×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

रविविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुशन्धान,रविका लागि सोविता लड्दै

९ कार्तिक २०८१

९ कार्तिक , काठमाण्डौ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौँमा आन्दोलन गर्ने भएको छ । पार्टी सभापति लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत सात दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएकोमा आजदेखि भने काठमाडौँमा प्रदर्शन गरिने प्रदेश सभापति राजन गौतमले जानकारी दिए ।

आज दिउँसो १ बजे काठमाडौंस्थित माइतीघरमा प्रदर्शन गर्न लागिएको हो । पोखरामा रास्वपाले प्रदर्शन गरेपनि जनस्तरबाट समर्थन नदेखिएको टिप्पणी हुँदै आएको थियो । हिजो मात्रै लामिछानेलाई थप ७ दिन हिरासत राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

रविलाई म्याद थप भएपछि रास्वपा कार्यकर्ता आक्रोशित भएका छन् । रवि पक्राउदेखि निरन्तर आन्दोलित उनीहरू निषेधित क्षेत्र प्रवेश गर्नेक्रममा हिजो पोखरामा प्रहरीले बल प्रयोग गरेको थियो । सोक्रममा २ सेल अश्रुग्यास हानिएको थियो ।

रविलाई अदालत लगिँदा कार्यकर्ताले निषेधित क्षेत्र बाहिर बसेर प्रदर्शन गरिरहेका थिए । तर, म्याद थपको सूचनालगत्तै प्रदर्शनकारी आक्रोशित भए । उनीहरू निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

लामिछानेले आफूमाथि राज्यपक्षले ज्यादतिपूर्ण व्यवहार गरेको गुनासो गरेका छन् । आज म्याद थपका लागि अदालत प्रस्तुत गरिँदा न्यायाधिससामु उनले सो गुनासो गरेका हुन्। उनले ‘माथि’ को निर्देशनमा प्रहरीले आफूलाई राम्रो व्यवहार नगरेको र मानसिक यातना दिएको दाबी गरेका थिए ।

रविका वकिल वरिष्ठ अधिवक्ता नारायण घिमिरेले सुरूमा रविले केही बोल्न चाहेको बताएका थिए । त्यसपश्चात प्रहरी उपरीक्षकले प्रश्न गरे, ‘तपाईँले कुन कागजमा हस्ताक्षर गर्नुभएको छ ?’ प्रहरीको यस्तो प्रश्नले रवि उत्तेजित बनेका थिए । उनले भने, ‘ममाथि तपाईंहरूबाट अन्यायपूर्ण व्यवहार भएको छ ।

राजनीतिक प्रतिशोध साँध्न खोजियो । मलाई हिरासतभित्र मानसिकरूपमा ह्यारेसमेन्ट गर्न खोजिएको छ । मैले सबैतिर बयान दिएको छु । सबै परीक्षामा पास भएको छु । मेरो कतै पनि सहभागिता नरहेको प्रष्ट भइसकेको छ । तर, राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो ।’

रविले आफ्नो स्वर चर्को हुन गएको र यो आक्रोशको अभिव्यक्ति भएको बताएका थिए ।उनले आफूलाई न्यायालयप्रति विश्वास रहेको समेत उल्लेख गरेका छन् । अदालतले रविलाई थप ७ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

तर लामिछानेलाई थप २५ दिन थुनामा राख्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । रविका वकिलहरुले थुनामा राखिरहनु नपर्ने वहस गरेका थिए । सहकारी ठगीमा रविको कुनै संलग्नता नरहेको प्रष्ट भइसकेकाले म्याद थप्नु नहुनेमा जोड दिएका थिए ।

सहकारी ठगीबारे छानविन गर्न बनेको संसदीय समितिले पनि रविको संलग्नता औंल्याउन नसकेको उनीहरुले बताएका थिए । जिल्ला अदालतमा ४ घन्टा लामो बहस भएको थियो । रविका तर्फबाट ६ जना वकिलहरुले बहसमा भाग लिए ।

रास्वपा सांसद समेत रहेकी अधिवक्ता सोबिता गौतमले रविको पक्षबाट बहस गरेकी थिइन् । सोविता पूर्वपत्रकार तथा अधिवक्ता समेत हुन् । यस्तै अन्य वकिलहरुमा वरिष्ठ अधिवक्ता नारायण घिमिरे, वरिष्ठ अधिवक्ता हरिप्रसाद सुबेदी, अधिवक्ता पदमराज शर्मा, अविक्ता मधुकुमार चौंलागाईं र अधिवक्ता डा.नारायण कँडेल रहेका छन्।

जाहेरीकर्ताको तर्फबाट अधिवक्ता युवराज पराजुली र अधिवक्ता कृष्णप्रसाद जैसीले बहस गरे । यसैगरी तीनजना सरकारी वकिलले बहस गरेका थिए । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत शुक्रबार प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।

लगत्तै रास्वपाले पूर्वाग्रही ढंगले सभापतिलाई पक्राउ गरिएको भन्दै विरोध गर्दै आएको छ । यसैबीच लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ ।

सङ्गठित अपराध, ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न अदालतबाट थप ७ दिनको म्याद लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी (डीएसपी) वसन्त शर्माले बताएका छन् ।

प्रहरीले पूर्वडीआइजी छविलाल बन्जाडे (जोशी) र लीला पछाई विरुद्ध पनि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्ने भएको छ । तिनै जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलले अनुमति दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरूलाई थप २५ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । प्रहरीले आरोपीहरूको सम्पत्तिको स्रोतबारे पनि अनुसन्धान गर्नेछ । पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए ।

पूर्वडीआईजी छविलाल जोशी असोज ६ मा र पछाई असोज १५ मा पक्राउ परेकी थिइन् । लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले पहिलो पटक ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका थिए ।

उनीहरु विरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ । जीवी राई, पूर्व डीआईजी छविलाल जोशी र लामिछाने मिलेर गोर्खा मिडिया नेटवर्कमार्फत टेलिभिजन सञ्चालन गरेका थिए ।

गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका निर्देशक थिए ।

गोर्खा मिडियामा आएको रकम लामिछानेले खर्च गरेका हुन् । यही अभियोगमा उनलाई समितिले कारबाहीको सिफारिस गरेको छ । छविलाल जोशी र लीला पछाईको बयान पुरा भएको छ ।

लामिछानेको बयान लिने काम प्रक्रियामा रहेको कास्कीका एसपी श्यामबाबु ओलियाले बताएका छन् । तर रवि र रास्वपाले भने प्रहरीले हिरासत बसाइ लम्ब्याउन ६ दिनमा ३ वटा मात्रै प्रश्न सोधिएको भन्दै यसलाई राजनीतिक प्रतिशोधका रुपमा ब्याख्या गरेका छन् ।

हिसारसतमा भेट्न पुगेकाहरुलाई रविले यस्तो गुनासो गरेका छन् भने रास्वपा उपसभापति स्वर्णिम वाग्लेले त पत्रकार सम्मेलन गरेर नै प्रतिशोध साँधेको पुष्टि भइसकेको बताएका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top