२८ भदौ, डोटी ।
डाेटीमा दूध बेच्न गएकी आठ वर्षीय बालिकालाई खोलाले बगाएको छ । डोटीको केआईसिंह गाउँपालिका-४ कार्कीगाँउकी महामति चन्दकी आठ वर्षीय छोरी निर्मला चन्द बेपत्ता भएकी हुन् ।
गाउँको बायल बजारमा दूध बेच्न जाने क्रममा बालिकालाई बन्ने खोलाले बगाएको हो । शुक्रबार बिहान ७ः४५ बजेतिर बालिकालाई खोलाले बगाएर बेपत्ता पारेको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।
बालिकाको खोजी कार्यका लागि प्रहरी नायब निरीक्षक कुलवीर बोहराको नेतृत्वमा टोली खटाइएको छ ।