NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ? मङ्लबार भदौ ३१ , २०८२
सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ? मङ्लबार भदौ ३१ , २०८२
बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ? मङ्लबार भदौ ३१ , २०८२
भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते मङ्लबार भदौ ३१ , २०८२
प्रधानमन्त्रीको काँधमा १५ मन्त्रालय, एक्सनमा ३ मन्त्री मङ्लबार भदौ ३१ , २०८२
Next
Prev

समाचार

रविले न्यायाधीश समक्ष भने मिडिया ट्रायल बन्द गरिदिनुस्

मङ्लबार पुस २ , २०८१
Reading Time: 1 min read
A A
स्वर्णिम, मनिषसहितका नेताविरुद्ध सर्वाेच्चमा रिट, तोकियो पेसी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२ पुष ,काठमाण्डौ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा दुई महिनादेखि प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ ।

मंगलबार कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री लामिछानेलाई थुनामा राख्न आठौँपटक म्याद थप गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताएका छन् ।कास्की प्रहरीले लामिछानेसहितमाथि अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ ।

LS Auto

तर, सरकारी वकिललाई केही समय लाग्ने भएपछि म्याद थपका लागि अदालत लगेको थियो । अदालतमा बहसमा क्रममा रवि पक्षाबाट बहस गरेका बरिष्ठ अधिवक्ता नारायण घिमिरे, हरि सुवेदी लगायतलेले रविमाथि अनुसन्धान सकिसकेको भन्दै उनलाई हाजिरी जमानीमा छाड्न आग्रह गरेका थिए भने सरकारी वकिलहरुले रविमाथिको अनुसन्धान प्रतिवेदनमा अदालतमा बुझाइनसकेको अवस्थामा सम्पत्ति शुद्धीकरणको कसुरमा ९० दिनसम्म अनुसन्धानका लागि नियन्त्रणमा राख्न सक्ने व्यवस्था वमोजिम पैतिवेदन अध्ययन गर्न थप ४ दिन म्याद थप्न आग्रहगरेका थिए ।

दुवैतर्फको वहसपछि अदालतले रविलाई थप ४ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो । वहसमा क्रममा रविले न्यायाधीश हिमलाल बेलबासे समक्ष आफू र आफ्नी श्रीमतीका विरुद्ध बैंक खातामा करोडौं रकम रहेको भन्ने सम्बन्धमा मिडिया ट्रायल गरिएको भन्दै यसलाई रोक्ने गरी आदेश दिन आग्रह गरेका थिए ।

यसका विषयमा न्यायाधीशले लिखित आदेश नदिएपनि प्रहरीलाई अफवाहपूर्ण खबर रोक्न मौखिक आदेश दिएका छन् । आज मात्रै रवि पत्नी निकिताले पनि आफ्नो बैंक खातामा करोडौं रकम रहेको भन्ने समाचारको खण्डन गर्दै प्रहरी अनुसन्धानको विषयमा मिडिया ट्रायल गर्न खोजिएको आरोप बताएकी छन् ।

साथै आज अदालतमा रविको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न खबर बाहिरिरहेको अवस्थामा न्यायाधीशले उनलाई किन अस्पताल नबसेको भन्ने जिज्ञाशा गरेका थिए । रविले अस्पतालमा नबस्ने आफ्नो हठ नभई आफू प्रहरी हिरासतमै रहन सक्ने अवस्थामा रहेको बताएका थिए ।

अदनालतमा रविले ‘म अहिलेसम्म हिरासतमा रहेँ, म हिरासतमा नबसेको भए कुन प्रमाण मैले नष्ट गर्ने थिएँ भन्ने थाहा पाउन सकिनँ श्रीमान्,’ भनन्े जिज्ञाशा राखेका थिए । रविले यो जिज्ञासा राखेपछि न्यायाधीश बेलबासेले ‘त्यो पछि थाहा हुन्छ’ भनेर जबाफ दिएका थिए। इजलासमा मुस्कुराउँदै न्यायाधीश बेलबासेले ‘तपाईंको त्यो अनुभव पछि काम लाग्न सक्छ, म्याद त थप्नै पर्ने भयो। थपिएको समयभित्र अभियोग पत्र आइपुग्नुपर्छ।’

जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले प्रहरीबाट अनुसन्धान प्रतिवेदन सोमबार प्राप्त भएको, प्रतिवेदन अध्ययन, प्राप्त प्रमाणको विष्लेषण, अभियोग पत्र लेखन लगायतको काम बाँकी भएकाले थप म्याद चाहिएको वहस गरेकी थिइन । यसअघि, अदालतले मंसिर २७ गते रविलाई हिरासतमा राख्न पाँच दिनको अनुमति दिएको थियो ।

सहकारी संस्थाको रकम अपचलन, किर्ते, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका निम्ति गएको कात्तिक २ गते यता लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट कात्तिक २ गते पक्राउ गरेर उनलाई पोखरा लगिएको थियो ।

त्यसयता उनलाई अनुसन्धानका लागि रुपन्देही, चितवन, काठमाडौं र पर्सा समेत लगिएको छ । उनीविरुद्ध पुस ५ मा जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धान गर्न पाउने समय हुनाले पुस ५ मा उनीविरुद्ध अभियोग पत्र दायर गरिँदै छ । पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेको मितिले पुस ५ मा ९० दिन पुग्छ ।

लामिछानेलाई जोशी पक्राउ परेकै मितिबाट म्याद मिलान गरिएको छ । रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गराउन राय दिँदै प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।

उक्त प्रकरणमा प्रहरीले रवि लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सोमबार बुझाएको हो । लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा चारदेखि ६ वर्ष तथा थप ५० प्रतिशत र सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र २८ करोड बिगो र त्यति नै जरिवाना असुल गर्ने मागसहित मुद्दा चलाउन सिफारिस गरिएको छ ।

अब सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गरेर मुद्दा दर्ता गर्ने जनाएको छ ।

Tags: #सहकारी ठगी प्रकरण

लोकप्रीय

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन

सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ?

मङ्लबार भदौ ३१ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२

विचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन

सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ?

मङ्लबार भदौ ३१ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२

थप समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन
आर्थिक

सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ?

मङ्लबार भदौ ३१ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर
ताजा समाचार

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते
अन्तर्राष्ट्रिय

भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते

मङ्लबार भदौ ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन

सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ?

मङ्लबार भदौ ३१ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.