×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

मोरङको चुनावः क्लिन स्वीप गर्ने कांग्रेस र वाम गठबन्धनको दाबी

१८ मंसिर २०७४

१८ मंसिर, बिराटनगर । मुलुककै सबैभन्दा बढी मतदाता रहेको मोरङमा चुनावको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । काठमाण्डौंपछिको सबैभन्दा बढी सिट संख्या भएको मोरङमा प्रतिनिधिसभातर्फ ६ र प्रदेशसभातर्फ १२ सिट संख्या छ ।

मोरङमा स्वतन्त्रसहित १८ दलका उम्मेदवार चुनावी मैदानमा छन् । यीमध्ये प्रतिनिधिसभा सदस्यका लागि तीन महिलासहित ६१ जना उम्मेदवार छन् । प्रदेशसभातर्फ ८ महिलासहित १०८ जना उम्मेदवार छन् ।

Advertisement

कुल मतदाता ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको मोरङमा ७५८ मतदान केन्द्र छन् ।

साना र ठूला गरी १८ दलले चुनावमा सहभागिता जनाए पनि मोरङ जिल्लामा वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनवीचमै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि यहाँ उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको पनि केही सिट जित्ने दाबी छ ।

मोरङ जिल्लामा कुन दलले कति सिट जित्ने आँकलन गरेका छन् ? यसबारे छोटो चर्चा गरौंः

कांग्रेसको दाबी- ६ सीट

प्रतिनिधिसभातर्फ कांग्रेसले मोरङका पुरै ६ वटै सिट जित्ने दाबी गरेको छ । कांग्रेस जिल्ला सभापति डिकबहादुर लिम्वुले जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा जित निकाल्न कडा मेहनत गरिएको र सोही अनुसारको मतपरिणाम कांग्रेसकोे पक्षमा आउने दाबी गरे ।

लिम्बुले भने, ‘स्थानीय तहको मत परिणामलाई हेरेर हुँदैन, अहिले मोरङका सबै क्षेत्रमा हाम्रो अवस्था निकै राम्रो छ ।’

सबै सीट जित्ने वाम गठबन्धनको दाबी

कांग्रेसले जस्तै वाम गठबन्धनले पनि मोरङबाट प्रतिनिधिसभा र प्रदेशसभाका पुरै सिट जित्ने दाबी गरेको छ । मोरङमा एमाले त्यसै पनि बलियो रहेको र यसपल्टको चुनावमा एमाले र माओवादी केन्द्रवीच गठबन्धन भएकाले सहजै जित्ने उसको दाबी छ ।

एमाले र माओवादीवीच तालमेल हुँदा मोरङका ६ निर्वाचन क्षेत्रमध्ये दुईवटा क्षेत्र माओवादीले पाएको छ । मोरङ ४ र ५ मा माओवादीका उम्मेदवार छन् भने बाँकी ४ वटामा एमालेका उम्मेदवार छन् । एमालेले प्रदेशमा गठबन्धनले ५ सिट र प्रदेशमा १२ सिट जित्ने दाबी गरेको छ । प्रदेशमा माओवादीले ६ सिट पाएको छ भने एमाले पनि ६ सिटमा उम्मेदवारी दिएको छ ।

एमाले मोरङका अध्यक्ष विनोद ढकालले विगतको चुनावमा एमाले र माओवादीले पाएको मतको विश्लेषणका आधारमा सतप्रतिशत जित बामगठबन्धनले निकाल्ने  दावी गरे ।

संघीय समाजवादी फोरमः दुई सिटमा दाबी

मोरङ ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको संघीय समाजवादीले ५ र २ नम्वर निर्वाचन क्षेत्रमा जित हासिल गर्ने दाबी गरेको छ ।

संघीय समाजवादीले दावी गरेको मोरङ निर्वाचन क्षेत्र नम्वर ५ मा प्रतिनिधिसभा सदस्यका लागि जिल्ला अध्यक्ष राजकुमार यादव उम्मेदवार छन् । त्यसैगरी २ नम्वर निर्वाचन क्षेत्रमा संघीयबाट युवराज कार्की उम्मेदवार छन् ।

पहिलो संविधानसभा चुनावमा मोरङका ९ वटा निर्वाचन क्षेत्रमध्ये मधेसी जनअधिकार फोरमले निर्वाचन क्षेत्र नम्बर ४, ५, ६ र ७ मा जित हात पारेको थियो । फोरममा आएको फुटसँगै अहिले संघीय समाजवादी फोरमको उपस्थिति कमजोर देखिएको छ । दोस्रो संविधानसभासम्म आइपुग्दा फोरमले सबै क्षेत्र गुमाउन पुग्यो ।

निर्वाचन क्षेत्र नम्वर ५ मा संघीय फोरमको उपस्थिति अन्यत्र भन्दा केही बलियो मानिन्छ । स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा पर्ने बिराटनगर महानगरपालिकाका १३ देखि १८ नम्बर वडासम्म सबै संघीय समाजवादीले जितेको थियो । त्यस्तै यसक्षेत्रमा पर्ने रंगेलीका ४ वडामध्ये २ वटामा फोरमले र दुईवटामा माओवादीले जितेका थिए ।

संघीय फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादवले क्षेत्र नम्वर ५ र २ मा आफ्नो पार्टीको पकड भएकाले दुबै निर्वाचन क्षेत्रमा जित सुनिश्चित भएको दाबी गरे । यादवले प्रदेश सभाको कुल १२ सिटमध्ये ५ सिट जित्ने दावी गरे ।

फोरमबाट ५ नम्बर प्रदेशको उम्मेदवार समेत रहेका यादव भन्छन, ‘हामीले कडा मेहनत गरेका छौं, मतदाता उत्साही देखिएका  छन्, क्षेत्र नम्वर ५ र २ मा हाम्रो जित सुनिश्चित छ ।’

मोरङ क्षेत्र नम्बर ५ मा कांग्रेसका अमृत अर्याल र माओवादीका शिवकुमार मण्डल उम्मेदवार छन् भने संघीय समाजवादी फोरमबाट जिल्ला अध्यक्ष राजकुमार उम्मेदवार छन् । यहाँ राजपाका तर्फबाट बद्रीप्रसाद मण्डलको पनि उम्मेदवारी परेको छ ।

यस क्षेत्रमा स्थानीय चुनावको मतको विश्लेषण गर्दा एमाले र माओवादीको १९ हजार, कांग्रेसको १७ हजार र फोरमको १३ हजार देखिन्छ । अन्य दलबाट फोरम उम्मदेवारले ३/४ हजार मत तान्न सके भने मोरङ ५ मा फोरमले जित्दैन भन्ने स्थिति देखिँदैन । तर, मोरङको क्षेत्र नम्बर २ मा भने फोरमको दाबी खासै पुग्न सक्ने देखिँदैन ।

Advertisement

क्षेत्र नम्बर २ मा एमालेका ऋषि पोखरेल र कांग्रेसका डा. मिनेन्द्र रिजाल उम्मेदवार छन् भने फोरमले युवराज कार्कीलाई उठाएको छ ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top