्रचण्डले त्यसको प्रतिउत्तर फर्काए । ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्,’ प्रधानमन्त्री ओलीलाई लक्ष्य गर्दै उनले जबाफ फर्काएका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top