×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026

असद भागे, अब सिरियामा के हुन्छ ?

२३ मंसिर २०८१

२३ मंसिर, विराटनगर।

सिरियामा यतिबेला केही वर्षअघि अफगानिस्तानमा भएको घटना दोहोरिएको छ । तालिबानका कारण असरफ घानीले देश छाडेजस्तै विद्रोही समूहका कारण बसर अल असदले पनि परिवारसहित सिरिया छाडेको बताइएको छ ।

यससंगै सिरियामा बशर अल असद परिवारको ५० वर्षको शासन अन्त्य भएको दाबी गरिएको छ । विद्रोहीहरुले सिरिया कब्जा गरेका छन् । विद्रोहीले राजधानी दमाश्कससहित प्रमुख शहरहरुमा कब्जा गरिसकेका छन् ।

सिरिया विगत १३ वर्षदेखि गृह युद्धमा फसेको छ र अब बशर सरकारको पतनपछि यसको गृह युद्ध समाप्त हुनुको साटो झनै बढ्ने आशंका गरिएको छ । त्यहाँ भएको यो नयाँ सत्ता परिवर्तनले इजरायलमा पनि गहिरो असर पार्ने देखिन्छ ।

सिरियामा २०१६ पछि गृहयुद्ध मत्थर भएको थियो । तर गत साता प्रमुख विद्रोही संगठन हयात तहरीर अल–शाम (एचटीएस)ले अन्य विद्रोही गुटहरुसंग मिलेर अलेपो, इदलिब र होम्स शहरहरुमा तिब्र हमला सुरु गर्यो र अन्ततः तीनमा कब्जा पनि गर्यो ।

अब विद्रोही गुटहरुले राजधानी दमाश्कसलाइ पनि आफ्नो नियन्त्रणमा लिएका छन् । यता सिरियाको सेनाका शीर्ष अधिकारीहरुले पनि सिरियाबाट बशर अल असद सरकारको कार्यकाल अन्त्य भएको संकेत गरेका छन् ।

कट्टरपंथी समूह हयात तहरीर अल–शामले गत साता सिरियामा अचानक र सफल आक्रमण गरेर सबैलाई चकित पारेको थियो । हयात तहरीर अल–शाम अर्थात एचटीएसलाई लामो समयदेखि देशको सबैभन्दा बलियो विद्रोही गुट मानिदै आएको छ ।

यी विद्रोहीहरुले २६ नोभेम्बरमा अचानक अलेपोको उत्तर र उत्तर–पश्चिमका इलाकहरुमा हमला गरेका थिए । उनीहरु २९, ३० नोभेम्बरमा त्यहाँका शहरमा पसे र सरकारी सेनालाई त्यहाँबाट लखेटे ।

एचटीएसका हजारौ लडाकुहरुले अलेपोपछि कयौं अन्य प्रमुख शहरहरुमा कब्जा गरे । सन २०११ मा असद सरकारविरुद्ध अरब स्प्रिंग विद्रोहदेखि शुरू भएको यो गृहयुद्धमा झण्डै पाँच लाख मानिसहरुको मृत्यु भइसकेको छ ।

गृह युद्धका कारण २.३ करोड जनसंख्या भएको देशबाट झण्डै ६८ लाख मानिसहरुले आफ्नो घर छाड्न बाध्य भएका छन् । लाखौं मानिसहरु विदेशमा शरणार्थी बनेका छन् ।सिरिया सरकारलाई रूसका साथै ईरान र हिजबुल्लाको पनि समर्थन थियो, जसका कारण बशर सरकारको सिरियामा बलियो पकड थियो ।

तर अब इजरायलसंगको युद्धले हिजबुल्लालाई ठूलै झट्का लागेको छ । यता २०१६ मा बशर सरकारको सहयोगका लागि आफ्नो लडाकू विमानहरुलाई सिरियामा तैनाथ गर्ने रुस पनि अहिले युक्रेन युद्धमा अल्झिएको छ ।

इरान पनि इजरायलसंगको तनावमा फसेको छ । जसले बशर सरकार कमजोर भयो र यो मौकाको फाइदा उठाएर विद्रोहीहरुले सिरियामा हमला तिब्र पारे र असदलाई देश छाड्न बाध्य पारे। बशर अल असदले पनि पछिल्लो समय अमेरिका र अन्य पश्चिमी देशहरुमाथि विद्रोहीहरुलाई समर्थन दिएको आरोप लगाउँदै आएका थिए ।

सिरियाली सत्ता पल्टाउने यो हमलाको शुरुआत हयात तहरीर अल–शामले गरेको हो । हयात तहरीर अल–शामको अर्थ हो ग्रेटर सीरियाको मुक्तिका लागि आंदोलन । अबू मोहम्मद अल–गोलानीको नेतृत्वमा रहेको एचटीएस लामो समयदेखि इदलिबमा प्रमुख शक्ति रहँदै आएको छ ।

तहरीर अल–शामलाई पहिला जबात नुसरा फ्रंटका नामले चिनिन्थ्यो । खासमा, एचटीएसलाई अल–कायदाले बनाएको थियो । ताकि यसले सिरियाको गृहयुद्ध अन्त्य भएपछि यहाँको स्थितिको फाइदा उठाउन सकोस ।

