NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल बिहिबार मंसिर ४ , २०८२
सेनाको सुरक्षा घेराबन्दीमा चुनाव हुने, सेना परिचालनको निर्णय बिहिबार मंसिर ४ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि बिहिबार मंसिर ४ , २०८२
सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु बिहिबार मंसिर ४ , २०८२
ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव बिहिबार मंसिर ४ , २०८२
Next
Prev

समाचार

वामदेव र ओलीको लडाइँ, भ्वाइस सार्वजनिक गर्न ओलीलाई चुनौती

सोमवार पुस १ , २०८१
Reading Time: 1 min read
A A
नेकपा बैठकमा ओलीमाथि नेताहरुको आरोप नै आरोप
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१ पुष , काठमाण्डौ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका सदस्य वामदेव गौतमबीच फोन संवादलाई लिएर गम्भिर आरोप प्रत्यारोप चलेको छ । वामदेवले एक विज्ञप्ति नै जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बदनाम गर्ने कोशिस गरेको भन्दै आरोप लगाएका छन् ।

गत शुक्रबार आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले बामदेव गौतमले आफ्नो राजीनामा मागेको प्रसंग सुनाएका थिए । मदन भण्डारीको हत्यासँग सम्बन्धित एक भिडियो हेरेर गौतमले आफ्नो राजीनामा मागेको ओलीले बताएका थिए ।

ओलीले सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘अहिले भर्खर म गाडीमा आउँदै थिएँ, वामदेव गौतमजीले फोन गर्नुभयो । अनि के भन्नुभयो भने मदन भण्डारी कांग्रेसले मारेको हो, मलाई पहिले नै थाहा थियो । तर म चुप लागें । अब म बुढो पनि भइसकें, जेसुकै भए पनि मलाई केही छैन ।

त्यसकारण म कुरा भन्दैछु भनेर मेरै (ओलीकै) स्वरमा छ, अब केपी ओलीले प्रधानमन्त्रीबाट र पार्टी अध्यक्षबाट पनि राजीनामा गर्नुपर्छ, यस्तो भनेर बस्न पाइन्छ भन्दैऊ तिम्रो ठूलोबालाई भनेर । कुराचाहिँ मसँग गर्दै हुनुहुन्थ्यो तर राजेश ठानेर कुरा गर्दै हुनुहुन्थ्यो।’

ओलीले थप भनेका थिए, ‘कमरेड के छ हालखबर भनें । ठिकै छ भन्नुभयो । कुरा गर्दै गइयो । अन्तिममा त तिम्रो ठूलोबालाई भन्देऊ– प्रधानमन्त्री र अध्यक्षबाट पनि राजीनामा गर्न भनेर । यस्तो अपराध गरेर बस्न पाइन्छ भनेर वामदेवजी एकछिन पड्किनुभयो । हस् हजुर भनेर भनें मैले । के बहस गरिराख्नु, उहाँलाई समेत भ्रम पर्ने गरी कसैले भिडिओ बनाएछ ।’

यही प्रसंगमा बामदेव गौतमले आज प्रेस विज्ञप्ति जारी गर्दै आफूले राजेश बज्राचार्यसँगै कुरा गरेको तर ओलीले बदनाम गर्न खोजेको आरोप लगाएका हुन् । ओलीको फोन नलागेपछि आफूले राजेशलाई फोन गरेको भन्दै बामदेवले लेखेका छन्, ‘‘त्यसपछि मैले क. राजेशलाई उहाँकै फोनमा लिंक पठाइदिएँ र तुरुन्तै कल गरें, उहाँले कल रिसिभ गर्नुभयो र सदाझैं नमस्कार कमरेड भन्नुभयो ।

त्यसपछि मैले उहाँलाई भनें– एउटा सिरियस लिंक मेरोमा आयो केपी कमरेडको फोन उठेन र तपाईंलाई पठाइदिएको छु, तु उहाँलाई पठाइदिनुस् । मलाई यो धेरै सिरियस लागेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्न पर्ने हुन सक्छ ।’

योभन्दा बढी आफूले एक शब्द पनि नबोलेको भन्दै बामदेवले लेखेका छन्, ‘फोन नम्बर राजेशकै हो । राजेशलाई धुलोमा खेल्ने अवस्थादेखि मैले जान्दछु । यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोशिश गर्नुहोला भन्ने मलाई लागेको थिएन ।

