×

NEPAL TIMES UPDATES

Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026
Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026

रविले न्यायाधीश समक्ष भने मिडिया ट्रायल बन्द गरिदिनुस्

२ पुष २०८१

२ पुष ,काठमाण्डौ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा दुई महिनादेखि प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ ।

मंगलबार कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री लामिछानेलाई थुनामा राख्न आठौँपटक म्याद थप गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताएका छन् ।कास्की प्रहरीले लामिछानेसहितमाथि अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ ।

तर, सरकारी वकिललाई केही समय लाग्ने भएपछि म्याद थपका लागि अदालत लगेको थियो । अदालतमा बहसमा क्रममा रवि पक्षाबाट बहस गरेका बरिष्ठ अधिवक्ता नारायण घिमिरे, हरि सुवेदी लगायतलेले रविमाथि अनुसन्धान सकिसकेको भन्दै उनलाई हाजिरी जमानीमा छाड्न आग्रह गरेका थिए भने सरकारी वकिलहरुले रविमाथिको अनुसन्धान प्रतिवेदनमा अदालतमा बुझाइनसकेको अवस्थामा सम्पत्ति शुद्धीकरणको कसुरमा ९० दिनसम्म अनुसन्धानका लागि नियन्त्रणमा राख्न सक्ने व्यवस्था वमोजिम पैतिवेदन अध्ययन गर्न थप ४ दिन म्याद थप्न आग्रहगरेका थिए ।

दुवैतर्फको वहसपछि अदालतले रविलाई थप ४ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो । वहसमा क्रममा रविले न्यायाधीश हिमलाल बेलबासे समक्ष आफू र आफ्नी श्रीमतीका विरुद्ध बैंक खातामा करोडौं रकम रहेको भन्ने सम्बन्धमा मिडिया ट्रायल गरिएको भन्दै यसलाई रोक्ने गरी आदेश दिन आग्रह गरेका थिए ।

यसका विषयमा न्यायाधीशले लिखित आदेश नदिएपनि प्रहरीलाई अफवाहपूर्ण खबर रोक्न मौखिक आदेश दिएका छन् । आज मात्रै रवि पत्नी निकिताले पनि आफ्नो बैंक खातामा करोडौं रकम रहेको भन्ने समाचारको खण्डन गर्दै प्रहरी अनुसन्धानको विषयमा मिडिया ट्रायल गर्न खोजिएको आरोप बताएकी छन् ।

साथै आज अदालतमा रविको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न खबर बाहिरिरहेको अवस्थामा न्यायाधीशले उनलाई किन अस्पताल नबसेको भन्ने जिज्ञाशा गरेका थिए । रविले अस्पतालमा नबस्ने आफ्नो हठ नभई आफू प्रहरी हिरासतमै रहन सक्ने अवस्थामा रहेको बताएका थिए ।

अदनालतमा रविले ‘म अहिलेसम्म हिरासतमा रहेँ, म हिरासतमा नबसेको भए कुन प्रमाण मैले नष्ट गर्ने थिएँ भन्ने थाहा पाउन सकिनँ श्रीमान्,’ भनन्े जिज्ञाशा राखेका थिए । रविले यो जिज्ञासा राखेपछि न्यायाधीश बेलबासेले ‘त्यो पछि थाहा हुन्छ’ भनेर जबाफ दिएका थिए। इजलासमा मुस्कुराउँदै न्यायाधीश बेलबासेले ‘तपाईंको त्यो अनुभव पछि काम लाग्न सक्छ, म्याद त थप्नै पर्ने भयो। थपिएको समयभित्र अभियोग पत्र आइपुग्नुपर्छ।’

जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले प्रहरीबाट अनुसन्धान प्रतिवेदन सोमबार प्राप्त भएको, प्रतिवेदन अध्ययन, प्राप्त प्रमाणको विष्लेषण, अभियोग पत्र लेखन लगायतको काम बाँकी भएकाले थप म्याद चाहिएको वहस गरेकी थिइन । यसअघि, अदालतले मंसिर २७ गते रविलाई हिरासतमा राख्न पाँच दिनको अनुमति दिएको थियो ।

सहकारी संस्थाको रकम अपचलन, किर्ते, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका निम्ति गएको कात्तिक २ गते यता लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट कात्तिक २ गते पक्राउ गरेर उनलाई पोखरा लगिएको थियो ।

त्यसयता उनलाई अनुसन्धानका लागि रुपन्देही, चितवन, काठमाडौं र पर्सा समेत लगिएको छ । उनीविरुद्ध पुस ५ मा जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धान गर्न पाउने समय हुनाले पुस ५ मा उनीविरुद्ध अभियोग पत्र दायर गरिँदै छ । पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेको मितिले पुस ५ मा ९० दिन पुग्छ ।

लामिछानेलाई जोशी पक्राउ परेकै मितिबाट म्याद मिलान गरिएको छ । रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गराउन राय दिँदै प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।

उक्त प्रकरणमा प्रहरीले रवि लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सोमबार बुझाएको हो । लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा चारदेखि ६ वर्ष तथा थप ५० प्रतिशत र सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र २८ करोड बिगो र त्यति नै जरिवाना असुल गर्ने मागसहित मुद्दा चलाउन सिफारिस गरिएको छ ।

अब सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गरेर मुद्दा दर्ता गर्ने जनाएको छ ।

भर्खरको समाचार

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

सम्बन्धित खबरहरु

Scroll to Top