×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

जब बाबा सिद्दिकीमाथि कैयौँ राउन्ड गोली चल्यो…

२७ आश्विन २०८१

२७ असोज ,एजेन्सी ।

छिमेकी मुलुक भारतमा एक चर्चित नेताको गोली हानी हत्या भएको छ । अजित पवार नेतृत्वको राष्ट्रवादी कंग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको हो । सिद्दिकी आफ्ना छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण भएको हो ।

शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा सिद्दिकीमाथि कैयौँ राउन्ड गोली चलाइएको थियो । त्यसपछि उनलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको थियो । घटनाको केही समयपछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले पत्रकार सम्मेलन गरी बाबा सिद्दिकीको मृत्यु भएको पुष्टि गरेका थिए ।

मुख्यमन्त्री शिन्देले यस घटनामा दुई जनालाई पक्राउ गरिएको र एकजना फरार रहेको जानकारी दिएका छन् । पक्राउ पर्नेमा एकजना हरियाणा र अर्का उत्तर प्रदेशका व्यक्ति हुन् । बाबा सिद्दिकीको शव पोस्टमार्टमका लागि पठाइएको छ ।

उनी आफ्नो इफ्तार पार्टीका लागि पनि निकै चर्चित थिए । यता लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले पनि पूर्वसांसद एवं एनसीपी नेता बाबा सिद्दिकीको हत्यामा शोक र समवेदना व्यक्त गरेका छन् ।

राहुल गान्धीले आफ्नो एक्स ह्यान्डलमा लेखेका छन्, ‘बाबा सिद्दीकीजीको दुःखद निधन स्तब्ध पार्ने र दुःखद छ । यस कठिन समयमा उनको परिवारप्रति मेरो समवेदना छ।’ उनले अगाडि लेखेका छन्, ‘यो डरलाग्दो घटनाले महाराष्ट्रमा कानुन र व्यवस्थाको पूर्ण असफलता उजागर गर्छ ।

सरकारले जिम्मेवारी लिनुपर्छ र न्याय दिनुपर्छ।’ यस्तै कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले पनि सिद्दिकीको हत्याप्रति दुःख व्यक्त गरेका छन् । उनले ‘एक्स’मार्फत सिद्दिकीको हत्यामा प्रतिक्रिया दिँदै अपराधीलाई यथाशीघ्र कडा कारबाही गर्न माग गरेका छन् ।

मल्लिकार्जुन खड्गेले लेखेका छन्, ‘महाराष्ट्रका पूर्वमन्त्री श्री बाबा सिद्दिकीको दुःखद निधन शब्दभन्दा पर र स्तब्ध पार्ने खालको छ । दुःखको यस घडीमा म उहाँको परिवार, साथीभाइ र समर्थकहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु।’

खड्गेले अगाडि लेखेका छन्, ‘यस मामिलामा न्याय सुनिश्चित गरिनुपर्छ र वर्तमान महाराष्ट्र सरकारले पूर्ण र पारदर्शी अनुसन्धानको आदेश दिनुपर्छ। दोषीलाई जतिसक्दो चाँडो कारबाही गर्नुपर्छ।’ बाबा सिद्यिकी १६–१७ वर्षको उमेरदेखि नै कांग्रेससँग निकट रहेका थिए ।

सन् १९९२ र १९९७ मा उनी कांग्रेसको टिकटमा ‘मुम्बई सिविक बडी’का निम्ति निर्वाचित भए । सिद्दीकी १९९९ मा बान्द्रा (पश्चिम)बाट विधायक निर्वाचित भएका थिए । २००४ र २००९ मा पनि उनले कांग्रेसको टिकटमा सोही सिटबाट चुनाव जितेका थिए ।

सिद्दीकी २००४ देखि २००८ सम्म महाराष्ट्रको विलासराव देशमुख सरकारमा खाद्य आपूर्तिमन्त्री बनेका थिए । उनी सन् २०१४ देखि मुम्बई कांग्रेस कमिटीका उपाध्यक्ष थिए । सिद्दीकी सन् २०००–२००४ सम्म महाराष्ट्र हाउजिङ एन्ड एरिया डेभलपमेन्ट अथोरिटीका अध्यक्ष पनि थिए ।

२०१७ मा ईडीले मनी लाउन्ड्रिङ मुद्दामा बान्द्रामा बाबा सिद्दिकीसँग जोडिएको परिसरमा छापा मारेको थियो । त्यसपछि उनी राजनीतिक रूपमा धेरै सक्रिय भएनन् । उनका छोरा जीशान मात्र बढी सक्रिय थिए । २०१४ मा सिद्दीकी बान्द्रा पूर्वबाट भाजपासँग हारेका थिए ।

तर, २०१९ मा उनका छोरा जीशान सिद्दीकी विजयी भएका थिए । बाबा सिद्दिकीको राजनीतिमा जति प्रभाव थियो, बलिउडमा पनि उत्तिकै रहेको बताइन्छ । उनी बलिउडसँगको निकटताका कारण पनि प्रायः चर्चामा रहन्थे ।

उनी बान्द्रा पश्चिमबाट १५ वर्षसम्म विधायक रहे । उक्त क्षेत्रमा धेरै बलिउड सेलिब्रिटीहरू बस्छन् । हरेक वर्ष रमजानको महिनामा उनको इफ्तार पार्टी चर्चामा रहन्थ्यो । उनको इफ्तार पार्टीमा राजनीतिज्ञबाहेक शाहरुख खान, आमिर खान, सलमान खानदेखि सञ्जय दत्तसम्मका बलिउड सेलिब्रिटी पनि उपस्थित हुने गरेका थिए ।

शाहरुख खान र सलमान खानका बीच वर्षौँसम्म चलेको मनमुटावलाई अन्त्य गर्न बाबा सिद्दिकीले महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ । उनी कांग्रेसका वरिष्ठ नेता तथा चर्चित अभिनेता सुनील दत्तको पनि निकट थिए । सञ्जय दत्त र प्रिया दत्तसँग पनि सिद्दीकी परिवारको विश्वासपूर्ण सम्बन्ध छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top