NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ? बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने बिहिबार मंसिर ११ , २०८२
सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा बिहिबार मंसिर ११ , २०८२
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘ बिहिबार मंसिर ११ , २०८२
मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा बिहिबार मंसिर ११ , २०८२
Next
Prev

समाचार

वेस्ट इन्डिजका राइफर पोखरामा अनुबन्ध, एनपिएलको स्वामित्व क्यानको

सोमवार कार्तिक २६ , २०८१
Reading Time: 1 min read
A A
वेस्ट इन्डिजका राइफर पोखरामा अनुबन्ध, एनपिएलको स्वामित्व क्यानको
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२६ कार्तिक, काठमाण्डौ।

पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा राइफरलाई भित्र्याएको हो ।

नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका ३१ वर्षीय राइफर अलराउन्डर हुन् । उनले टी–२०मा ९३ म्याच खेलेका छन् । जसमा ११२४ रन बनाउँदै ६६ विकेट लिएका छन् ।

राइफरलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन् । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेटिएकाले टिम बलियो बनेको र प्रदर्शन पनि उच्च हुने विश्वाल लिएको बताए ।

एनपीएलकै सबैभन्दा महँगो टिम पोखरामा नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की खेलाडीका रूपमा छन् । त्यस्तै टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भएका छन् ।

त्यस्तै आइपीएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ । एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

यसअघि एनपीएल रोक्न अन्तरिम आदेश माग गर्दै अदालतमा रिट परेपछि प्रतियोगिता आयोजना हुने नहुनेमा दुविधा थियो । तर हिजोमात्रै क्यानलाई एनपिएल आयोजनाका लागि कानूनी बाटो खुलेको छ ।

एनपिएल रोकी पाउ भनि आमिर अख्तरले दायर गरेको मुद्दामा आइतवार सुनुवाई गर्दै सर्वोच्च अदालतले कारण देखाउ र अन्तरिम आदेश दिन नपर्ने भनेपछि एनपिएल आयोजनाका लागि बाटो खुलेको हो ।

एनपीएलमा आफ्नो अधिकार दाबी गर्दै अख्तरले कात्तिक २३ गरे रिट दायर गरेका थिए । आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी क्यानसँग लिखित जवाफ माग गरेको छ ।

जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपिएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन । अदालत जानुअघि एनपिएल नाममा आफ्नो दाबी गर्दै अख्तरले गत महिना क्यानलाई सहमति गर्न ७ दिनको अल्टिमेटम दिएका थिए ।

तर अब अख्तरले आफू अदालतको आदेशको सम्मान गर्ने बताएका छन् । ‘मलाई अन्याय भयो भनेर अदालत गएको हु । निर्णय मेरो पक्ष वा विपक्ष जस्तो आएपनि म त्यसको सम्मान गर्छु। यसमा म दुःखी छैन,’ अख्तरले भने ।

एनपिएलका सहभागी ८ टोलीले खेलाडी अनुबन्ध गर्नेलगायत अन्य तयारी अघि बढाइरहेका छन् । यसअघि असोज २९मा एनपिएललाई लिएर पूर्व क्रिकेटर तथा व्यवसायी अख्तरले नेपाल क्रिकेट संघ क्यानलाई चेतावनी दिएका थिए ।

नेपाल प्रिमियर लिग एनपिएल कम्पनीको रुपमा आफ्नो नाममा दर्ता रहेको र सो सम्बन्धि सम्पूर्ण अधिकार आफ्नो हुने दाबी गर्दै आमिरले क्यानलाई आफ्नो सहमति बिना फ्रेन्चाईज प्रतियोगिता अघि नबढाउन चेतावनी दिएका थिए ।

नेपाल प्रिमियर लिग एनपिएलको पहिलो संस्करण सन् २०१४ मा धनगढीमा सफलतापूर्वक सञ्चालन गरेको जानकारी गराउँदै उनले कम्पनी ऐन अनुसार क्यानले एनपिएल आफुसँग खोस्ने काम गरेको आरा्प लगाएका थिए ।

उनले एनपिएल आफ्नो स्वामित्व भएको अधिकार प्राप्त कम्पनी भएको र सोलाई नजरअन्दाज गर्दै क्यानले एनपिएल घोषणा गर्नु कानुन विपरित रहेको दाबी गरेका थिए । उनले एनपिएल भव्यतापूर्वक गर्नुपर्ने तर त्यसका लागि एनपीएलको सञ्चालकको रुपमा आफु र क्यानबीच आपसी सहमती तथा सम्झौता हुनुपर्ने सर्त अघि सारेका थिए ।

आमिरले आपसी सहमती र सम्झौता अनुसार एनपीएल क्यानमा नामसारी गरिदिने तर सहमति नभएको खण्डमा अदालत जाने चेतावनी दिएका छन् । तर यो प्रस्ताव क्यानल् अस्वीकार गरेपछि उनी अदालत गएका थिए ।

आमिरले नेपाल प्रिमियर लिगको नाममा सन् २०१४ मा फ्रेन्चाईज क्रिकेट आयोजना गरेका थिए । त्यसपछि एनपीएलको नाममा विवाद आएपछि एभरेस्ट प्रिमियर लिग ईपीएलको नामबाट उनले अन्तराष्ट्रिय स्तरको फ्रेन्चाईज क्रिकेट सञ्चालन गर्दै आएका थिए ।

क्यानले सबै अन्तराष्ट्रिय स्तरका फ्रेन्चाईज प्रतियोगिताको अनुमती खारेज गर्दै नेपाल प्रिमियर लिगको नामबाट आफ्नो आधिकारिक फ्रेन्चाईज प्रतियोगिता घोषणा गरेको छ । सोही अनुसार पहिलो संस्करणको प्रतियोगिताको नेपाल प्रिमियर लिग आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुने भनिएको छ ।

Tags: #पोखरा एभेन्जर्स#राइफर पोखरामा अनुबन्ध#वेस्ट इन्डिजका राइफर

लोकप्रीय

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२

विचार

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२

थप समाचार

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?
अन्तर्राष्ट्रिय

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने
अन्तर्राष्ट्रिय

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान
अपराध

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘
ताजा समाचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

00:18:37

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

हालका पोस्टहरू

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.