×

NEPAL TIMES UPDATES

Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026
Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026

सहकारी प्रकरणमा लेखा समिति सभापतिकी पत्नी फरार

१ पुष २०८१

१ पुष , काठमाण्डौ ।

संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी समेत सम्लग्न रहेको मोरङको धनपालथान गाउँपालिका– ३ स्थित उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संलग्न २६ जनालाई २२ करोड ४८ लाखको बिगो कायम गरिएको छ ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा पोखरेलकी पत्नी अंजला कोइरालासहित २६ जनालाई उक्त बिगो कायम गरेको हो । जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने सांसद पत्नीसहित अन्य प्रतिवादी भने फरार छन् ।

सरकारी वकिलको कार्यालय मोरङले दायर गरेको अभियोगपत्रमा ८ हजार ८ सय ४२ जना शेयर सदस्यहरूको ३ करोड ८ लाख ८० हजार ३ सय रुपैयाँ शेयर रकम रहेको र ७०७ जना ऋणीहरूले २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ संस्थाबाट ऋण लिएको सहकारीले देखाएको उल्लेख छ ।

यद्यपि उक्त ऋणमध्ये ८ करोड १३ लाख ६४ हजार ७ सय रुपैयाँ ऋण उठेको र बाँकी १६ करोड १६ लाख ५७ हजार ८३२ रुपैयाँ ऋण उठ्न बाँकी देखाइएको विवरण छ । ‘तर, उक्त ऋणहरूको निवेदन समेतको ब्यहोराबाट उमागौरी कृषि सहकारी संस्थाबाट महिला उद्यमशील कर्जा शीर्षकबाट ऋण उपलब्ध गराउने भनी तमसुक बनाएर धितोको लागि ऋणीहरूले घरजग्गा राखेकोमा सोही धितो राखिएको जग्गा नबिल बैंक लिमिटेडमा धितो राखी कर्जा निकाली माग गरेको धितो रकम भन्दा आधा रकम मात्र सम्बन्धित ऋणीलाई उपलब्ध गराई आधा रकम आफैँले खाइ मासी हिनामिना गरेको कारण हाल सफ्टवेयरमा संस्थाले लगानी गरेको ऋण बढी देखिएको पाइन्छ,’ अभियोगपत्रमा उल्लेख छ ।

उक्त सहकारीले नियामक निकायबाट केन्द्र विस्तार गर्ने अनुमति समेत नलिई अमरदह, आमबारी, रमाइलो लगायतको ठाउँमा शाखा बिस्तार गरी सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने र बचतकर्ताहरूको दैनिक तथा मासिक किस्ताबाटै ऋणको साँवा ब्याज कटिने भनेर प्रलोभन देखाई रकम बचत जम्मा गर्न लगाएको देखिएको छ ।

यस्तै ‘कर्जाको लागि धितो राखेको घरजग्गा सम्बन्धित ऋणीहरूको सहमति बिना नै नबिल बैंकमा धितो राखी उक्त रकम निकासा भए पश्चात् अपचलन गरेको देखिन्छ,’ अभियोग पत्रमा उल्लेख छ । ‘प्रमाणहरू समेतबाट संस्थामा आबद्ध प्रतिवादी अंजलासहितका २६ जनाले समयमा साधारण सभा गरी संस्थालाई नाफामा देखाउने उद्देश्यले गलत लेखा परीक्षण गराउने, संस्थाका पदाधिकारीहरू संस्थाको आयोजनामा हुने मिटिङमा सहभागी हुने, निर्णयमा दस्तखत गर्ने कार्यले सबैको संलग्नता समेत स्थापित भएको…,’ अभियोगपत्रमा भनिएको छ ।

उक्त अभियोगपत्रमा शम्भु प्रसाद रौनियार, लक्ष्मण साह रौनियार, आलम अनसारी मियाँ, शम्भु प्रसाद सिंह, आमोद कुमार मण्डल, जितमान ठाकुर, विजय कुमार यादव, सुरेन्द्र कुमार राजवंशी, अशोक कुमार विश्वास, दिलमाया राई, अंजला कोइराला, उपासी राजवंशी, सोनु यादव, मोहमद नजाम उद्दिन, चम्पा गिरी, शम्भु प्रसाद सिंह, संतलाल खवास, लक्ष्मीदेवी कार्की राजवंशी, ज्योति बास्कोटा, सुमन लोहनी, मित्र प्रसाद सिवाकोटी, सरदराज सिंह, मो. नसरुदिन, मनोज कुमार सोनी, यशोदा कुमारी राजवंशी फरार रहेका प्रतिवादीमा राखिएको छ ।

प्रतिवादीहरूले सहकारी ऐन, २०७४ को दफा १२२ को देहाय (घ), (ङ), (च), (छ), (ज), (ञ) र (त) बमोजिमको कार्य कसुर गरेको पुष्टि हुने अभियोग पत्रमा उल्लेख छ ।

प्रतिवादीहरूलाई सहकारी ऐन दफा १२४ को उपदफा (१) को देहाय (घ) (५) बमोजिम बिगो २२ करोड ४८ लाख ३७ हजार ७ सय रुपैयाँ बिस पैसा बिगो कायम गरी संस्था मार्फत नै पीडित जाहेरवालाहरूलाई बिगो भराई सो बाहेकको दायित्व समेतको बाँकी रकम समेत संस्थालाई दिलाई भराई प्रतिवादीहरूलाई बिगो बमोजिम जरिवाना गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद सजायको माग गरिएको छ ।

सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय भने अहिले बन्द छ । अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो । उजुरीका लागि सार्वजनिक आह्वान पनि गरेको थियो

आह्वान गर्दा २० जना ऋणीले आफूहरू ठगिएको भन्दै प्रहरीमा निवेदन दिएका छन् ।सहकारी ठगी प्रकरणमा प्रहरीले सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई पक्राउ गरेको छ । धनपालथान गाउँपालिका– ४ का पूर्व वडा अध्यक्ष राजवंशी यो सहकारीबाट आफै पीडित रहेको बयान दिएका छन् ।

उमागौरी कृषि सहकारी २०६८ सालमा स्थापना भएको हो । सासदपत्नी कोइराला दुई कार्यकाल सहकारीमा सदस्य रहेकी थिइन् ।

भर्खरको समाचार

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

सम्बन्धित खबरहरु

Scroll to Top