र यसले छिटै नै आफ्नो उद्येश्यमा सफलता पनि हात पार्यो र यसले विद्रोही हमलाहरुका साथै सेना र अन्य दुश्मनहरुविरुद्ध पनि आत्मघाती बम विस्फोट गराउँदै आयो । यद्यपि, यो समूह विस्तारै विस्तारै सीरिया र इराकमा इस्लामिक स्टेटको कट्टर दुश्मन बन्न पुग्यो र अंततः २०१६ मा अल–काइदाबाट पनि अलग भयो ।

अमेरिका, रूस, तुर्किए र अन्य देशहरुले तहरीर अल–शामलाई आतंकवादी समूह घोषित गरे । यसका नेता ४२ वर्षीय अहमद हुसैन अल–शरा हुने, जसलाई अबू मुहम्मद अल–गोलानीका नामले पनि चिनिन्छ । गोलानीको जन्म सीरियामा भएको थियो ।

१९६७को युद्धपछि जब इजराइलले गोलान हाइट्समा नियंत्रण गर्यो त्यसपछि अबूको परिवार यहांबाट हिँडेको थियो । गोलानीलाई २००६ मा हजारौं अन्य विद्रोहीहरुका साथ हिरासतमा लिएको थियो । त्यसपछि उनलाई पाँच वर्षसम्म अमेरिका र इराकी जेलहरुमा कैदमा राखिएको थियो ।

अबू मुहम्मद अल–गोलानीलाई २०११ म रिहा गरियो र त्यसपछि उनी अल–कायदाको नेतृत्व गर्नका लागि सिरिया फर्किए । अब सिरियामा विद्रोही गुटहरुले सत्तामा कब्जा गरेपछि फरि गृहयुद्ध हुने आशंका छ ।

यसको कारण बशर अल असद सरकारलाई रूसको समर्थन थियो भने विद्रोही गुटहरुलाई अमेरिकाद्वारा समर्थन गरिएका थियो । यसरी सिरियामा रूस र अमेरिकाको दखल अब आउँने दिनमा हुने छ ।

साथै सिरियामा खूंखार आतंकबादी संगठन आईएसआईएसको उपस्थिति छ । यस्तामो बदलिएको स्थितिमा आईएसआईएसले पनि आफ्नो शक्ति बढाउन सक्छ । इरान र तुर्किएले पनि सीरियाबाट आफ्नो फाइदा उठाउन खोज्छन् ।

यस्तोमा भन्न सकिन्छ कि सिरियामा अवस्था सामान्य हुने कम्तिमा अहिले केही गुन्जायस छैन । यता इजरायल पहिलादेखि नै हमास र हिजबुल्लाका मोर्चाहरुमा लडाईमा अल्झिएको छ । अब सीरियामा बदलिएको अवस्थाले इजरायलको चिन्ता बढाइदिएको छ ।

किनभने इजरायल र सीरियाको सीमा गोलान हाइट्समा सशस्त्र बलहरुले संयुक्त राष्ट्रका पर्यवेक्षक सेनामाथि हमला शुरू गरिदिएको छ । इजरायललाई डर छ कि सत्तामा कब्जा गरेपछि गोलान हाइट्सका तर्फबाट पनि इजरायलमा हमला हुन सक्छन् ।

खासमा सिरियामा जारी गृहयुद्ध सिंगो पश्चिम एशियामा दबदबा बनाउने राजनीतिकै हिस्सा हो । सिरियाको सीमा इराक, तुर्किए, जोर्डन, लेबनान र इजरायल जस्ता देशहरुसंग जोडिएको छ । सिरियामा दबदबाको मतलब हो कि पश्चिम एशियाको महत्वपूर्ण व्यापार मार्गहरु, ऊर्जा करिडोरहरुसम्म पहुंच हुनसक्छ ।

जसले सिंगो पश्चिम एशियामा दबाव बढाउन सकिन्छ । सिरियामा बशर अल असदको सरकार सत्ताबाट हट्दा सबैभन्दा धेरै असर रूसमा पर्नेछ । किनभने पश्चिम एशियामा सिरिया नै रूसको सबैभन्दा भरोसावान साथी थियो ।

उता विद्रोही गुटलाई अमेरिकाको समर्थन छ । अब सिरिया गृहयुद्ध पुनः सुरु हुँदा अंतरराष्ट्रीय बजारमा तेलको मूल्यमा पनि उछाल आउने सम्भावना छ, जसको असर भारत हुँदै नेपालमा पनि स्वतः पर्छ ।

बशर अल असद हटेपछि अब विद्रोहीहरुको कब्जामा पुगेको छ सिरिया । यस्तोमा विद्रोही स्वयंले सरकार चलाउँछ वा प्रधानमंत्री अल–जलाली नै त्यसको अनुहार बन्छन त्यो केही समयपछि देखिने छ ।

किनभने पीएम स्वयंले सरेन्डर गरेको देखिएका छन । आर्मी पनि अब लडाईको मूडमा छैन । दोस्रो विकल्पमा हयात तहरीर अल–शामका प्रमुख अबू मोहम्मद अल जुलानीले आफ्नोे हातमा कमान लिएर सरकार चलाउन सक्छन् ।

असद भागेपछि अबू जुलानी अब सीरियाका सबैभन्दा शक्तिशाली नेता बनेका छन् । सिरियाको यो घटनाक्रमबारे आफ्ना टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top