३० भदौ, विराटनगर ।
नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिफर अफरअन्तर्गत ‘तिमीलाई पनि मलाई पनि’ अफर सार्वजनिक गरेको छ । अब ग्राहकले क्लासिक टेक मोबाइल एपबाट रिफर गर्दा रिफर गर्ने र रिफरमार्फत इन्टरनेटसहित आइपी टिभी जडान गर्ने दुवै जनाको हात खाली नहुने अफर ल्याएको छ ।
रिफर गर्ने र रिफरमार्फत उपभोक्ता बन्ने दुवैको एकाउन्टमा बोनस थपिनेगरी उक्त अफर ल्याइएको क्लासिक टेकले जनाएको छ ।
कम्पनीका अनुसार रिफर गर्ने ग्राहकले चार महिना इन्टरनेटसहित आइपी टिभी र रिफरमार्फत इन्टरनेट जडान गर्ने ग्राहकले दुई महिनासम्मको इन्टरनेट आइपी टिभी बोनसका साथै वाइफाई-६ भएको डुवल ब्याड राउटरसमेत निःशुल्क पाउने कम्पनीले जनाएको छ ।
नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूको लागि सार्वजानिक गरेको रिफर अफर भने १२५ एमबिपिएसदेखि ३०० एमबिपिएससम्मको एक वर्षको इन्टरनेटसहित आइपिटिभी जडान गर्दा रिफर बोनस पाउने छन् ।
१२५ एमबिपिएस जडान गर्दा प्रतिमहिना तीन सय तीन रुपैयाँ र २०० एमबिपिएस जडानमा प्रतिमहिना पाँच सय ९१ लाग्ने छ । आफ्नो आफन्त छरछिमेकलाई क्लासिक टेक मोबाइल एपबाट सजिलै रिफर गर्न सकिने कम्पनीले बताएको छ ।