आगरा,असोज ८
भारतको आगरामा जारी एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार नेपालले इन्डोनेसियाको सामना गर्दै छ । आगरा स्थित प्रिल्युड पब्लिक स्कुल स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ मा खेल सुरु हुनेछ ।
समूह ‘ए’ अन्तर्गत शनिबार भएको खेलमा थाईल्याण्डले २–० गोल अन्तरले पराजित गरेका कारण पनि इन्डोनेसिया विरुद्धको खेलमा सोमबार नेपाललाई जित्नै पर्ने दबाब छ । नेपालले सेमिफाइनल सम्म पुग्नका लागि पनि इन्डोनेसियालाई हराउनुको विकल्प छैन ।
उसले आइतबारको खेलमा अफगानिस्थानलाई १०–० गोलको भारी अन्तरले पराजित ग¥यो । यदि नेपालले आजको खेल जित्न नसके अघि बढ्नका लागि समूह ‘ए’ अन्तर्गत रहेका चीन र थाईल्याण्डलाई भारी गोल अन्तरले पराजित गर्नु पर्ने हुन्छ ।
नेपाली टिमका व्यवस्थापक रुपेश अधिकारीले समूह चरणबाट अघि बढ्नका लागि इन्डोनेसिया विरुद्ध जित निकाल्न नसके लगभग नेपालको सम्भावना सकिने बताए ।
इन्डोनेसियासंगको खेल जित्न नसके गत शनिबार अफगानिस्थानलाई ९–० गोल अन्तरले पराजित गरेको चीनलाई भारी गोल अन्तरले नेपालले हराउन सक्ने सम्भावनै रहँदैन । अधिकारीले इन्डोनेसियालाई पराजित गर्न नसकेको अवस्थामा नेपाली टोलीले आश मार्नु पर्ने अवस्था आउने बताए ।
नेपाली टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले सोमबार इन्डोनेसिया विरुद्ध जित निकाल्न टोलीले सत प्रतिशत खेल्ने बताए । प्रतियोगित अन्तर्गत समूह ‘ए’ मा थाईल्याण्ड, इन्डोनेसिया, अफगानिस्थान र चीन रहेका छन् । समूह ‘बी’मा आयोजक राष्ट्र भारत, भुटान, दक्षिण कोरिया, मलेसिया र श्रीलंका रहेका छन् ।