NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता आइतवार भदौ ८ , २०८२
नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो आइतवार भदौ ८ , २०८२
सडकमा सुटकेसभित्र शव,कसले राख्यो ?माइतमै बस्थिन महिला आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

‘सरकारले एसपीपी सम्झौता गर्नसक्छ’

आइतवार कार्तिक २५ , २०८१
Reading Time: 2 mins read
A A
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२५ कार्तिक , काठमाण्डौ।

२०७८ फागुन १६ गते आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘हिजो एमसीसी पास भएपछि म निकै खुसी छु । देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।’

नेपालको संसदबाट ब्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना एमसीसी पास भएपछि भोलीपल्ट प्रचण्डले दिएको बयान हो यो।सो बेला उनले तत्कालीन नेकपाको कार्यदलले यथास्थितिमा अनुमोदन नगर्न सुझाव दिएपछि आफूले संकल्प प्रस्ताव पास गरेर अनुमोदन गर्ने विकल्प अघि सारेको तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तयार नभएको पनि दाबी गरेका थिए ।

अहिले फेरि ओली नेतृत्वको सरकारमाथि प्रचण्डले अर्को आरोप लगाएका छन्, वर्तमान सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) सम्झौता गर्न तयारी गरेको भनेर। तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारसंग कुममा कुम जोडेर अमेरिकी सहयोग परियोजना एमसीसीलाई संसदबाट अनुमोदन गर्न अहम भूमिका निभएका प्रचण्डले अहिले एसपीपी सम्झौताको भने विरोध गरेका छन् ।

साथै यो सम्झैता गर्न केपी ओली नेतृत्वको सरकारले तयारी गरेको भन्दै आशंका समेत गरेका छन्् । विगतमा केपी शर्मा ओलीले सैद्धान्तिक सहमतिसमेत दिइसकेको भन्दै प्रचण्डले अब सम्झौता गर्न सक्ने आशंका गरे ।

आज बिहान मकवानपुरको हेटौंडामा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘एमसीसीभन्दा अझ गम्भिर प्रकृतिको अर्को चिज छ । एसपीपी भनिन्छ त्यसलाई । त्यो एसपीपीलाई पनि अहिलेका प्रधानमन्त्रीजीले अघिल्लोपटक नै सैद्धान्तिक सहमति दिइसकेको कुरा अमेरिकन मिडियाहरुमा आइसकेको छ र अमेरिकन सरकारले त्यसलाई आधिकारिक रुपले भनी पनि सकेको छ ।

यो गम्भिर चिन्ताको विषय छ ।’उनले थपे, ‘त्यसकारण यो सरकार नेपालको राष्ट्रिय स्वाधिनताको सौदाबाजी गर्ने, आफ्नो कुर्सि बचाउनको निम्ति राष्ट्रप्रति घात गर्नेतिर अगाडि बढ्ने त होइन ? सैद्धान्तिक सहमति आफैं पनि गम्भिर विषय हो । त्यसमा अब सम्झौतै गर्नेतिर जाने हो कि भन्ने स्थिति छ ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले यस्ता विषयहरुमा जनतालाई सुसूचित गराउने, सतर्क गराउन आवश्यकता रहेको समेत बताए । २०७९ असार २ गते पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओली नेतृत्वको तत्कालीन सरकारले नै एसपीपी सम्झौता गरेको आरोप लगाएका थिए भने तत्कालीन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्यसलाई प्रमाणित गर्न प्रचण्डलाई चुनौती दिएका थिए।

तर एसपीपीमा सहभागिताका लागि सरकारका तर्फबाट नेपाली सेनाले सन् २०१५ मा पत्र पठाएको थियो । त्यसपछि सन् २०१७ मा पनि अर्को फलोअप स्वरुप सोही व्यहोराको पत्र नेपाली सेनाले पठाएको थियो ।

त्यतिबेला यसबारे विवाद भएपछि नेपाली सेनाले २०७२ को भूकम्पका बेला क्षमता अभिवृद्धिका लागि मात्र अमेरिकी सेनाबाट सहयोग मात्र मागेको स्पष्ट पारेको थियो । तत्कालीन सैनिक प्रवक्ता नारायण सिलवालले भनेका थिए, ‘त्यतिबेला नेपाल महाभूकम्पबाट आक्रान्त थियो, उद्दार र राहतका लागि विभिन्न देशबाट सेना पनि आएका थिए ।

