NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ शुक्रबार भदौ ६ , २०८२
भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग शुक्रबार भदौ ६ , २०८२
पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी शुक्रबार भदौ ६ , २०८२
ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै शुक्रबार भदौ ६ , २०८२
Next
Prev

समाचार

१० खेलाडीमा सीमित फ्रान्सले बेल्जियमलाई उसैको घरमा हरायो

मङ्लबार अशोज २९ , २०८१
Reading Time: 1 min read
A A
१० खेलाडीमा सीमित फ्रान्सले बेल्जियमलाई उसैको घरमा हरायो

Soccer Football - UEFA Nations League - Group A2 - Belgium v France - King Baudouin Stadium, Brussels, Belgium - October 14, 2024 France's Randal Kolo Muani in action with Belgium's Arthur Theate REUTERS/Yves Herman

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२९ असोज, एजेन्सी ।

युरोपियन नेसन्स लिगअन्तर्गत सोमबार राति भएको खेलहरूमा युरोपका शक्तिशाली मानिने इटाली, जर्मनी तथा फ्रान्सले जित निकालेका छन् ।सन् २०१८ को विश्वविजेता फ्रान्सले युईएफए नेसन्स लिगमा सोमबार बेल्जियममाथि रोमाञ्चक जित निकालेको छ ।

रान्डल कोलो मुनिको दुई गोलको मद्दतले फ्रान्सले बेल्जियममाथि २–१ गोलको जित निकालेको हो ।कुनै बेलाको फिफा वरीयतामा शीर्ष स्थान कब्जा गरेको बेल्जियमलाई उसैको मैदानमा हराउनफ्रान्सका कोलो मुनिले दुई गोल गर्दा बेल्जियमका लागि लेस ओपेन्डाले एक गोल गरे ।

LS Auto

खेलको अन्तिम १४ मिनेट फ्रान्सले १० खेलाडीमा सीमित रहेर खेलेको थियो । अरेलिन चोमेनी दोस्रो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे । त्यसअघि खेलको ३५औं मिनेटमा पेनाल्टीमा गोल गर्दै कोलो मुनिले फ्रान्सलाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा ओपेन्डाले बराबरी गोल गरे ।

निर्णायक गोल भने ६२ औं मिनेटमा सम्भव भएको थियो । जितसँगै लिग ए ग्रुप टुको दोस्रो स्थानमा रहेको फ्रान्सले चार खेलमा ९ अंक जोडेको छ । बेल्जियम चार अंकसहित तेस्रो स्थानमा छ ।गए राति नै भएको अर्को खेलमा इटालीले इजरायललाई सजिलै ४–१ ले पराजित ग¥यो ।

इटालीको मैदानमाभएको खेलमा ४–१ गोलान्तरको जित निकाल्दा घरेलु टोलीका लागि जियोभानी डी लोरेन्जोले दुई गोल गरे भने माटेयो रेटेगुई र डेभिडे फ्राटेसीले १–१ गोल गरे । इजरायलका लागि मोहम्मद अबु फानीले एक मात्र सान्त्वना गोल गरे ।

यसै खेलबाट इटालीका लागि मान्दिनी परिवारको तेस्रो पुस्ताले डेब्यू गरे । उनको डेब्यू खेलमा इटालीका लागि १२६ खेल खेलेका पिता पाओली र १४ खेल खेलेका हजुरबुवा सिजेर पनि दर्शकका रूपमा उपस्थित थिए। २३ वर्षीय मिडफिल्डर उनका पिता र हजुरबुबा जस्तै मिलानका लागि खेल्छन् ।

खेल सकिन १६ मिनेट बाँकी छँदा उनी जियाकोमो रास्पाडोरीको स्थानमा मैदान प्रवेश गरेका थिए । इटालीको राष्ट्रिय टोलीका लागि हजुरबुवा, बुवा र छोराले खेलेको यो पहिलो अवसर हो ।लिगको समूह ए–२ मा इटाली ४ खेलबाट १० अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ ।

इजरायल भने हालसम्म अंकविहीन रहेको छ । यता, गए राति नै भएको अर्को खेलमा जर्मनीले नेदरल्यान्ड्सलाई १–० गोलले हरायो । घरेलु मैदानमा भएको खेलको ६४औं मिनेटमा जेमी लवलिङले गरेको गोल नै जर्मनीलाई जितमा निर्णायक बन्यो ।

गएराति नै भएका अन्य खेलहरूमा टर्किले आइसल्याण्डलाई ४–२ ले हराउँदा स्विडेनले स्टोनियालाई ३–० ले पराजित गर्न सफल बन्यो ।वेल्सले मोन्टिनिग्रोलाई १–० ले हरायो भने बोस्नियालाई हङ्गेरीले २–० ले हराउँदा युक्रेन र चेक रिपब्लिक १–१ को बराबरीमा रोकिए ।

नेसन्स लिगअन्तर्ग भोलि पोर्चुुगल र स्कटल्यान्डले खेल्ने तालिका छ भने स्पेनले सर्बियासँग खेल्दा क्रोएसियाले पोल्यान्डको सामना गर्ने छ । चौथो संस्करणको नेसन्स लिगमा युरोपका ५४ राष्ट्रहरूको सहभागिता छ ।

सन् २०१८–१९ मा पोर्चुगलमा आयोजित पहिलो संस्करणको नेसन्स लिगको उपाधि घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई हराउँदै जितेको थियो । सन् २०२०–२१ को युइएफए नेसन्स लिगको विजेता फ्रान्स हो ।

इटालीमा आयोजित उक्त संस्करणमा उसले त्यसबेला स्पेनलाई हराउँदै उपाधि उचालेको थियो ।नेदरल्यान्ड्समा भएको अघिल्लो संस्करणमा क्रोएसियामाथि पेनाल्टीमा जित निकाल्दै स्पेन नेसन्स लिगको उपाधि जितेको थियो ।

Tags: #युरोपियन नेसन्स लिग

लोकप्रीय

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

विचार

थप समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ
ताजा समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?
अन्तर्राष्ट्रिय

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग
अपराध

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प
अन्तर्राष्ट्रिय

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

अब छुट्दै छन् बिपिन,बन्धक रिहा गर्न हमास सहमत

मङ्लबार भदौ ३ , २०८२

हालका पोस्टहरू

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.