’बामदेवले आफ्नो भ्वाइस रेकर्ड सार्वजनिक गर्न चुनौती समेत दिएका छन् । उनले लेखेका छन्, ‘क. केपी म तपाईंलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनुस् ! पीएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ ।’ वामदेवले फोन संवाद गरेका राजेश बज्राचार्य भने ओलीका स्वकीय सचिव हुन् ।

ओली र गौतम दुवै नेपाली कम्युनिस्ट आन्दोलनका चर्चित नेताहरू हुन्। उनीहरूको राजनीतिक सम्बन्ध लामो समयसम्म सहकार्य, विवाद र प्रतिस्पर्धाको मिश्रणमा आधारित रहेको छ। यी दुई नेताले नेकपा एमालेमा लामो समयसम्म काम गरे पनि वैचारिक र व्यक्तिगत रूपमा विभिन्न समयमा मतभेद देखिएको छ।

वामदेव गौतमले पार्टीका रणनीतिक योजनामा ठूलो भूमिका खेल्दै ओलीको राजनीतिक उचाइ बढाउन सहयोग गरेका थिए। ओली, आफ्नो वाक्चातुर्य र नेतृत्व कौशलका कारण, पार्टीमा अग्रपंक्तिमा उभिन सफल भए।

गौतम २०६४ सालको संविधानसभा चुनावमा पराजित भए, जुन उनी र ओलीबीचको मतभेदको महत्वपूर्ण मोड बन्यो। यद्यपि उनी ओली र माओवादी अध्यक्ष प्रचण्डको जोडबलमा राष्ट्रिय सभा सदस्य बन्न सफल भए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा ओली र गौतमबीचको टकराव झनै बढ्यो। गौतमले ओलीलाई पार्टीमा एकलौटी निर्णय लिने, आलोचना सहन नसक्ने, र नेतृत्व शैलीमा अधिनायकवादी झल्को देखिएको आरोप लगाएका थिए।

नेकपा विमाजनपछि गौतम एमालेमा फर्किने मनस्थितीमा भएपनि पार्टीभित्र वामदेवलाई नेतृत्वमा आउनबाट रोक्न ओलीले भूमिका खेलेको आरोप लाग्ने गरेको छ। यस्तै गौतमले एमाले र माओवादीबीच पुनः एकताको प्रयास गरे पनि ओलीले यो कदमलाई खासै महत्त्व दिएका छैनन्।

Tags: #ओलीले वामदेवको किन बदनाम गरे ?#प्रधानमन्त्री केपी शर्मा ओली#वामदेव र ओलीको लडाइँ

लोकप्रीय

फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल

फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल

बिहिबार मंसिर ४ , २०८२
७० हजार जेनजी मतदाता थपिए

सेनाको सुरक्षा घेराबन्दीमा चुनाव हुने, सेना परिचालनको निर्णय

बिहिबार मंसिर ४ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

बिहिबार मंसिर ४ , २०८२

विचार

फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल

फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल

बिहिबार मंसिर ४ , २०८२
७० हजार जेनजी मतदाता थपिए

सेनाको सुरक्षा घेराबन्दीमा चुनाव हुने, सेना परिचालनको निर्णय

बिहिबार मंसिर ४ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

बिहिबार मंसिर ४ , २०८२

थप समाचार

फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल
खेलकुद

फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल

बिहिबार मंसिर ४ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

सेनाको सुरक्षा घेराबन्दीमा चुनाव हुने, सेना परिचालनको निर्णय

बिहिबार मंसिर ४ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि
अन्तर्राष्ट्रिय

अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

बिहिबार मंसिर ४ , २०८२
सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु
ताजा समाचार

सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु

बिहिबार मंसिर ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भारतलाई अमेरिकी मि*सा*इल, पाकिस्तानका कारण संक*टमा एयर इन्डिया || Nepal Times

World News: भारतलाई अमेरिकी मि*सा*इल, पाकिस्तानका कारण संक*टमा एयर इन्डिया || Nepal Times

00:19:01

अमेरिकामा मेकानिकको अभाव, भारतमा थप मा ओवादी मारि ए|| Nepal Times

00:23:48

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

00:21:46

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा घटनाको दोषी जेनजी कि एमाले ? एमालेबाटै कुटिए जेनजी!

बुधबार मंसिर ३ , २०८२

हालका पोस्टहरू

फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल

फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल

बिहिबार मंसिर ४ , २०८२
७० हजार जेनजी मतदाता थपिए

सेनाको सुरक्षा घेराबन्दीमा चुनाव हुने, सेना परिचालनको निर्णय

बिहिबार मंसिर ४ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

बिहिबार मंसिर ४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.