त्यतिबेला बाहिर देशको सेनाका सदस्यले नेपालमा वीरगति पनि प्राप्त गरेका थिए । त्यो सन्दर्भमा विपद्का बेला नेपाली सेना नै अन्तिम स्रोत रहेछ भन्ने भान भयो र क्षमता अभिवृद्धिका लागि सहयोग मागेका थियौं ।’

यस्तै प्रचण्डले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति असाधारण ढंगको भएकाले शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै गइरहेको बताए । नेपालको राष्ट्रिय स्वाधीनताको प्रश्न पहिलेभन्दा अहिले अझ बढी पेचिलो र अझ बढी संवेदनशील बन्दै गएको उनको भनाइ छ ।

उनले भने, ‘हाम्रो राष्ट्रिय अवस्था या हाम्रो भौगोलिक अवस्था, जसलाई हामी भूराजनीतिको अवस्था भन्छौं । त्यो कारणले ती शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै नै गइरहेको छ ।’ अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमन, इजरायल–हमास युद्ध, रुस–युक्रेन युद्ध लगायतका कारण विश्व नै प्रभावित भइरहेका बेला नेपाल पनि अछुतो नभएको उनको भनाइ छ।

उनले भने, ‘हामी भारत र चीन जस्ता ठूला छिमेकीको बीचमा हुनुको नाताले अन्तर्राष्ट्रिय रुपमा घटेका घटनाक्रमहरुको असर नेपाललाई परिराख्या छ । त्यसकारण नेपालको राष्ट्रिय स्वाधिनतालाई रक्षा गर्ने, सुदृढ गर्ने कुरा, राष्ट्रिय एकतालाई बलियो बनाउने कुरा अहिले अझ बढी चुनौतीपूर्ण बन्दै गएको छ ।’

‘मैले यो कुरा ब्याख्या नगरी भन्दा अहिले सरकार जुन धरातलमा, जुन उद्देश्यको साथ बनेको छ, त्यसको पछाडि जस्ता शक्तिहरू सक्रिय देखिएका छन् त्यो सबैले नेपालको राष्ट्रिय स्वाधिनताको प्रश्न पनि पहिलेभन्दा अहिले अझ बढी पेचिलो, अझ बढी संवेदनशील बन्दै गएको छ,’ प्रचण्डले थपे ।

विश्वको परिस्थितिलाई हेरेर एकथरी बुद्धिजीवीहरुले तेस्रो विश्वयुद्धको सम्भावना औंल्याएको बताउँदै प्रचण्डले भने, ‘अन्तर्राष्ट्रिय स्थिति सहज ढंगले अगाडि बढेको छैन । कतिबेला कहाँ कसरी विष्फोट हुने हो कि भन्याजस्तो छ र एकखालले त भइसक्या पनि छ ।’

यस्तै उनले सरकारले बिचौलियाको काम गरिरहेको आरोप पनि दोहोर्याए । सरकारको १०० दिनको कामले यसको पुष्टि गरेको दाबी उनको थियो । उनले सरकारको काम गराइले जनतामा आक्रोस बढेको पनि बताए ।

‘सरकार संविधान संशोधन गरेर जनताले प्राप्त गरेका उपलब्धी उल्टाउने षड्यन्त्रमा लागेको छ,’ प्रचण्डले भने, ‘भ्रष्टाचार नियन्त्रणको लागि चुनावी प्रणालीमा सुधार आवश्यक छ । सांसद हुनुका लागि निकै ठूलो धनराशी खर्च गर्नुपर्ने, सांसद भएपछि मन्त्री बन्नैपर्ने र खर्च उठाउनैपर्ने मान्यताका कारण सुशासन कायम हुन सकेको छैन।’

संघीयता, समावेशिताको वास्तविक कार्यन्वयनका लागि संविधानको रक्षा गर्नुपर्नेमा उनले जोड दिए ।

Tags: #ओली सरकार#ओलीमाथि प्रचण्डलाई शंका

लोकप्रीय

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२

विचार

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२

थप समाचार

विपिनको परिवारलाई १० लाख सहयोग
ताजा समाचार

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल
अन्तर्राष्ट्रिय

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो
आर्थिक

नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो

आइतवार भदौ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.