×

NEPAL TIMES UPDATES

Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026

विश्व युद्ध बारे बाबा भेंगाको नयाँ भविष्यवाणी

१७ मंसिर २०८१

१७ मंसिर ,एजेन्सी ।

डिसेम्बरको शुरुआत भइसकेको छ । यो महिनापछि अंग्रेजी नयाँ वर्षको आगमन हुँदैछ । मानिसहरु नयाँ वर्षलाई सेलिब्रेट गर्ने योजना बनाइरहेका छन् । यस्तोमा भविष्यवक्ताहरुले पनि नयाँ वर्षमा हुनसक्ने घटनाहरुका बारेमा पूर्वानुमान गर्दै भविष्यवाणीहरु गर्ने गरेका छन् ।

वर्षको अन्त्य हुनेबेलासम्म यीमध्ये केही भविष्यवाणीहरु गलत साबित हुन्छन् भने केही सही हुन्छन् । सन २०२५ लाई लिएर पनि भविष्यवक्ताहरुले आआफ्नो भविष्यवाणी गर्दै नयाँ वर्ष कस्तो हुने बताएका छन् । यस्तोमा विश्वभर नै चर्चित बाबा भेंगाको भविष्यवाणाी चर्चा योग्य हुने गरेका छन् ।

बाबा भेंगाद्वारा गरिएका केही भविष्यवाणीहरु भायरल पनि भइरहेका छन् । हुन त बाबा भेंगाको मृत्यु २८ वर्ष पहिला नै भइसकेको छ । तर उनी आफुले गरेको भविष्यवाणीलाई लिएर अहिले पनि चर्चामा रहन्छन् । सन २०२५ र यसपछिको समयलाई लिएर गरिएको केही भविष्यवाणीहरु डर बढाउने खालका छन् ।

बाबा भेंगाका अनुसार, सन २०२५ देखि विश्वयुद्ध शुरू हुनेछ । यस्तै पृथ्वीबाट मानवको अन्त्य र यूरोपमा मुस्लिमहरुको शासनको कुरा पनि उनले गरेका छन् । बाबा भेंगाद्वारा गरिएको भविष्यवाणीका अनुसार, रूसी राष्ट्रपति भ्लादिमीर पुटिन एक मजबूत विश्व नेताका रूपमा उदाउने छन् ।

साथै उनले भनेका छन् कि २०२५ मा तेस्रो विश्व युद्धको शुरुआत हुनेछ । यूरोपमा पनि ठूलो संघर्ष हुने छ, जसको चपेटामा विस्तारै विस्तारै सिंगो विश्व पर्नेछ । यसका कारणले मानव जातिको जुन विनाश शुरू हुनेछ, त्यो बढ्दै जानेछ । उनका अनुसार सन ५०७९ मा पृथ्वीबाट मानव जातिको पुरै अन्त्य हुनेछ ।

बाबा भेंगाले अर्को पनि भविष्यवाणी गरेका छन्, जसमा २०४३ मा यूरोपमा सम्पूर्णरुपले मुसलमानहरुको राज हुनेछ । र २०७६ मा साम्यवाद अर्थात कम्युनिस्ट विश्व स्तरमा फेरि अगाडी आउने छ । बाबा भेंगाको नोट्समा लेखिएका यी भविष्यवाणीहरुका बारेमा मानिसहरुले सोशल मीडियामा निकै चर्चा गरिरहेका छन् ।

बाबा भेंगाको जन्म १९११ मा भएको थियो । उनको असली नाम भेंगेलिया पांडेभा दिमित्रोभा थियो । उनको सानो उमेरमा नै आँखाको ज्योति गुमेको थियो । तर भविष्यका घटनाहरुका बारेमा भविष्यवाणी गर्ने अद्भुत शक्ति उनमा आएको कथन छ ।

विश्व भरमा हुने राजनीतिक परिवर्तन, प्राकृतिक विपतहरु, महामारी र कयौं अन्य कुराहरुका बारेमा वर्षौ पहिला एक नोटमा उनले लेखिसकेका छन् । जुन उनको भविष्यवाणीका अनुसार नै भइरहेको छ ।

बाबा भेंगाले दोस्रो विश्वयुद्ध, २००४ को सुनामी, सोभियत संघको विघटन, अमेरिकामा नाइन इलेभेन अट्याक, स्टालिनदेखि जार बोरिस थर्डको मृत्युको मितिको पनि उनले घोषणा गरेका थिए । यस्तोमा २०२५ पछि हुने घटनाहरुसंग जोडिएका बाबा भेंगाको भविष्यवाणीहरु त्रास बढाउने खालका छन् ।

भविष्यवाणी मनोविज्ञान हो मात्र एक अनुमान हो । त्यो सत्य नहुने पनि गर्दछ । तर विश्वका केही यस्ता ब्यक्तिहरु छन् जसको भविष्यवाणी विश्वभर चर्चाको विषय बन्न पुग्दछ । यस्तै भविष्यव्येता मध्येकी एक चर्चित हुन् बुल्गेरियाकी बाबा भेंगा । उनले २० औं शताब्दीमा धेरै भविष्यवाणी गरेकी थिइन । अनि उनका अनुयायीहरूले उनको भनाइ सत्य साबित भएको दाबी गर्छन्।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top