NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

१८ वर्षपछि घरेलु मैदानमा एट्लेटिकोसँग हार्यो बार्सिलोना

आइतवार पुस ७ , २०८१
Reading Time: 1 min read
A A
ए डिभिजन लिगलाई कतार एयरवेजले प्रायोजन गर्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ पुष ,  एजेन्सी ।

स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिडसँग २–१ गोलअन्तरले पराजित भएपछि बार्सिलोनाले शीर्ष स्थान गुमाएको छ । बार्सिलोनाले पछिल्ला खेलमा खराब प्रदर्शन गर्दै सम्भावित २१ मध्ये मात्र पाँच अंक हासिल गरेको छ ।

घरेलु मैदानमा लगातार दुई खेलमा लेगानेस र लास पाल्माससँग हार बेहोरिसकेको बार्सिलोना जसको १८ खेलमा ३८ अंक छ, यो टोली एट्लेटिकोभन्दा तीन अंक ले पछि परेको छ । १८ वर्षपछि घरेलु मैदानमा एट्लेटिकोसँग पहिलो हार बेहोरे पनि प्रशिक्षक फ्लिकले आफ्नो टोलीको प्रदर्शनप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

Advertisement

उनले जाडोको विश्रामले टोलीलाई पुनः लयमा फर्कन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । पहिलो हाफमा बार्सिलोनाले राम्रो प्रदर्शन गरेको थियो । पेड्रीले आधा घण्टामा गाभीको पासमा गोल गर्दै सुरुआती अग्रता दिलाका थिए ।

तर, बार्सिलोनाले ब्रेक पछि आफ्नो अग्रता बढाउन सकेन । राफिन्हाको चिप क्रस बारमा ठोक्कियो । रोबर्ट लेवान्डोस्कीले पनि ६ यार्ड बक्सभित्रबाट प्रहार गरेको खराब प्रहारलाई जान ओब्लाकले बचाएका थिए ।

६०औं मिनेटमा मार्क कासाडोले डिबक्सको किनारामा गरेको खराब क्लियरेन्सको फाइदा उठाउँदै डि पाउलले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए । वैकल्पिक खेलाडी सोर्लोथले इन्जुरी समयको ६ मिनेटपछि नाहुएल मोलिनाको क्रसमा गोल गर्दै टोलीलाई जित दिलाएका थिए ।

जितपछि म्याड्रिड लिग तालिकाको पहिलो स्थान उक्लिएको छ । १८ खेलबाट ४१ अङ्क जोडेको एथ्लेटिको पहिलो स्थानमा रहँदा एक खेल बढी खेलेको बार्सिलोना ३८ अङ्क सहित दोस्रो स्थानमा छ ।

यता साविक विजेता म्यानचेस्टर सिटीको इंग्लिस प्रिमियर लिगमा खराब प्रदर्शन रोकिएको छैन । सिटी शनिवार एस्टन भिल्लासँग २–१ ले पराजित भएको हो । भिल्ला पार्कमा घरेलु टोलीलाई दिलाउन जोन डुरान र मोर्गन रोजर्सले गोल गरे ।

सिटीका लागि फिल फोडेनले सान्त्वना गोल गरे । सिटीले पछिल्ला १२ खेलमा ९ हार र एक खेलमा मात्र जित निकालेको छ । १६औं मिनेटमा डुरानले गोल गर्दै भिल्लालाई सुरुवाती अग्रता दिलाए । ६५औं मिनेटमा रोजर्सले गोल गर्दै भिल्लाको अग्रता दोब्बर बनाए ।

सिटीका इन्ज्युरी समयमा फोडेनले गोल फर्काएका थिए । तर, त्यो जितका लागि पर्याप्त भएन । जितसँगै भिल्लाको १७ खेलबाट २८ अंक बनाउँदै पाँचौं स्थानमा उक्लिएको छ । समान खेलमा २७ अंक रहेको सिटी छैटौं स्थानमा झरेको छ । १५ खेलमा ३६ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ ।

यसबीच चोटमुक्त भएर खेलमा फर्कने प्रयास गरिरहेका ब्राजिली फरवार्ड गाब्रियल जेससको उच्च प्रदर्शन प्रेरित खेलमा लन्डन क्लब आर्सनलले भने इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ ।

आर्सनलले घरेलु टोली क्रिस्टल प्यालेसमाथि ५–१ को सानदार जित निकाल्दै शीर्ष टोलीसँगको अंक दुरी छोट्याएको छ । आर्सनलको जितमा जेससले दुई तथाम काई हाभर्टज, ग्राबियल मार्टिनेली र डिक्लन रिसले समान एक गोल गरे ।

क्रिस्टटल प्यालेसका स्माइल सारले एक गोल फर्काए । सेलह्रस्र्ट पार्क लन्डनमा शनिबार राति भएको खेलको छैटौं मिनेटमा जेससले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । उनले गाब्रियलको पासमा गोल गर्न सफल भए ।

गत महिनादेखि नै चोटटमुक्त भएर खेल्न थालेका जेससले यसपटक पहिलो रोजाईमा खेल्दै आँफु तयार रहेको संकेत दिएका छन् । तर, आर्सनलको त्यो अग्रता पाँच मिनेट पनि टिकेन । ११औं मिनेटमा सारले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसलगत्तै १४औं मिनेटमा जेससले थोमस पार्टेको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै आर्सनललाई २–१ ले अघि बढाए । त्यसपछि आर्सनलले थप तीन गोल गर्दै जित सुनिश्चित गर्यो । ३८औं मिनेटमा काईले गोल गरेपछि आर्सनलले पहिलो हाफमा ३–१ को अग्रता कायम गर्यो ।

६०औं मिनेटमा डिक्लनको पासमा मार्टिनेलीले गोल गरेपछि आर्सनल खेलमा ४–१ ले अघि बढ्यो । त्यसपछि ८४औं मिनेटमा डिक्लनले गोल गर्दै आर्सनललाई ५–१ को सानदार जित दिलाए ।यस जितसँगै तेस्रो स्थानमा रहेको आर्सनलले शीर्षस्थानमा रहेको लिभरपुल र चेल्सीसँगको अंक दुरी छोट्याएको छ ।

आर्सनलको १७ खेलबाट ३३ अंक पुगेको छ । दुई खेल कम खेलको लिभरपुलको ३६ तथा एक खेल कम खेलेको चेल्सीको ३४ अंक छ । पराजित क्रिस्टल प्यालेस १६ अंक जोडेर १५औं स्थानमा छ ।

प्रिमियर लिगकै अर्काे खेलमा एलेक्सान्डर इसाकको ह्याट्रिक सहयोगमा न्यु क्यासल युनाइटेडले इस्पिचमाथि ४–० को सहज जित हात पारेको छ । एक गोल ज्याकोव मर्फीको नाममा रह्यो । यस जितले न्यु क्यासल २६ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ ।

इस्पिच १२ अंक जोडेर १८औं स्थानमा छ । नटिङहम फरेस्टले ब्रेन्टफर्डलाई २–० ले पराजित गर्दा वेस्ट ह्याम र ब्राइटनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

Tags: #एट्लेटिकोसँग हार्यो बार्सिलोना#बार्सिलोनालाई झड्का#सिटीको खराब प्रदर्शन जारी#स्पेनिस ला लिगा

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.