×

NEPAL TIMES UPDATES

Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026

वामदेव र ओलीको लडाइँ, भ्वाइस सार्वजनिक गर्न ओलीलाई चुनौती

१ पुष २०८१

१ पुष , काठमाण्डौ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका सदस्य वामदेव गौतमबीच फोन संवादलाई लिएर गम्भिर आरोप प्रत्यारोप चलेको छ । वामदेवले एक विज्ञप्ति नै जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बदनाम गर्ने कोशिस गरेको भन्दै आरोप लगाएका छन् ।

गत शुक्रबार आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले बामदेव गौतमले आफ्नो राजीनामा मागेको प्रसंग सुनाएका थिए । मदन भण्डारीको हत्यासँग सम्बन्धित एक भिडियो हेरेर गौतमले आफ्नो राजीनामा मागेको ओलीले बताएका थिए ।

ओलीले सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘अहिले भर्खर म गाडीमा आउँदै थिएँ, वामदेव गौतमजीले फोन गर्नुभयो । अनि के भन्नुभयो भने मदन भण्डारी कांग्रेसले मारेको हो, मलाई पहिले नै थाहा थियो । तर म चुप लागें । अब म बुढो पनि भइसकें, जेसुकै भए पनि मलाई केही छैन ।

त्यसकारण म कुरा भन्दैछु भनेर मेरै (ओलीकै) स्वरमा छ, अब केपी ओलीले प्रधानमन्त्रीबाट र पार्टी अध्यक्षबाट पनि राजीनामा गर्नुपर्छ, यस्तो भनेर बस्न पाइन्छ भन्दैऊ तिम्रो ठूलोबालाई भनेर । कुराचाहिँ मसँग गर्दै हुनुहुन्थ्यो तर राजेश ठानेर कुरा गर्दै हुनुहुन्थ्यो।’

ओलीले थप भनेका थिए, ‘कमरेड के छ हालखबर भनें । ठिकै छ भन्नुभयो । कुरा गर्दै गइयो । अन्तिममा त तिम्रो ठूलोबालाई भन्देऊ– प्रधानमन्त्री र अध्यक्षबाट पनि राजीनामा गर्न भनेर । यस्तो अपराध गरेर बस्न पाइन्छ भनेर वामदेवजी एकछिन पड्किनुभयो । हस् हजुर भनेर भनें मैले । के बहस गरिराख्नु, उहाँलाई समेत भ्रम पर्ने गरी कसैले भिडिओ बनाएछ ।’

यही प्रसंगमा बामदेव गौतमले आज प्रेस विज्ञप्ति जारी गर्दै आफूले राजेश बज्राचार्यसँगै कुरा गरेको तर ओलीले बदनाम गर्न खोजेको आरोप लगाएका हुन् । ओलीको फोन नलागेपछि आफूले राजेशलाई फोन गरेको भन्दै बामदेवले लेखेका छन्, ‘‘त्यसपछि मैले क. राजेशलाई उहाँकै फोनमा लिंक पठाइदिएँ र तुरुन्तै कल गरें, उहाँले कल रिसिभ गर्नुभयो र सदाझैं नमस्कार कमरेड भन्नुभयो ।

त्यसपछि मैले उहाँलाई भनें– एउटा सिरियस लिंक मेरोमा आयो केपी कमरेडको फोन उठेन र तपाईंलाई पठाइदिएको छु, तु उहाँलाई पठाइदिनुस् । मलाई यो धेरै सिरियस लागेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्न पर्ने हुन सक्छ ।’

योभन्दा बढी आफूले एक शब्द पनि नबोलेको भन्दै बामदेवले लेखेका छन्, ‘फोन नम्बर राजेशकै हो । राजेशलाई धुलोमा खेल्ने अवस्थादेखि मैले जान्दछु । यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोशिश गर्नुहोला भन्ने मलाई लागेको थिएन ।

’बामदेवले आफ्नो भ्वाइस रेकर्ड सार्वजनिक गर्न चुनौती समेत दिएका छन् । उनले लेखेका छन्, ‘क. केपी म तपाईंलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनुस् ! पीएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ ।’ वामदेवले फोन संवाद गरेका राजेश बज्राचार्य भने ओलीका स्वकीय सचिव हुन् ।

ओली र गौतम दुवै नेपाली कम्युनिस्ट आन्दोलनका चर्चित नेताहरू हुन्। उनीहरूको राजनीतिक सम्बन्ध लामो समयसम्म सहकार्य, विवाद र प्रतिस्पर्धाको मिश्रणमा आधारित रहेको छ। यी दुई नेताले नेकपा एमालेमा लामो समयसम्म काम गरे पनि वैचारिक र व्यक्तिगत रूपमा विभिन्न समयमा मतभेद देखिएको छ।

वामदेव गौतमले पार्टीका रणनीतिक योजनामा ठूलो भूमिका खेल्दै ओलीको राजनीतिक उचाइ बढाउन सहयोग गरेका थिए। ओली, आफ्नो वाक्चातुर्य र नेतृत्व कौशलका कारण, पार्टीमा अग्रपंक्तिमा उभिन सफल भए।

गौतम २०६४ सालको संविधानसभा चुनावमा पराजित भए, जुन उनी र ओलीबीचको मतभेदको महत्वपूर्ण मोड बन्यो। यद्यपि उनी ओली र माओवादी अध्यक्ष प्रचण्डको जोडबलमा राष्ट्रिय सभा सदस्य बन्न सफल भए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा ओली र गौतमबीचको टकराव झनै बढ्यो। गौतमले ओलीलाई पार्टीमा एकलौटी निर्णय लिने, आलोचना सहन नसक्ने, र नेतृत्व शैलीमा अधिनायकवादी झल्को देखिएको आरोप लगाएका थिए।

नेकपा विमाजनपछि गौतम एमालेमा फर्किने मनस्थितीमा भएपनि पार्टीभित्र वामदेवलाई नेतृत्वमा आउनबाट रोक्न ओलीले भूमिका खेलेको आरोप लाग्ने गरेको छ। यस्तै गौतमले एमाले र माओवादीबीच पुनः एकताको प्रयास गरे पनि ओलीले यो कदमलाई खासै महत्त्व दिएका छैनन्।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top