NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन् आइतवार पुस १३ , २०८२
बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी आइतवार पुस १३ , २०८२
’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ? आइतवार पुस १३ , २०८२
बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ? आइतवार पुस १३ , २०८२
Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık शनिबार पुस १२ , २०८२
Next
Prev

समाचार

यो वर्षको बर्खामा साढे १६ अर्बको विजुली बेचियो

आइतवार पुस ७ , २०८१
Reading Time: 1 min read
A A
प्राधिकरणले तोकेको महसुल नतिर्ने ४ वटा उद्योगको रिट खारेज
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

७ पुष , काठमाण्डौ ।

यो वर्ष अर्थात २०८१ को बर्खामा नेपालबाट भारत र बंगलादेशमा गरी १६ अर्ब ७० करोड आठ लाख बराबरको विद्युत् निर्यात भएको छ । त्यसमध्ये भारतमा मात्रै १६ अर्ब ६९ करोड ६५ लाख रुपैयाँको विद्युत् निर्यात भएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

गत वर्ष ०८० को बर्खामा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको थियो । त्यसअनुसार यसपालि बर्खामा विद्युत् निर्यात सामान्य दरमा बढेको छ । प्राधिकरणका अनुसार जेठ र असारमा तीन अर्ब ६४ करोड ५१ लाखको विद्युत् निर्यात भएको छ ।

यसैगरी, साउनमा चार अर्ब १४ करोड ५० लाख, भदौमा तीन अर्ब ६७ करोड ८४ लाख, असोजमा तीन अर्ब ६ करोड ५१ लाख, कात्तिकमा एक अर्ब ८७ करोड र मंसिरमा २८ करोड १४ लाखको विद्युत् निर्यात भएको छ ।

यसबाहेक कात्तिक ३० गते बंगलादेशमा ३८ लाखबराबरको विद्युत् निर्यात भएको छ । यो वर्षदेखि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुन सुरु भएको छ । बंगलादेशमा असार १ देखि कात्तिक ३० गतेसम्म ४० मेगावाट विद्युत् निर्यात गर्न पाउने गरी सम्झौता भएको छ ।

यसबाहेक भारतमा भने करिब एक हजार मेगावाट विद्युत् निर्यात गर्न पाइन्छ । यसबीच खोलामा पानी घटेर उत्पादनसमेत घटेपछि भारततर्फको विद्युत् निर्यात स्थगित गरिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिएका छन् ।

साथै, स्वदेशी माग धान्न भारतबाट विद्युत् आयात पनि सुरु गरेको उनले बताए । ‘उत्पादन घटेसँगै स्वदेशी माग धान्न पुगेको छैन । त्यसपछि भारतबाट विद्युत् आयात पनि गर्न सुरु गरेका छौँ,’ उनले भने, ‘अहिले भारतबाट तीन सय मेगावाटसम्म विद्युत् आयात हुने गरेको छ ।’

प्राधिकरणले गत १३ मंसिरबाट आंशिक रूपमा विद्युत् आयात सुरु गरेको थियो । यद्यपि, निर्यात पनि कायमै थियो । यो सातादेखि भने विद्युत् निर्यात पनि स्थगित गरिएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार मंसिरमा भारतबाट १४ करोड ५१ हजार रुपैयाँको विद्युत् आयात भएको छ ।

भारतले यसपालि ६ सय ५४ मेगावाट विद्युत् खरिद गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृत दिएको छ । तर, साँझ ६ देखि ९ बजेसम्म भने विद्युत् किन्न पाइँदैन । विद्युत् बढी खपत हुने समयमा भारतले विद्युत् नदिएपछि प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत् कटौती गरेको छ ।

चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी सञ्चालनमा नआएसम्म औद्योगिक क्षेत्रको विद्युत् कटौती कायम हुने प्राधिकरणको भनाइ छ । आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा पिक समयमा चलाउने गरी माथिल्लो तामाकोशीको मर्मत–सम्भार भइरहेको छ ।

विद्युत् माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयको चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिने प्राधिकरणको भनाइ छ । आगामी जेठ मध्यबाट भने नेपाल पुनः विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नेछ । अहिले भारतले साँझ ६ देखि ९ बजेसम्म विद्युत् दिन मानेको छैन ।

अन्य समयमा पनि भारतबाट विद्युत् पाउन मुस्किल भएको प्राधिकरणका एक उच्च अधिकारीले बताए । प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज मार्केटमा बिडिङ गरेर विद्युत् खरिद गर्ने हो । तर, त्यसमा अधिकतम सीमाको मूल्य प्रस्ताव गर्दा पनि विद्युत् पाउन नसकिएको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।

‘बिहीबार बिहान पाँच सय मेगावाट विद्युत् खरिद गर्ने प्रस्ताव गरेका थियौँ । त्यसका लागि अधिकतम मूल्य अर्थात् प्रतियुनिट १० भारु नै प्रस्ताव गरेका थियौँ । तर,हामीले ७० मेगावाट मात्रै विद्युत् पायौँ,’ उनले भने, ‘अहिले उच्च मूल्य प्रस्ताव गर्दा पनि भारतबाट मागअनुसार विद्युत् पाउन सकिएको छैन् । यसले हामीलाई निकै चिन्तित बनाएको छ ।’

पहिला भारतबाट २४ घण्टा नै विद्युत् आयात गर्न पाइन्थ्यो । यद्यपि, प्रसारणलाइन अभावका कारण पूर्वी क्षेत्रका उद्योगमा भने विद्युत् कटौती हुने गरेको थियो । भारतबाट विद्युत् आयात गरेर पूर्वमा विद्युत् पठाउन सक्ने अवस्था थिएन ।

यसपालि प्रसारणलाइन बनिसकेको छ । तर, भारतले पिक समयमा विद्युत् नदिने भएपछि व्यवस्थापनमा निकै चुनौती भएको प्राधिकरणले जानकारी दिएको छ ।

Tags: #१६ अर्बको विजुली बेचियो#स्वार्थी देखियो भारत#भारतले आवश्यक पर्दा दिएन विजुली

लोकप्रीय

बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

आइतवार पुस १३ , २०८२
बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी

बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी

आइतवार पुस १३ , २०८२
’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

आइतवार पुस १३ , २०८२

विचार

थप समाचार

ताजा समाचार

बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?
समाचार

बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?

आइतवार पुस १३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२

हालका पोस्टहरू

बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

आइतवार पुस १३ , २०८२
बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी

बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी

आइतवार पुस १३ , २०८२
’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ?

आइतवार पुस १३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.